Skip to main content

मइले बुझे को लहान नगरपालिका को चुनाव


मइले बुझे को लहान नगरपालिका को चुनाव


संघीयता ले जनता लाई आपनो मत अभिव्यक्त गर्न तीन तह मा अवसर दिएको छ ....स्थानीय, प्रांतीय र संघीय । मतदाता अब पहिला भन्दा शसक्त भएका छन किन भने राजनीतक अभ्यास का लागि राजनीतिक स्पेस फराकिलो भए को छ र एन्ट्री प्वाइंट मा वृद्धि भएको छ। नगरपालिकाको ग्रामीण क्षेत्र का मतदाता हरु मा पार्टीगत ध्रुवीकरण भंदा सामूहिकता को भाव प्रबल भएको मैले यस पाली भेटाएँ । मैले मतदाता हरु लचिलो भएको पनि भेंटाएको छु । आपना व्यक्तिगत अथवा सामूहिक एजेंडा को पूत्र्ति का लागि। आफनो प्राथमिकता तय गर्न जनता सक्षम रहेको समेत मैले पाएको छु । मधेश मा ठूला दल हरु ले मधेशी समुदाय लाई मधेशी, थारु , मुस्लिम र दलित मा विभाजित गर्दै आए का रहे छन । यस पालि मधेशी जनता उक्त विभाजन को विरुद्ध मा खडा भयी जुन दल बढी संगठित रहेको भेंटाएका छन , उस लाई नै विजयी बनाइ मधेशी समुदाय लाई विजयी बनाए का रहे छन । लहान नगरपालिका मा एमाले का उम्मेदवार मुनि साह जी को मेयर पद मा विजय हुनु को मुख्य कारण यही हो । उपमेयर पदमा सरिया चौधरी विजयी भए की रहे छिन। त्यस बाट सामुदायिक सौहाद्र्रता पनि कायम भए को रहे छ । त्यहाँ चौधरी समुदायमा व्यापक रुपमा सिखाइए को रहे छ कि पहाडी र चौधरी दाजु भाई हुन र मधेशिया बाहिरिया हुन । मुनि साह मात्र होई न सरिया चौधरी समेत मधेशी को मत ले विजयी भए को रहे छिन । सामुदायिक मधेशी एकता का लागि यो महत्वपूर्ण परिणाम हो । 

कांग्रेस पार्टी का चौधरी समुदाय का केही नेता ज्यू हरुले ले यस भंदा अघि को स्थानीय चुनावमा पार्टी लाई जिताउनु भंदा पनि पार्टी लाइन भंदा बाहिर गयी चौधरी समुदाय का उम्मेदवार लाई लाई जिताउन कार्य गरे का थिए र लहान को बाजार क्षेत्र लाई प्रताडित समेत बनाई राखे का थिए । मधेशी जनता ले त्यस्तो प्रवृतिको विरुद्ध मतदान गरेका छन । यस पालि लहान बाजार को केन्द्रबिन्दु रहेको वार्ड नं ७ र ८मा संघीय समाजवादी फोरम ले विजय प्राप्त गरे को छ ।यी वार्ड हरु राजमार्गकने उत्तर दिशामा रहे का छन। त्यसै गरी फोरम ले जितेको वार्ड नं ४ पनि राजमार्गको उत्तर दिशामा रहे को छ । फोरम का लागि यी अत्यन्त महत्वपूर्ण उपलब्धि हुन।

