Skip to main content

म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन

 म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन 


म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन 

बस्तीपुर , सिरहाको गिरी परिवारमा बुहारी भयी आयी सके पछि २०३६ साल देखि कुनै न कुनै रुपमा नेपालको लोकतांत्रिक आन्दोलन सीत म जोडिएको छु । २०४६ सालको जन हान्दोलन मा काठमांडौको सडकमा ओर्ली एक आम नागरिक सरह जन आन्दोलनमा भाग लिएको छु । २०४६ साल पछि नेपाली कांग्ेस को सदस्यता ग्रहण गरी लगभग ६ साल सम्म नेपाली कांग्ेसको क्रियाशील सदस्य भई कार्य गर्रे । तर मन मा उकुस मुकुस रही रहन्थियो । लाग्थियो नेपालमा जुन प्रकारको विविधता रहे छ , त्यसलाई केन्द्रीकृत शासन प्रणाली ले न्याय दिन सक्दैन । मुलुकमा संघीयता चाहिन्छ , जस्तो लाग्थियो । नेपाली कांग्रेस का स्वर्गीय नेता चक्र प्रसाद बास्तोला संग एउटा मिटिंगमा संघीयता र जीवंत लोकतन्त्रको अपरिहार्यताबारे कुरा गर्दा ,वहाँ ले भनी हाल्नु भयो , सरिता तिमी कस्तो सपना देखि रहेको छौ , नेपालमा तिमी ले भने जस्तो  लोकतन्त्र  र संघीयताको कुनै समभावना छैन । म मौन भयी हालें। उक्त कथन चक्र दाईको स्वीकारोक्ति थियो कि हामी सीमित लोकतन्त्र मा बाच्ची रहेका छौं । यो २०५२ साल तिरको को घटना हो र यस्को मेरे  युवा मन मस्तिष्कमा गहिरो छाप पर्यो । 

शायद मलाई मेरो आफ्नो सपनामा विश्वास थियो । २०५२ साल तिर संघीयता  पक्षधर पार्टी नेपाली कांग्रेस बाट चुपचाप निस्की नेपाल समाजवादी जनतादलमा प्रवेश गरें । तत्कालीन प्रधानमंत्री गिरिजा बाबुले दुख व्यक्त गरेको थाहा पाएँ । पछि नेपाल सद्भावना पार्टी र नेपाल समाजवादी जनता दल र्मा कीकरण भई कायम भएको नेपाल सद्भावना पार्टीमा संघीयता र जीवन्त लोकतन्त्रका लागि निरन्तर काम गरें  र आज मुलुकमा स्वायत्त स्थानीय सरकार सहितको 

कांग्रेसमा भन्न न सक्ने कुरा हरु सद्भावना पार्टी मा बोल्न थालें , अनि थाह भयो अभिव्यक्तिको स्वतन्त्रताको महत्व । सदभावनामा मन मा लागेका राजनीतिक विचारहरु अभिव्यक्त गर्दा  असीम स्वतन्त्रताको अनुभुति हुन्थियो । माओवादी जनयुछ को पृष्ठभुमिमा २०५८ सालमा राजतन्त्र निरंकुश भए पछि ऐतिहासिक जनआन्दोलनको सिलसिला प्रारम्भ भयो । उक्त जन आन्दोलनमा आन्दोलन र आगामी राजनीतिको रुपरेखा कोर्न का लागि गठित सात सदस्यीय दलीय कार्यदलमा निरन्तर ५ वर्ष कार्य गर्न मोका पाएँ । अब २०७२ सालको संघीय लोकतांत्रिक गणतन्त्र को संविधान जारी भए छ । कुनै संविधान आफुमा सम्पुर्ण हुन्दैन  । यो संविधान पनि जनता को न्याय र अधिकारका दृष्टिकोण बाट अपुग छ । त्यसैले यस निर्वाचन क्षेत्रका माननीय स्वर्गीय प्रदीप गिरी जी ले उक्त संविधानमा हस्ताक्षर गर्नु भए न । मधेशवादी दल हरु त उक्त संविधानको विरोधमा आन्दोलन मा छंदै थिए । तर अपुग भए पनि यो संविधान हामीले स्वीकार गरेका छौं किन भने यस संविधान अन्तर्गत मुलुक संघीय लोकतांत्रिक गणतन्त्र भएको छ । 

