Skip to main content

बीनु यादव को कथा

 यो बीनु यादव को कथा हो । कथा त होईन , यथार्थ हो तर राज्यका लागि यो कथा जस्तै हो जस्तो लाग्छ । अनि त राज्य रमाई रहेको छ । उनी लगभग १० दिन देखि न्याय का लागि माइती घर मंडालामा अनशन मा बसेकी छिन ।

पाँच वर्ष देखि उनी न्यााय का लागि परीक्षा दिई रहे की छिन, संघर्ष मात्र गरी रहेकी छैनन । कहिले विष सेवन गरी त कहिले अदालत समक्ष आफ्नो जीवमा रातो रंग छरी त कहिले अनशन मा बसी उनको संघर्ष जारी रहेको छ । योृ त सार्वजनिक भएकाकेही  ठुला घटनाहरु हुन । त्यस बाहेक हरेक दिन समाजको कठोर आँखा समक्ष विभेदकारी राज्यको अदालत र प्रहरी कार्यालय दौडदै हरेक पल उनी माथि के बीतेको होला , त्यस बारे सबैले अनुमान पनि गर्न सक्दैनन । उनी अहिले फेरी  गहिरो पीडा र परीक्षा बाट  गुज्री रहेकी छिन र अनशन स्थलमानै आत्म दाहको कुरा पनि गरी रहे की छिन। सार्वजनिक रुपमा कुनै महिलाले आत्मदाहको कुरा गर्न थाले पछि पनि राज्य निर्मम भई हेरी रहेको छ।  

उनको कथा प्रष्ट उदाहरण छ कि एक जना महिला लाई प्रेमको नाटक गरी कसरी शोषण र तिरस्कारको दुक्ष्छक्रमा फंसाउन सकिन्छ । एक जना पुरुषले दुई वर्ष पुरानो मित्रताको बीचमा बलात्कार गर्यो  र उनी प्रहरी कार्यालयमा बलात्कार विरुद्धको  जाहेरी दिन पुगीन । प्रहरी कार्यालयका डीएसपी ले जाहेरी फित्र्ता गरी बीनु को बलात्कारको आरोपित व्यक्ति संग  विवाह गराई दियो र तीन महिना पछि उक्त व्यक्तिले तलाक दिने प्रक्रिया अगाडी बढायो । त्यस बीचमा पटक पटक परिवार का अन्य व्यक्तिहरुले पनि उनी माथि  बलात्कारको प्रयास गरे । बीना तलाकको विरुद्धमा जिल्ला अदालत पुगीन । अदालतमा  बीनाको इच्छा विपरीत र उनको विरोधको बावजूद पनि जिल्ला अदालतका न्यायाधीश ले तलाक गराई दिए । उनको मुद्दा अहिले पुनरावेदन अदालतमा पुगेको छ । 

यस बीच बीनुको आन्दोलनले गर्दा केही सकारात्मक उपलब्धि हरु पनि भए ।  जिल्ला अदालतको उक्त न्यायाधीश गलत फेसला गरेकोले निलम्बन मा परी सकेका छन । उनको अहिलेको प्रमुख मांग त्यस डीएसपी को निलम्बन र उमाथि कारवाही रहेको हो । यसो बुझ्दा  डीएसपी ले अभियुक्तहरुको  मिलोमतामा  षडयन्त्र मुलक ढंगले कार्य न गरेकोभए बीनुको जीवन तबाह हुन्दै न थियो । आज उनी न्यायका साथ साथै आफ्नो सम्मानका लागि उक्त डीएसपी लाई कारवाही र छानबीनको दायरामा ल्याउन संघर्षरत छिन ।

 उनको पतिको विवाह कुनै अन्य महिला संग ग।ाउने तैयारी भइ रहेको ले उनी अतालिए की छिन । तलाकको मुद्दामा फैसला नभयी उनको पतिले अर्को विवाह गरे भने उनको पुरा संघर्ष खेरो हुन जान्छ ।प्रत्येक नागरिक लाई न्यााय र सम्मान संग बाँच्ने मौलिक अधिकार छ , हाम्रो संविधानले भनेको छ।  

जब जिल्ला अदालतका न्यायाधीश निलम्बन्मा परी सकेका छन भने विषय को शुरुवात गराउने डीएसपी लाई निलम्बन गरी आवइक कार्रवाही शुरु गर्नेहो भो बीनुको सम्मान को पनि रक्षा हुन्छ र न्याायको बाटो पनि सहज हुनेछ । डीएसपी लाई निलम्बन र छानबीन को कारवाही अन्तर्गत ल्याउनेहो भने बीनुको अनशन पनि समाप्त हुने छ । 

यो मुद्दा अत्यन्त संवेदनशीलहो र यस्को विषयबस्तु बाट त्यस जातीय राज्यको दुर्गनध आउंछ जसमा अन्य समुदायका महिलाहरु शासक वर्गका लागि बस्तु वा पशु सरह हुन र शासन गर्ने समुदायका हरेक अपराध या त अपराध होईन वा आफ्नो सामुदायिक पहिचान का कारणले अभियुक्तको हरेक अपराघ माफ हुन्छ ।  पहाडी र मधेशी समुदायकोबीचको  फरक र संघर्षलाई पनि यस मुद्दाले छर्लन्ग गरी दिएको छ र यस्मा राज्य को प्रत्यक्ष संलग्नता देखा परी रहेको छ ।   बीनुको स्थानमा कुनै खस समुदायको युवती भई दिएको भए न त उनी संग यस्तो दुर्वयवहार र विभेद राज्यले गर्दै न होला जस्तो लाग्छ ।  गृह मंत्रालयले यस विषयमा तत्काल कारवाही गरी २०६२ सालको आन्दोलनको मर्मको रक्षा गर्न उपयुक्त बाटो हुने छ ।


Comments

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...