Skip to main content

रोचक संस्मरण आफु डन जस्तो भए बारे

रोचक संस्मरण आफु डन जस्तो भए बारे

आज नेपाली राजनीतिमा डनिज्म बारे एउटा रोचक लेख पढें, अनि लेख्न मन लाग्यो।
डन हुने सम्भावना सबैमा हुन्छ , शायद म मा पनि रहेको थियो तर मैले गरेको सफल अपहरण राजनीतिक प्रकृतिको थियो , यसो पुरानो कुरा सम्झि रहेको छु । डन न भए को भए आनंदी देवी र उनको भतीजा यशवंत सिंह लाई फिल्मी स्टाइलमा प्रहरी, सेना र मंत्रीका आसे पासे लाई छल्दै पुल्चौकको मंत्री निवास बाट अपहरण माथि अर्को अपहरण गर्दै अर्को स्थानमा लुकायी पुलिसका काठमांडौ जिल्लाका तत्कालीन हाकिम सर्वेन्द्र खनाल लाई भेंटी धमकी को भाषामा भने को थिएँ , आनंदी देवस् मंत्री निवास बाट उम्किन सफल हुनु भएको हो र अर्को स्थानमा लुकेर बस्नु भएको छ । तसर्थ यात तपांई आफनो सुरक्षामा लिनुस होई न भने मेरो घरमा प्रहरी सुरक्षा दिनुस , अनि म उनको परिवारका अन्य सदस्य हरु न आउंजेल सम्म म मेरो घरमा केही दिन का लागि राख्न सक्छु । अपहरण माथि अपहरण तत्कालीन प्रधानमंत्री गिरिजा प्रसाद कोइराला र गृह मंत्री कृष्ण सिटौला को कालमा भएको थियो । सर्वेन्द्र खनालले माथि का पुलिस हाकिम संग कुरा गरे । उनले भनेको सुनें। मंत्री निवासमा त हामी जान मनाही छ तर पीडित बाहिर आई सके पछि हामी ले सुरक्षा दिनु पर्ने हो वा होई न । शायद माथि का हाकिम ले स्वीकृति दिए । म पुलिस कार्यालयमा नै बसी राखें । जब मेरो घरमा पुलिस भरिएको दुई वटा भैन पुगेको थाहा पाएँ , अनि मैले लुकाए का स्थान बाट आनंदी देवी र उनको भतीजा लाई निकाली आफनो गाडी मा हाली घर पुगें ।
श्याम सुन्दर गुप्ता त्यस बेला मंत्री थिए । उनी फेरि पनि आनंदी देवी लाई अपहरण गर्ने प्रयास गर्छन, मलाई आशंका थियो । तीन महिना देखि उनले आनंदी देवी लाई अपहरणमा राखेका थिए । त्यस सांझ सिम सिम पानी परी रहेका थियो । राति ११ बजे तिर तीन वटा गाडी मेरो घर नजीक आयी रुके को थियो । गेट भित्र बाट बंद थियो । आठ दस जना बंदुकधारी पर्खाल मा चढी लान मा कुदे । शीशाको झ्याल बाट देखे, घर भित्र ठूलो टेबुलका वरी परी आठ जना बंदुकधारी बसी रहे का थिए । उनीहरु अब भिडन्तमा जान चाहेनन होला । परखालमा चढी कुदी गाडीमा सवार भए र तीन वटा गाडी फित्र्ता भयो । एउटा सेनाको र एउटा सशस्त्र प्रहरीको गाडी थियो , मेरो घर देखाउनका लागि श्याम सुन्दर गुप्ता संग आएका कार्यकत्र्ता ले मलाई पछि भने । सरकार को दोस्त्रो पटक को अपहरण को प्रयास पनि विफल भयो । मधेशको राजनीतिमा सरकार र सुरक्षाबलको भूुमिका यस्तै छ । हामी हर क्षण खतरामा हुन्छौं, चुनौती आए भने डन पनि हुनु परेको छ । अहिले सम्म बाँचैका पनि छौं । उपर वालाको नै कृपा होला, भन्नु पर्यो ।

Comments

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...