यस संविधानमा मधेश को पहिचान स्थापित भएको छ । मधेश मा निर्वाचन क्षेत्र को संख्या बढाइएको छ । धेरै हद सम्म नागरिकताको समस्या समाधानपनि समाधान हुन गयी रहेको छ ।  संघीय मधेश प्रदेश लगायत अन्य प्रदेश हरुमा मा विभिन्न समुदाय बीच सामाजिक सद्भाव संघीयताले गर्दा खलबलिएको छैन र जनता तथा सामाजिक अभियन्ताहरुले  शांतिपुर्ण तरीकाले आफनो अधिकारका लागि विभिन्न प्रकारका आन्दोलन पनि अगाडी बढाइ रहेका छन । हामी मधेशको सम्पर्क भाषा हिंदीमा पनि संसद र प्रदेशमामा शपथ लिन र मंतव्य राख्न स्वतन्त्र भई सकेका छौं ।  

तर प्रश्न के छ भने केत हामी राजनीतक रुपले पूर्ण स्वतन्त्र छौं ? संसदमा मेरो सदस्यता खारेज गर्न जे जस्ता गतिविधि भए , त्यस बाट प्रमाणित हुन्छ , हामी संसदमा पनि संविधान सम्मत ढंगले आफ्नो विचार अभिव्यक्त गर्नका लागि स्वतज्त्र छैनौं र जहाँ राजनीतिक स्वतन्त्रता हुंदैन , त्यहाँ राजनीतिक, आर्थिक र सामाजिक न्याय कदापि पनि प्राप्त हुंदैन । राजनीतिक स्वतन्त्रताको पहिलो खुडकिलो विचार र अभिव्यक्तिको स्वतन्त्रता हो ।


१। राजनीतिक स्वतन्त्रता र न्यायका लागि मेरो स्वतन्त्र उम्मीदवारी 

राजनीतिक न्यायको पहिलो शत्र्त हो राजनीतिक स्वतन्त्रता । अभिव्यक्ति र विचारको स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रता हंंदैन । संसदमा जब मैले भनें नेपालको नया नक्शा ऐतिहासिक प्रमाण र दस्तावेज को श्रोत समेत संशोधन प्रस्तावमा खुलायी दिनुस। जग जाहिर छ कि चुच्चे नक्शाा बारे नया संशोधन प्रस्ताव १८१६को सुगोली संधिको आधारमा अगाडी बढाइएको छ तर सरकार चुच्चे नक्शाको श्रोतको रुपमा १८१६को सुगौली संधि उल्लेख गर्न तैयार भए न । मेरो बुझाईमा त्यस्को  महत्वपुर्ण कारण उक्त संधिमा मधेशी संग विभेद नगर्ने बारे उल्लेखित धारा रहेको छ । संसदमा मेरो दोस्त्रो प्रस्ताव थियो कि यदि नेपाल राज्यले मृत भई सकेको १८१६को सुगोली संधि लाई पुनर्जीवित गरी रहेको छ भने उक्त संधि लाई समग्र रुपमा जीवित गरी मधेश र मधेशी संग सदियों देखि भई रहेको   विभेदहरु को पहिचान गरी , तिनीहरु लाई लिपीबद्ध गरी हरेक प्रकारको विभेदको उन्मुलन गरियोस । हामी बिर्सनु हुंदैन कि मधेश वैधानिक रुपले  नेपालको  हिस्सा सन् १८१६ को सुगोली संधि पछि भएको हो र उक्त संधिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ कि सुगौली युद्धको कारणले मधेशी हरु संग नेपालमा कुनै विभेद राज्यले गर्नु हुंदैन । मधेश र मधेशीको पहिचान र समान अधिकारको आन्दोलनको आधार उक्त सुगोली संधिको दस्तावेजनै हो ।तर इतिहासका किताब हरुमा यी कुरा हरु लुकाइएको छ । मधेशी शोषित छ , पीडित छ मात्र सुनाइन्छ तर त्यस्तो किन र कसरी यस्तो हुन पुग्यो , आम जनता लाई जानकारी  छैन । मैले उक्त ऐतिहासिक सत्य  ससदमा प्रवेश गराएँ , अनि दंडित भएँ । मेरो सासद सदस्यता खारेज  भयो तर सत्य उजागर भएको छ । सत्यको आधारमा लोकतन्त्र ,मुक्ति,  समानता र न्यायका  लागि सघर्षको बाटो फराकिलो र उज्यालो भएको छ ।त्यो ससदमा गरेको संघर्षको उपलब्धि हो । 

