प्राक्सी युद्ध
हर्क गुरुंग भन्दा राष्ट्रियतावादी भूगोलविद नेपालमा शायदै कोई होला । पूर्व राजा महेन्द्रका वहाँ अनन्य विश्सासपात्र हुनु हुन्थियो । वहाँले टोनी हेगेन फाउंडेशनका लागि २००६मा नेपाल एटलस र स्टैटिस्टीक्सको सम्पादन गर्नु भएको रहे छ । त्यसमा सन् १९६३ भंदा अघि र १९६३ भंदा पछिको नेपालको दुई वटा नक्शा देखाइएको छ । १९६३ भंदा अघिको नक्शामा कालापानी नेपालको भाग देखाइएको छ भने पछि को नक्शा मा त्यो भाग देखाइएको छैन । पछिको नक्शा हाल प्रचलनमा रहेको नेपालको नक्शा छ जुन २०७२को संविधानमा अनुसूचीको रुपमा संलग्न छ ।
त्यस बेलाको इतिहासको बारेमा कल्पना गर्न मन लागि रहेको छ । १९५६मा चीन ले तिब्बत माथिआफनो आधिपत्य कायम गरी सकीको रहे छ । नेपालमा संसदको हत्या १९६०मा राजा महेन्द्रले गरी सकेका रहे छन । २० अक्टूबर १९६२मा चीनले भारत माथि आक्रमण गरी सकेको रहे छ । कालापनी नेपाल चीन र भारतको सीमानामा रहेको त्यो क्षेत्रहो जहाँ बाट चीनी सेना नेपाल र भारत मा सजिलै सीत प्रवेश गर्न सक्थियो । भारत र नेपाल बीच सुरक्षा लगायत अन्य विषयहरुको सम्बन्धमा १९५०को संधि भई सकेको रहे छ । संधिमा उल्ल्ोख भए बमोजिम उक्त संधि खारेजीका लागि आज सम्म नेपालको सरकारले भारतको सरकार लाई कुनै पत्त लेखेको छैन ।
राजा महेन्द्रले नेपालको सीमामा भारतीय सेना लाई बस्ने सहमति दिनु भएको सबैले स्वीकार गरेको पाइन्छ तर कुन सहमति वा समझौता बारेत्यस्तो भएको होला , त्यस बारे अन्यौल छ । राजा महेन्दले चिनिया अतिक्रमण बाट नेपादको भूमि जोगाउनका लागि पनि त्यस्तो निर्णय गरेको हुनु पर्दछ । चीनले नेपालको भूमि पनि कब्जामा राखेको सबैले स्वीकारेका छन । तर उक्त कालापानी क्षेत्र आज विवादमा छ । यो नेपालमा आज विद्दमान रहेको राजनीतिक यथार्थको परिणाम हो ।
प्रश्न उठ्छ , यस भन्दा अघि यस्तो विवाद किन भएको थिएन । महाकाली सन्धि गर्नेबेलामा नेकपा एमाले विभाजितनै भयो । तर त्यो विभाजन पनि अस्थायी रहेयो । विभाजित दलहरु पुनः मिले ।
हिजोका मुख्यदलहरु हिजो पनि त्यही थिए जुन आज छन । आज राजा महेन्द्रको राष्ट्रवाद माथि यी दलहरुले प्रश्न उठायी रहेका छैनन। पाक अधिकृत कश्मीरको नक्शा भारतले प्रकाशित गरे पछि नेपालमा कालापानी विादले चर्को रुप धारण गरेको छ । पाकिस्तानको आन्तरिक अवस्था मजबूत भयेको भए र पाकिस्तानको पक्षमा अन्तराष्ट्रिय माहौल भयी दिएको भए आज भारत पाकिस्तान बीच पाँचौ युद्ध शुरु भयी सक्थियो होला । यस्तो लाग्दछ , त्यहाँ युद्ध हुन नसकेको कश्मीरको विषय लाई नै लिएर नेपालमा प्राक्सी युद्ध भयी रहेको छ ।
Comments
Post a Comment