नेपाल सद्भावना पार्टी का सात सिद्धान्त नेपाल सद्भावना पार्टीले सात सैद्धान्तिक अवधारणा लाई आधार मानेर आगामी दिन मा आफनो राजनीतक र सांगठनिक कार्य गरने छ । स्वतन्त्रता, समानता, संघीयता, स्वराज, सुराज । समृद्धि र सामाजिक न्याय हुन । उदारवादी समाजवाद लाई आफ्नो मार्ग दर्शक सिद्धान्तको रुपमा अंगीकार गरी समतामूलक समाज को निर्माण नेसपाको लक्ष्य हो । बहुदलीय जनवाद, वैज्ञानिक समाजवाद र प्रजातांत्रिक समाजवाद जस्ता सिद्धान्त हरु सीत नेपालका जनता र राजनीतक समुदाय परिचित छन तर उदारवादी समाजवाद नेपाली राजनीतिका लागि नया अवधारणा हो र देश र जनताको प्रगति का लागि उपयोगी हुने छ र त्यस्का कारण हरु छन । अहिले लोकतन्त्र र जनताको नागरिक र राजनीतिक अधिकार खतरा मा छ त्यसैले गर्दा उदारवाद आवश्यक छ । विकास र समृद्धि जनताको अधिकार हो, त्यस कारणले पनि उदारवाद आवश्यक हो । संघीयता पनि खतरा मा छ , त्यसैले गर्दा स्वराज र सुराज बारे नया सिरा देखि बहस आवश्यक छ । बिना सामाजिक न्याय को विकास र समृद्धि को कुनै अर्थ हुंदैन , त्यसैले गर्दा समाजवाद आवश्यक छ । भविष्यका लागि एउटा नया मार...