Skip to main content

म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन

 म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन 


म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन 

बस्तीपुर , सिरहाको गिरी परिवारमा बुहारी भयी आयी सके पछि २०३६ साल देखि कुनै न कुनै रुपमा नेपालको लोकतांत्रिक आन्दोलन सीत म जोडिएको छु । २०४६ सालको जन हान्दोलन मा काठमांडौको सडकमा ओर्ली एक आम नागरिक सरह जन आन्दोलनमा भाग लिएको छु । २०४६ साल पछि नेपाली कांग्ेस को सदस्यता ग्रहण गरी लगभग ६ साल सम्म नेपाली कांग्ेसको क्रियाशील सदस्य भई कार्य गर्रे । तर मन मा उकुस मुकुस रही रहन्थियो । लाग्थियो नेपालमा जुन प्रकारको विविधता रहे छ , त्यसलाई केन्द्रीकृत शासन प्रणाली ले न्याय दिन सक्दैन । मुलुकमा संघीयता चाहिन्छ , जस्तो लाग्थियो । नेपाली कांग्रेस का स्वर्गीय नेता चक्र प्रसाद बास्तोला संग एउटा मिटिंगमा संघीयता र जीवंत लोकतन्त्रको अपरिहार्यताबारे कुरा गर्दा ,वहाँ ले भनी हाल्नु भयो , सरिता तिमी कस्तो सपना देखि रहेको छौ , नेपालमा तिमी ले भने जस्तो  लोकतन्त्र  र संघीयताको कुनै समभावना छैन । म मौन भयी हालें। उक्त कथन चक्र दाईको स्वीकारोक्ति थियो कि हामी सीमित लोकतन्त्र मा बाच्ची रहेका छौं । यो २०५२ साल तिरको को घटना हो र यस्को मेरे  युवा मन मस्तिष्कमा गहिरो छाप पर्यो । 

शायद मलाई मेरो आफ्नो सपनामा विश्वास थियो । २०५२ साल तिर संघीयता  पक्षधर पार्टी नेपाली कांग्रेस बाट चुपचाप निस्की नेपाल समाजवादी जनतादलमा प्रवेश गरें । तत्कालीन प्रधानमंत्री गिरिजा बाबुले दुख व्यक्त गरेको थाहा पाएँ । पछि नेपाल सद्भावना पार्टी र नेपाल समाजवादी जनता दल र्मा कीकरण भई कायम भएको नेपाल सद्भावना पार्टीमा संघीयता र जीवन्त लोकतन्त्रका लागि निरन्तर काम गरें  र आज मुलुकमा स्वायत्त स्थानीय सरकार सहितको 

कांग्रेसमा भन्न न सक्ने कुरा हरु सद्भावना पार्टी मा बोल्न थालें , अनि थाह भयो अभिव्यक्तिको स्वतन्त्रताको महत्व । सदभावनामा मन मा लागेका राजनीतिक विचारहरु अभिव्यक्त गर्दा  असीम स्वतन्त्रताको अनुभुति हुन्थियो । माओवादी जनयुछ को पृष्ठभुमिमा २०५८ सालमा राजतन्त्र निरंकुश भए पछि ऐतिहासिक जनआन्दोलनको सिलसिला प्रारम्भ भयो । उक्त जन आन्दोलनमा आन्दोलन र आगामी राजनीतिको रुपरेखा कोर्न का लागि गठित सात सदस्यीय दलीय कार्यदलमा निरन्तर ५ वर्ष कार्य गर्न मोका पाएँ । अब २०७२ सालको संघीय लोकतांत्रिक गणतन्त्र को संविधान जारी भए छ । कुनै संविधान आफुमा सम्पुर्ण हुन्दैन  । यो संविधान पनि जनता को न्याय र अधिकारका दृष्टिकोण बाट अपुग छ । त्यसैले यस निर्वाचन क्षेत्रका माननीय स्वर्गीय प्रदीप गिरी जी ले उक्त संविधानमा हस्ताक्षर गर्नु भए न । मधेशवादी दल हरु त उक्त संविधानको विरोधमा आन्दोलन मा छंदै थिए । तर अपुग भए पनि यो संविधान हामीले स्वीकार गरेका छौं किन भने यस संविधान अन्तर्गत मुलुक संघीय लोकतांत्रिक गणतन्त्र भएको छ । 

यस संविधानमा मधेश को पहिचान स्थापित भएको छ । मधेश मा निर्वाचन क्षेत्र को संख्या बढाइएको छ । धेरै हद सम्म नागरिकताको समस्या समाधानपनि समाधान हुन गयी रहेको छ ।  संघीय मधेश प्रदेश लगायत अन्य प्रदेश हरुमा मा विभिन्न समुदाय बीच सामाजिक सद्भाव संघीयताले गर्दा खलबलिएको छैन र जनता तथा सामाजिक अभियन्ताहरुले  शांतिपुर्ण तरीकाले आफनो अधिकारका लागि विभिन्न प्रकारका आन्दोलन पनि अगाडी बढाइ रहेका छन । हामी मधेशको सम्पर्क भाषा हिंदीमा पनि संसद र प्रदेशमामा शपथ लिन र मंतव्य राख्न स्वतन्त्र भई सकेका छौं ।  