संसद भनेको जनताको आवाजको अभिव्यक्ति गर्ने सर्वोच्च निकाय हो । संसद बहिस्करणमा परेका मधेशी, आदिवासी ,जनजाति र महिलाका लागि सत्य र तथ्यको आधारमा आवाज उठाउने सर्वोच्च निकाय हो तर त्यहाँ हाम्रो स्वतन्त्रता लाई संकुचित गरिएको छ । अर्थात् संसद हाम्रा लागि आज पनि स्वतन्त्र थलो बन्न सकेको छैन । हामी जन प्रतिनिधिहरुको अभिव्यक्ति लाइ राजनीतिक दलको नेतृत्वले संविधान  विपरीत विभिन्न तरीकाले सीमित र संकुचित गरी दिएका छन । हाम्रो आवाज संसदमा स्वतन्त्र छैनं । हामीहरुले हिंदीमा बोलेको कुरा संसदको रेकर्डमा राखिन्न । अभिव्यक्ति  अर्थात्  विचारको स्वतन्त्रता राजन्तिक न्याय र राजनीतिक स्वतन्त्रता को पहिलो शत्र्त हो । राजनीतिक स्वतन्त्रता बिना राजनीतिक , आर्थिक र सामाजिक न्याय पाउन असम्भव छ ।  राजनीतिक , आर्थिक र सामाजिक न्यायका लागि राजनीतक स्वतन्त्रता को हक माथि पुनः दावी गर्दै मैले संसद पदका लागि सिरहा जिल्ला को क्षेत्र नं १ बाट स्वतन्त्र उम्मीदवार भई तपाईं हरु समक्ष प्रस्तुत भएको छु ।

क्रमशः


Comments

  1. कुरो केहि हदसम्म ठिक्कै लाग्यो ।।। राम्रो काम गर्दै जानु, हामी (लहान नगरबासी) पक्कै पनि विचार पुर्याउने छौँ । अर्को कुरा मधेशको भाषा हिन्दी भन्दा पनि मैथिली हो भन्ने कुरा हजुरलाई अवश्य थाहा होला भन्ने हामी आशा गरेका छौं ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सुगौली संधि और तराई के मूलबासिंदा

 सुगौली संधि और तराई के मूलबासिंदा सुगौली संधि फिर से चर्चा में है । वत्र्तमान प्रधानमंत्री ओली ने नेपाल के नये नक्शे के मुद्दे को फिर से उठाते हुए १८१६ की सुगौली संधि का एक बार फिर से जिक्र किया है ।  लेकिन इस बारे बोल  सिर्फ प्रधानमंत्री रहे है। इस संधि से सरोकार रखने वाले और भी हैं लेकिन सब मौन हैं । इतिहास की कोई भी बडी घटना बहुताेंं के सरोकार का विषय होता है लेकिन घटना के बाद इतिहास का लेखन जिस प्रकार से होता है, वह बहुत सारी बातों कोे ओझल में धकेल देता है और और बहुत सारे सरोकारं  धीरे धीरे विस्मृति के आवरण में आच्छादित हो जाते है । नेपाल के इतिहास में सुगौली संधि की घटना भी एक ऐसी ही घटना है ।  वत्र्तमान प्रधानमंत्री ओली सुगौली संधि का जिक्र तो कर रहे हैं लेकिन सरकार से यदि कोई संधि की प्रति मांगे तो जबाब मिलता है कि संधि का दस्तावेज  लापता है । संसद को भी सरकार की तरफ से यही जबाब दिया जाता है । यह एक अजीबोगरीब अवस्था है।  जिस संधि के आधार पर सरकार ने नेपाल का नया नक्शा संसद से पारित करा लिया है , उस सधि  के लापता होने की बात कहाँ तक सच है, ...

नेपाल में मधेशी दलों के एकीकरण का विषय

(अद्र्ध प्रजातंत्र के लिए संवैधानिक विकास को अवरुद्ध करने का दूसरा आसान तरीका दलो में अस्थिरता और टुट फुट बनाए रखना है । शासक वर्ग यह  बखूबी समझता है कि दलीय राजनीति में दलों को नियंत्रित रखने या आवश्यकता पडने पर  उनके माध्यम से राजनीतिक अस्थिरता का माहौल बनाए रखने के लिए राजनीतिक दल सम्बन्धी कानून और निर्वाचन आयोग जैसी संस्थाओं पर नियन्त्रण कितना आवश्यक हैं । आज देश में  राजनीतिक अस्थिरता का दोषी ं संसदीय पद्धति को  ठहराया जा रहा है । अस्थिरता खत्म करने के लिए राष्ट्रपतिय पद्धति को बहाल करने की बातें हो रहीं हैं लेकिन अस्थिरता के प्रमुख कारक तत्व राजनीतक दल एवं निर्वाचन आयोग सम्बन्धी कानून के तरफ कि का ध्यान नही जा रहा है। यह निश्चित है कि संसदीय पद्धति के स्थान पर राष्ट्रपतिय अथवा मिश्रित पद्धति की बहाली होने पर गणतांत्रिक नेपाल में एक तरफ फिर से अद्र्ध लोकतांत्रिक व्यवस्था की स्थापना होगी तो दूसरी तरफ दल एवं निर्वाचन सम्बन्धी हाल ही के कानूनों की निरन्तरता रहने पर राजनीतिक दलों में टूट फूट का क्रम भी जारी रहेगा । तब भी  मधेशवादी लगायत अन्य रा...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...