रोचक संस्मरण आफु डन जस्तो भए बारे आज नेपाली राजनीतिमा डनिज्म बारे एउटा रोचक लेख पढें, अनि लेख्न मन लाग्यो। डन हुने सम्भावना सबैमा हुन्छ , शायद म मा पनि रहेको थियो तर मैले गरेको सफल अपहरण राजनीतिक प्रकृतिको थियो , यसो पुरानो कुरा सम्झि रहेको छु । डन न भए को भए आनंदी देवी र उनको भतीजा यशवंत सिंह लाई फिल्मी स्टाइलमा प्रहरी, सेना र मंत्रीका आसे पासे लाई छल्दै पुल्चौकको मंत्री निवास बाट अपहरण माथि अर्को अपहरण गर्दै अर्को स्थानमा लुकायी पुलिसका काठमांडौ जिल्लाका तत्कालीन हाकिम सर्वेन्द्र खनाल लाई भेंटी धमकी को भाषामा भने को थिएँ , आनंदी देवस् मंत्री निवास बाट उम्किन सफल हुनु भएको हो र अर्को स्थानमा लुकेर बस्नु भएको छ । तसर्थ यात तपांई आफनो सुरक्षामा लिनुस होई न भने मेरो घरमा प्रहरी सुरक्षा दिनुस , अनि म उनको परिवारका अन्य सदस्य हरु न आउंजेल सम्म म मेरो घरमा केही दिन का लागि राख्न सक्छु । अपहरण माथि अपहरण तत्कालीन प्रधानमंत्री गिरिजा प्रसाद कोइराला र गृह मंत्री कृष्ण सिटौला को कालमा भएको थियो । सर्वेन्द्र खनालले माथि का पुलिस हाकिम संग कुरा गरे । उनले भनेको सुनें। मंत्री...