तर प्रश्न के छ भने केत हामी राजनीतक रुपले पूर्ण स्वतन्त्र छौं ? संसदमा मेरो सदस्यता खारेज गर्न जे जस्ता गतिविधि भए , त्यस बाट प्रमाणित हुन्छ , हामी संसदमा पनि संविधान सम्मत ढंगले आफ्नो विचार अभिव्यक्त गर्नका लागि स्वतज्त्र छैनौं र जहाँ राजनीतिक स्वतन्त्रता हुंदैन , त्यहाँ राजनीतिक, आर्थिक र सामाजिक न्याय कदापि पनि प्राप्त हुंदैन । राजनीतिक स्वतन्त्रताको पहिलो खुडकिलो विचार र अभिव्यक्तिको स्वतन्त्रता हो ।


१। राजनीतिक स्वतन्त्रता र न्यायका लागि मेरो स्वतन्त्र उम्मीदवारी 

राजनीतिक न्यायको पहिलो शत्र्त हो राजनीतिक स्वतन्त्रता । अभिव्यक्ति र विचारको स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रता हंंदैन । संसदमा जब मैले भनें नेपालको नया नक्शा ऐतिहासिक प्रमाण र दस्तावेज को श्रोत समेत संशोधन प्रस्तावमा खुलायी दिनुस। जग जाहिर छ कि चुच्चे नक्शाा बारे नया संशोधन प्रस्ताव १८१६को सुगोली संधिको आधारमा अगाडी बढाइएको छ तर सरकार चुच्चे नक्शाको श्रोतको रुपमा १८१६को सुगौली संधि उल्लेख गर्न तैयार भए न । मेरो बुझाईमा त्यस्को  महत्वपुर्ण कारण उक्त संधिमा मधेशी संग विभेद नगर्ने बारे उल्लेखित धारा रहेको छ । संसदमा मेरो दोस्त्रो प्रस्ताव थियो कि यदि नेपाल राज्यले मृत भई सकेको १८१६को सुगोली संधि लाई पुनर्जीवित गरी रहेको छ भने उक्त संधि लाई समग्र रुपमा जीवित गरी मधेश र मधेशी संग सदियों देखि भई रहेको   विभेदहरु को पहिचान गरी , तिनीहरु लाई लिपीबद्ध गरी हरेक प्रकारको विभेदको उन्मुलन गरियोस । हामी बिर्सनु हुंदैन कि मधेश वैधानिक रुपले  नेपालको  हिस्सा सन् १८१६ को सुगोली संधि पछि भएको हो र उक्त संधिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ कि सुगौली युद्धको कारणले मधेशी हरु संग नेपालमा कुनै विभेद राज्यले गर्नु हुंदैन । मधेश र मधेशीको पहिचान र समान अधिकारको आन्दोलनको आधार उक्त सुगोली संधिको दस्तावेजनै हो ।तर इतिहासका किताब हरुमा यी कुरा हरु लुकाइएको छ । मधेशी शोषित छ , पीडित छ मात्र सुनाइन्छ तर त्यस्तो किन र कसरी यस्तो हुन पुग्यो , आम जनता लाई जानकारी  छैन । मैले उक्त ऐतिहासिक सत्य  ससदमा प्रवेश गराएँ , अनि दंडित भएँ । मेरो सासद सदस्यता खारेज  भयो तर सत्य उजागर भएको छ । सत्यको आधारमा लोकतन्त्र ,मुक्ति,  समानता र न्यायका  लागि सघर्षको बाटो फराकिलो र उज्यालो भएको छ ।त्यो ससदमा गरेको संघर्षको उपलब्धि हो । 

संसद भनेको जनताको आवाजको अभिव्यक्ति गर्ने सर्वोच्च निकाय हो । संसद बहिस्करणमा परेका मधेशी, आदिवासी ,जनजाति र महिलाका लागि सत्य र तथ्यको आधारमा आवाज उठाउने सर्वोच्च निकाय हो तर त्यहाँ हाम्रो स्वतन्त्रता लाई संकुचित गरिएको छ । अर्थात् संसद हाम्रा लागि आज पनि स्वतन्त्र थलो बन्न सकेको छैन । हामी जन प्रतिनिधिहरुको अभिव्यक्ति लाइ राजनीतिक दलको नेतृत्वले संविधान  विपरीत विभिन्न तरीकाले सीमित र संकुचित गरी दिएका छन । हाम्रो आवाज संसदमा स्वतन्त्र छैनं । हामीहरुले हिंदीमा बोलेको कुरा संसदको रेकर्डमा राखिन्न । अभिव्यक्ति  अर्थात्  विचारको स्वतन्त्रता राजन्तिक न्याय र राजनीतिक स्वतन्त्रता को पहिलो शत्र्त हो । राजनीतिक स्वतन्त्रता बिना राजनीतिक , आर्थिक र सामाजिक न्याय पाउन असम्भव छ ।  राजनीतिक , आर्थिक र सामाजिक न्यायका लागि राजनीतक स्वतन्त्रता को हक माथि पुनः दावी गर्दै मैले संसद पदका लागि सिरहा जिल्ला को क्षेत्र नं १ बाट स्वतन्त्र उम्मीदवार भई तपाईं हरु समक्ष प्रस्तुत भएको छु ।

क्रमशः


Comments

  1. कुरो केहि हदसम्म ठिक्कै लाग्यो ।।। राम्रो काम गर्दै जानु, हामी (लहान नगरबासी) पक्कै पनि विचार पुर्याउने छौँ । अर्को कुरा मधेशको भाषा हिन्दी भन्दा पनि मैथिली हो भन्ने कुरा हजुरलाई अवश्य थाहा होला भन्ने हामी आशा गरेका छौं ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...