Skip to main content

लिपुलेक विवाद

 लिपुलेक विवाद


पहिला हिंदी चीनी भाई भाई को समय थियो र  अब नेपाली चीनी भाई भाई को समय छ । भारत र चीन बीच ६०को दशकको प्रारम्भमा युद्ध हुनु भन्दा अघि भारत र चीन बीचको सम्बन्ध अत्यन्त राम्रो भएको विश्वास नेहरु जी लाई थियो । चीन को भारतमाथि आक्रमण उनको ठूलो विफलता थियो र त्यसको सदमा  बाट जीवन पर्यन्त उनी निस्कन सकेनन। छिट्टै उनको मृत्यु  पनि भयो । अब नेपाली चीनी भाई भाई को दौरमा छों र भारत र नेपाल बीच देखिएको लिपुलेक  विवाद नेपाल चीन सम्बन्ध को कसौटीमा  छ । परराष्ट्र मंत्रीको भ्रमणको मुख्य एजेंडा दुई देश बीचको सीमा विवाद रहे छ । परराष्ट्र मंत्रीको भनाई अनुसार यसै संग इपीजीको प्रतिवेदन पनि जोडिएर आएको छ ।

उता परराष्ट्र मंत्री जी दिल्ल ितर्फको यात्रामा हुनु हुन्छ , यता आज देखि सीमाना मा नेपाली मोटर साइकिल हरुको आवत जावत मा पनि अत्यन्त कडाई गरिएको छ । आखिर लिपुलेक विाद के हो यस्को बारेमा आम जनतामा व्यापक छलफल भएको छ जस्तो मलाई लाग्दैन । मैले संसद मा यस विवाद संग सम्न्धित केही प्रश्न उठाएको थियें तर सरकारको तर्फबाट कुनै जबाब आए न र जबाब न आउंदै मेरो संसद सदस्यता खारेज गरियो ।

तिब्ब्तको मानसरोवर सम्म पुग्ने गरी अहिले उत्तराखंड (शायद पिथौरागढ) बाट शुरु भई लिपुलेक सम्म पुग्ने, विवादित कालापानीको भूमि हुंदै भारत ले जुन सडक बनाएको हा, त्यस बारे भारत र चीन बीच १९५३ ५४ मानै सहमति भएको थियो । दोस्त्रो सहमति २०१४मा भएको थियो । त्यस बेला नेपालका प्रधानमंत्री स्व. सुशील कोईराला हुनु हुन्थियो । २०१४ मा पीएम कोईरालाले चीन लाई विरोध स्वरुप पत्र लेख्नु भएको थियो । संसदमा मेरो प्रश्न थियो , चीनले उक्त पत्रको जबाब दिएको छ अथवा छैन , यदि दिएको छ भन्ने उक्त पत्रबारे सरकारले संसदमा जानकारी गराउनु पर्यो ।  सरकारको तर्फबाट कुनै जबाब आएन ।


