Skip to main content

Posts

Showing posts from August, 2022

प्रेम

 प्रेम प्रेम दैविक हौ ! र प्रेम यदि दैविक हो भने कस्ले दावी गर्न सक्छ प्रेम प्राप्त गरेको भनी यस संसार मा ! प्रेम त झलक मात्र हो त्यस दैविक सत्ताको जुन हरेक प्रेम मा धत्र्तीमा कुनै आवाज न गरी आउंछ र न मिट्ने गरी न देखिने गरी छाप छोडी जान्छ । (यो ड्राफ्ट हो । मेरो नेपाली शुद्ध छैन , पछि करेक्शन गराछु । )

बनवास से वापसी poem

 बनवास से वापसी मैं वर्षों से बनवास में थी  अकेले रहने का बनवास मैने अपने लिए खुद चुना था ।  अब अपने साथ  वापसी के रास्ते पर हुँ ।   अपनी छत के तले  अपने हिस्से के खुले आकाश के नीचे   और अपने हिस्से की मिट्टी पर  कदम रखती हुई मै । खुली हवा में साँस लेते हुए  अपने आप से बातें करते हुए  हिमाली हवा के संसर्ग में आगे का सफर तय करुंगी ।    अब मुझे किसी के प्रश्न का  जबाब नहीं देना है । मेरी मौनता ही मेरा जबाब है । bhadra 12 , 2079 august  28 , sunday 2022,  ktm

संघीयता , मधेश , समाजवाद र प्रदीप जी-2

  संघीयता , मधेश , समाजवाद र प्रदीप जी 2 मधेशी बाहुल्य बस्तीपुर र गोविन्दपुर गाउँ गिरी र बराल हरुको बसोबास भएको गाउँ बस्तीपुर, गोविन्दपुर र आजको लहान नगरपालिका मधेशी बाहुल्य गाउँ र नगर हुन । कुलदीप गिरी जीका संतान हरु पछि जनकपुर मा गएर बसे , डीठा साहेब को परिवारको रुपमा चिन्हिए का रहेछन ।।लहान बजार बसाउने काम वहाँ हरुले गर्नु भएको थियो । राजमार्गको उत्तर पट्टीमा लहान बजार बसाउंदा त्यहाँ को चौधरी समुदाय विरोध गर्थिए । गिरी हरु मधेशी र मारवाडीहरुको साथ लिई बजार बनाउने र चौधरी हरु बजार भत्काउने । तर बिस्तारै त्यो द्वन्द व्यवस्थित भयो र आज लहान नगरपालिका भएको छ र त्यसमा बस्तीपुर र गोविन्दपुर गाउँ पनि समावेश भएको छ । त्यसबेला का प्रभावशाली गिरी हरु राणा नजीक थिए तर बस्तीपुर मा फर्क किसिमको राजनीतिक संस्कारको विकासक्रम शुरु भयो । गिरीहरु बीचमा पनि अन्र्तद्वन्द थियो । जनकपुरका गिरीहरु राणा नजीक थिए भने बस्तीपुर का गिरीहरुमा प्रजातांत्रिक संस्कारको विकास राणाकालमानै शुरु भयो । गिरी परिवारमा प्रजातन्त्रिक संस्कारको प्रथम प्रणेता स्वर्गीय रुद्र प्रसाद गिरी हुनु हुन्थियो । जब भारतमा स्वतन

संघीयता , मधेश , समाजवाद र प्रदीप जी

 संघीयता , मधेश , समाजवाद र प्रदीप जी 1.पहिचानको यथार्थता र त्यस संग जोडिएको द्वन्द   मधेशको उत्थानका लागि सद्भावना को आन्दोलन लाई मूत्र्तरुपमा अगाडी बढाउनमा स्वर्गीय प्रदीप गिरी को महत्वपूणर््ा भूमिका रहेको थियो । वहाँ मलाई पटक पटक भन्नु भएको थियो कि निर्वासन मा गजेन्द्र नारायण सिंह दरभंगामा एउटा कोठा लिएर  बस्दा मधेशको र मधेशी को दोस्त्रो दर्जाको नागरिक भएको अवस्था बारे चिंतित रही  कुरा गर्दा वहाँ ले मात्र कुरा नगरी ठोस रुपमा संगठन प्रारम्भ गरी अगाडी बढ्न सल्लाह दिनु भएको थियो । अनि गजेन्द्र बाबुले १९८५ मा सद्भावना परिषदको गठन गरी मधेश आन्दोलनको प्रारम्भ गर्नु भएको थियो । प्रदीप जीको निधन भए पश्चात् उपेन्द्र यादवले पनि लेख लेखि जन समक्ष राखी सक्नु भएको छ दोस्त्रो पटकको मधेश आन्दोलनको निर्माण र संरक्षणमा वहाँको कतिको महत्वपूर्णृ भूमिका रहेको थियो । २०७२को संविधानको जारी हुन्दा मधेश र मधेशी प्रति उक्त संविधान ले न्याय न गरेको भनी संविधानमा हस्ताक्षर नगरी संविधान सभा बाट बाहिर निस्कनु भएको थियो । २०७४ को संसदीय चुनावमा भाग लिन का लागि मैथिली भाषमा आफुले जारी गरेको भिडियोमा संघीयता किन आ

