म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन (भाग २) नया राजनीतिक दर्शन जनता बीच लिएर जानका लागि २००७ साल देखि आज सम्म आइ पुग्दा देशमा मुलतः तीन वटा विचारधारा को वर्चस्व देखिएको छ । नेपाली कांग्रेसको प्रजातांत्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद र माओवादी का वैज्ञानिक समाजवाद । मूल धारमा रहेका यही तीन राजनीतक दर्शन हरु को म”लभ”त मान्यता एउटै हो । त्यो मान्यता हो कि मुलुक को मूलभुत राजनीतिक समस्याको समाधान भै सकेको छ र अब समाधान गर्नु पर्ने बाकी समस्या आर्थिक र विकास को मात्रै हो । तीनै विचारधारा क्रमशः माक्र्सवाद, माक्र्सवाद –लेनिनवाद वा माक्र्सवाद— लेनिनवाद—माओवाद मा आधारित रहेका छन । माथि उल्लेखित दलहरुको निरन्तर शासनका बावजुद पनि मुलुकको आर्थिक समस्याको समाधान हुन सकेको छैन । गरीबी, अभाव र बेरोजगारी आज पनि विकराल समस्या छन । हुदा हुदै अब राज्य सग कमचारी लाइ तलब खुवाउन पनि विदेशी हरु सग सहयोग माग्नु पर्ने अवस्था आई सकेको छ । समुचित आर्थिक वृद्धि र न्यायोचित वितरण र सबैका लागि समृद्धि को दिशामा देश अगाडी बढ्न सकेको छैन।...