भारत सरकार ले उक्त सडकको उद्घाटन गरे पछि नेपालको तर्फबाट भारतको साथमा लिपुलेकको विषय लाई विवादित बनाइएको छ र चीन ले लिपुलेक विवादको बारेमा मौनता धारण गरेको छ । चीनले पनि लिपुलेकलाई विवादित मान्ने हो भने आफनो अवस्थितिका कारण लिपुलेक त्रिदेशीय विवाद को विषय हुन जान्छ । जहाँ सम्म कालापानी क्षेत्र को विषयहो , उक्त क्षेत्र लाई भारत र नेपाल दुबै देशले विवादित भएको स्वीकार गरी संयुक्त पत्रमा हस्ताक्षर गरेका छन र चीन ले पनि कालापानीको विषय लाई भारत र नेपाल ले द्विपक्षीय संवाद बाट समाधान गर्नु पर्ने आफ्नो धारणा व्यक्त गरेको छ । तसर्थ मूल प्रश्न लिपुलेक बारेको नया विवाद हो । यस भन्दा अघि नेपाल भारत बीच लिपुलेक पनि विवादित रहेको भनी कुनै वात्र्तावा सहमति भएको बारेमा कम्तीमा मलाई जानकारी छैन र यो मेरो कमजोरी पनि हुन सक्छ।
अहिलेको सडक रणनीतिक हो र चीनको बेल्ट एन्ड रोड इनिशिएटीभ संग नेपाललाई सीधे जोडने हो भने यो अत्यन्त महत्वपूर्ण सडक नेपाल र चीन का लागि हुन जान्छ। नेपालले बी आर आई मा सहमति गरेको छ र भारतले गरेको छैन । यो सडक पाकिस्तान हुंदै एकातिर अरबियन सागर र अर्कोतिर युरोप सम्म पुग्न सक्छ ।  निश्चित रुपमा चीन ले नेपाल लाई बी आर आई को एक्टिभ पार्टनर बनाउने चाहना राखेको छ र त्यस दृष्टिकोण बाट नेपाल र चीन दुबैका लागि लिपुलेक अत्यन्त महत्वपूर्ण नाका हुन पुग्छ । पाकिस्तान संग त चीन को राम्रो सम्बन्ध छंदै छ । तर आश्चर्यके छ भने चीन लिपुलेकको बारेमा मौन छ तर हामी सहजै अनुमान लगाउन सक्छौं कि लिपुलेक बारेको अहिलेको विवादमा चीन र पाकिस्तान को संवेदनशील स्वार्थ कुनै न कुनै प्रकार ले जोडिएको छ र दुबै देश को स्वाथर््ा भारतको हितको प्रतिकूल छ । अहिलेको नक्शा विवादको प्रकरणको मूलमा यही विषय हो , भन्न सकिन्छ । क्षेत्रीय शक्ति संतुलन को दृष्टिकोणले यो विवाद अत्यन्त संवेदनशील र जटिल छ । आशा गरौं नेपाल र भारत ले टेबुलमा पारदर्शी ढंग ले एक अर्काको हितको सम्मान गर्दै समस्या समाधानको दिशामा अग्रसर हुने छन ।

बेल्ट एन्ड रोड इनिशिएटीभ संग जोडिएको लिपुलेक विवादको विषय समस्याको वत्र्तमान संग सम्न्धित पक्षहो भने भविष्यका लागि पनि यो भारत र नेपाल दुबैका लागि अत्यन्त महत्वपूर्ण र संवेदनशील हो । त्यस्तो भविष्य को कल्पना मा यस क्षेत्रमा हुन सक्ने कुनै युद्धलाई  लिन सकिन्छ र उक्त युद्धमा यदि नेपाल चीनको साथमा उभिने हो भने नेपाल अर्को तिब्बत हुन्छ र सम्पर्ण उत्तर भारत पनि चीन बाट असुरक्षित हुने निश्चित छ । राजा महेन्द्रले ६०को दशकमा त्यत्तिकै कालापानीमा भारतीय सेना लाई बस्ने अनुमति दिएका थिएनन। तिब्बत माथि चीनले कब्जा गरी सकेको अवस्था  थियो र राजा महेन्द्र ले भारत र चीन युद्धको पृष्ठभूमिमा नेपालको हितको दृष्टिकोण बाट केही अनुमान गरेका थिए जस्तो लाग्छ ।  उनलाई लागेको होला कि चीनको साम्राज्यवादी नीति को शिकार नेपाल पनि हुन सक्छ । शासन व्यवस्था अथवा शासन प्रणालीको विषयमा भारत र नेपाल बीच विवाद भए पनि राजा महेन्द्र लाई थाहा थियो कि नेपाल को स्वतंत्रता कुन अवस्थामा र को सित बढी सुरक्षित रहने छ र उनले कालापानी लगायत १७ स्थानमा भारतीय सेनाको पोष्ट राख्ने अनुमति दिएका थिए । चीन बाट नेपालको भूमिको अतिक्रमण का समाचार आए पछि अहिले प्रधानमंत्री ओली को भारत संगको निकटता पनि राजा महेन्द्र कै नीति को अनुकरण जस्तो मैले मानेको छु । नेपाली चीनी भाई भाईको सम्बन्धमा अहिलेका लागि विराम लागेको अवस्था छ ।

Comments

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...