Freedom and Socialism (स्वतन्त्रता र समाजवाद ) भाग ३

                                                      Freedom and Socialism स्वतन्त्रता र समाजवाद  भाग ३ दई पक्ष बीच संवाद  Dialogue or Conversation  गरी कुनै विषयको बारेमा  सत्य  बुझनका लागि सुकरात,प्लैटो र अरस्तु ले सर्वप्रथम  dialectical  विधिको प्रयोग गरेका थिए । ज्ञान को विकास को प्रथम चरणमा   Idea , Reason, Soul . God, Good  जस्ता न देखिने अभौतिक तत्व हरुको अध्ययनमा दार्शनिक हरुको ध्यान केन्द्रित थियो । साथ साथै ज्योमेट्री र एस्ट्रानामी को अध्ययनको विधामा  पनि प्रगति भई रहेको थियो तर यस विधाका विषयहरु बस्तुगत  थिए । दर्शनशास्त्रको क्षेत्रमा  Reason  को प्रयोग गरी  logic  को  विकास प्लैटो को शिष्य र गी्रक दार्शनिक अरस्तु को पालामा व्यवस्थित भयो ।  पछि हेगल आए र उनले  idea  अथवा   concept  को बारेमा आफ्नो दर्शन को विकास गरे । हेगेलका अनुसार कुनै पनि  concept  हाम्रो इन्द्रियले सीधे ग्रहण गर्दै नन । ती  concept  हरुको  pure form  पहिला देखिनै विद्दमान हुन्छ र त्यो  pure form  जब वास्तविकता मा देखिन्छ तब हामी हरु आफ्नो इन्द्रिय मार्फत ती  concept  हरुलाई ग्रहण गर्न सक्छौं । अर्थात उ

Freedom and socialism (स्वतन्त्रता र समाजवाद) part 2

  स्वतन्त्रता र समाजवाद  Freedom and socialism   भाग २ माक्र्स ले इतिहास को विभिन्न कालखंडको गहिरो अध्ययन गरी जीवन र जगत प्रति भौतिकवादी दृष्टिकोण राखी समाज विकासको बारेमा सैद्धान्तिक अवधारणाको विकास गरे । उनको अवधारणा इतिहास बाहेक दर्शन, समाजशास्त्र र अर्थशास्त्रको ज्ञानमा आधारित थियो । उनले विकसित गरेको सिद्धान्त (तजभयचथ) समाज विकास को क्रम लाई प्रमीटिभ समाजवाद , सामन्तवाद , पूंंजीवाद, समाजवाद र साम्यवाद जस्ता चरणहरुमा विभाजित गरिएको हो । प्रीमिटिभ समाजवाद प्राग इतिहासकालको अवस्था हो र यस अवस्थामा परिवार र नीजि सम्पत्तिको विकास भएको थिएन र मानिष  सामुदायिक जीवन पद्धतिमा बाँच्न सिखी रहेका थिए । परिवार र नीजि सम्पत्तिको उदय  हुनु भन्दा अघिको त्यस्तो जीवन पद्धतिलाई   माक्र्सले उचष्mष्तष्खभ कयअष्बष्किm को संज्ञा दिए । यी सबै अवस्था को वर्गीकरण मूलतः ततकालीन अर्थव्यवस्थाको प्रकृतिको आधारमा गरिएकोे छ ।  यस चरण पछि राजा, चर्च र साम्राज्यहरुको उदय भएको इतिहास पाइन्छ । इंगलेैडमा १३वीं शताब्दीको प्रारम्भ देखि आम जनताको लामो आन्दोलन जसलाई बुर्जुवाजी  आन्दोलन पनि भनिन्छ, को परिणाम स्वरुप सम्पत्त