Skip to main content

press release about ordinances.

                                   प्रेस विज्ञप्ति
      विश्वव्यापी कोरोना भायरसको महामारी संग देश र जनता संघर्ष गरी रहेको अवस्थामा सरकारको सिफारिशमा राष्ट्रपतिज्यु बाट राजनीतिक दल सम्बन्धी ऐन २०७३ र संवैधानिक परिषद सम्बन्धी ऐन २०६६मा संशोधन गर्ने गरी अध्यादेश जारी भएको ले हामी सबै हतप्रभ भएका छौं । हाम्रो दृष्टिकोणमा यो  संविधान, जनता र राजनीतिक दल संग विश्वासघात हो ।  हिजो जारी भएको अध्यादेश छलयोजनाको परिणाम  हो र यो राजनीतक दल को दमन गर्दै संविधानलाई निष्प्रभावी बनाउने उद्देश्यका साथ ल्याइएको छ । निम्न कारण हरुले गर्दा  दुबै अध्यादेश बाट संविधान ,जनताको स्वतंत्रता र मर्यादा तथा  बहुदलीय लोकतंत्र संकटमा पर्ने संकेत हरु देखा परी सकेका छन ः 
१.लाकडाउनको अवस्थामा राजनीतिक दलका नेता र कार्यकत्र्ता हाउस अरेष्टमा रहेको मानी सरकारले  राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको छ । संसदमा निर्वाचित दल विभाजित भएमा  जनताको मत बाट संगठित राजनीतिक दल हरु क्षत विक्षत हुने छन र राजनीतिक अस्थिरता बढने छ । विशेषगरी मधेश केन्द्रित दलहरु लाई विभाजित गर्ने मनशायका का साथ ल्याइएको अध्यादेश बाट संघीय शासन व्यवस्था माथिनै खतरा उत्पन्न भएको छ । यस अध्यादेशले मधेशी जनता र नेताको पुनः अवमूल्यन गरेको छ र उनी हरुलाई बिकाउ र दोस्त्रो दर्जाको नागरिक ठानेको मनशाय प्रष्ट गरेको छ । राजनीतक दल विभाजित गरी राजनीतिक अस्थिरताकायम गरी त्यस्को आडमा जनता माथि तानाशाही शासन लाद्ने मनशायका साथ  सरकारले राजनीतक दल सम्बन्धी अध्यादेश जारी गरेको छ ।  राजनीतिक स्थिरताको नाममा जनता संग मत मांगेका प्रधानमंत्री ज्यु बाट राजनीतिक अस्थिरता ल्याउने कार्य हामी सबैका लागि आश्चर्यको विषयहो ।
२.त्यसै गरी संवैधानिक परिषदमा संशोधन गरी संवैधानिक संस्थाहरुलाई आफनो मानिषहरुको भर्नाकेन्द्र बनाउने र विपक्षी हरु लाई समाप्त पार्ने मनशायका साथ  सरकारले दोस्त्रो अध्यादेश ल्याएको छ । यो अध्यादेश क्रियान्वयन भएमा  न्यायालय लगायतका मुलुकका अन्य संवैधानिक संस्थाको स्वायत्तता समाप्त भई  संविधान र विधिको शासन माथि गम्भीर खतरा उत्पन्न हुने छ र मानिषको निर्भय भइ बाँचने अधिकार संकुचित हुने छ ।  तत्कालका लागि यस अध्यादेश बाट विपक्षी राजनीतिक दलहरुको दमनको हुने अवस्था देखिएता पनि  दूरगामी रुपमा यसबाट जनता र संवैधानिक संस्थाका सदस्य लगायत समस्त प्रशासनिक  कर्मचारी  प्रभावित हुने छन र देश मा एकदलीय तानाशाही शासन व्यवस्था लागू हुने छ । 
तसर्थ सम्माननीय राष्ट्रपतिज्यु संग हामी अध्यादेश तुरन्त फित्र्ता गर्ने मांग गर्दछौं ।

    सरिता गिरी
ससदीय दल उपनेतां
बैसाख ९, २०७७



Comments

Post a Comment

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...