यता केही दिन देखि माओवादी र मधेशी नेता हरुको बीच सत्ता साझेदारी का लागि गरिएको चार बूंदे सहमति को बेला खिंचे का केही तस्वीर लाई लिई कन सबै तरफ बाट आलोचना भई रहे कोछ । यहाँ सम्म कि मधेश का केही प्रबुद्ध व्यक्ति र संस्था हरुको पनि आलोचनात्मक टिप्पणी नै आई रहेको छ । उता मधेशीमूल का राष्ट्रपति रामवरण यादव जी को वार्ता, चाहे त्यो तीन प्रमुख दल का नेता हरु संग भए को वात्र्ता होस वा फेरि कांग्रेस कै महामंत्री संग को अंतरंग वात्र्ता होस, वात्र्ता को एक एक शब्द र वाक्य बाहिर छताछुल्ल भई रहेकोछ र यस अभियानको निष्कर्ष यही रहेको बुझन सकिन्छ कि मधेशी हरु राजनीति मा नेतृत्वदायी भूमिका निर्वाह गर्ने योग्य छैनन। कतै नेता ले आफनो गोपनीयता भंग गरी रहे का छन भने कहिले पत्रकार ले अयोग्य र असक्षम साबित गर्न लागि परे का छन । पत्रकार का कुरा गर्दा मलाई आश्चर्य के लाग्दछ कि मधेशी राष्ट्रपति भएको राष्ट्रपति भवनको समेत गोपनीयता कायम रहन सके को छैन। लाग्दछ यस मुलुक को सम्पूर्ण सन्यत्र मधेशी नेतृत्व लाई अयोग्य, असक्षम, भ्रष्ट र राष्ट्रघाती साबित गर्न लागि परे को छ। यो अत्यन्त चिन्ता को विष...