फोरम को उदय ले गर्दा बस्तीपु वा नं १४ मा नेपाली काग्रेसले अप्रत्याशित रुप ले २ मत बाट विजय प्राप्त गरे को छ । फोरम का उम्मेदवार एमाले परित्याग गरी फोरम बाट चुनाव लडे का थिए र एमाले पार्टी को धेरै मत उनले काटे का थियो र अत्यन्त कम समयमा राम्रो मत पनि ल्याएका हुन । तर बस्तीपुर वा. न. १४मा कांग्रेस ले आफनो मत बाट जीत हासिल गरेको होई न । एमाले को पक्ष मा रहे को अंतिम ४ वा ५ मतपत्र मा पैनेलको चार वटा मत एमाले पार्टी का सदस्य हरु लाई गएको थियो भने वार्ड अध्यक्ष को मत कोठी खाली छोडिएको थियो । नाटकीय रुपमा एमाले का वार्ड अध्यक्ष ले आपनो पक्षमा आफनै पार्टीको २ वा ३ मत न आएका ले पराजित भए का छन । त्यहाँ बाट अध्यक्ष पदमा विजय प्राप्त गर्ने महेश श्रेष्ठ अल्प संख्यक नेवार समुदायका जनसेवी स्थानीय नेता रहेका छन । पैनेलका अन्य विजयी चार सदस्य एमाले पार्टी का रहे छन । भन्नु को तात्पर्य यो हो कि मतदाताहरु समक्ष अब प्रशस्त विकल्प रहेका छन र मेरो बुझाईमा आफनो प्राथमिकता अनुसार मतदाता हरु मतदान गर्न सक्षम रहेका छन ।
मेयर पद का लागि उम्मेदवारी मनोनयन सम्म फोरम का बैद्दनाथ साह र एमाले का मुनी साह बीच तीव्र प्रतिष्पद्र्धा हुने बुझिएको थियो । तर नामिनेशन पश्चात् फोरम को व्यवस्थापकीय पक्षको कमजोरी ले गर्दा फोरमका लागि स्थिति प्रतिकूल हुंदै गयो । त्यस लाई मुनि साह ले रामरी बुझे र बीच मा केही समयको सुस्तता पश्चात् कैम्पेन मा पुनः सक्रिय भए । त्यस अवस्थामा मुनि साह जी को मजबूत सांगठनिक अवस्था र समाज मा उनको व्यक्तिगत गहिरो पैठ ले गर्दा उनको उम्मेदवारी प्रति मधेशी जनता को आकर्षण क्रमिक रुपमा बढदै गयो र अंतमा उनले राम्रो मत ले विजय प्राप्त गरे । मैले यस लाई एमालेको विजय भंदा पनि मुनि साह जीको र मधेशी समुदायको विजयको रुप मा लिए को छु । त्यहाँ गाई र गाछीको बीच मा समेत सहकार्य को धेरै चर्चा थियो तर त्यो परिणामजनक भएन । स्थानीय स्तरमा चुनाव मा मत हाल्ने कारण हरु राजनीतक भंदा पनि फरक प्रकृतिका हुंदा रहे छन । मधेशी मानिष, समूह अथवा समुदाय ले प्रताडना अथवा हैकमवादी वर्चस्वको विरुद्ध मा आपनो प्राथमिकता र आवश्यकता अनुसार मतदान गरे का छन । अहिले जुन प्रकार ले विभिन्न तह को संरचना निर्माण भएको छ त्यसमा मधेश मा मधेशी समुदाय लाई थारु, मधेशी , दलित र मुस्लिम मा विभाजित गरी एक समूह लाई अर्का को विरुद्ध प्रयोग गर्ने ठूला दल हरुको गेम अब सफल हुने वाला छैन । मधेशी मतदाता हरु मधेश मा स्थानीय स्तरमा आपनो समुदायको वर्चस्व कायम राख्न र आफनो सुरक्षा र हितका लागि लचिलो भई आफनो समक्ष रहेका विकल्प हरु बारे मनन गरी आफनो लागि उपयुक्त विकल्प चयन गरी मतदान गर्न सक्ने क्षमता देखाए का छन र आउने दिन मा मधेश को राजनीति अझ परिपक्व हुने छ । निश्चित रुपमा प्रदेश तथा संघको चुनाव मा मधेश का जनता ले मतदान गर्ने कारण राजनीतिक हुने छ र मधेश केन्द्रित दल हरुको अवस्था अझ मजबूत हुने छ ।


Comments

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...