Skip to main content

Bato ka Kathaharu


                                                                              बाटोका कथाहरु

 
         आज म टैक्सी चढी केही कामको लागि घरबाट निस्के । बाटोमा जीवनका कथाहरु भेटें । दुवै कथा विदेशमा काम गरेर फर्केका टैक्सी ड्राइभर हरुको छ। दुवै आम नेपाली थिए । पहिलो टैक्सी ड्राइभर उमेरमा तीसभन्दा अलिकति माथी थिए होला । फर्किने बेलाको टैक्सीका ड्राइभर भाई पहिलाका भन्दा लगभग १० वर्ष कान्छो थिए । उनी  विदेशबाटै फर्केर आएका रहेछन् र आफ जिवन्त कथा भयी ड्राइभरी गरी रहेकाछन। संयोग नै भन्नुपर्छ कि दुबैजना जनजाति समुदायकै रहेछन्, एक तामाङ्ग  र अर्को लामा । म कथाकार हुँ त भन्न सक्दीन तर म यहाँ कथावक्ता
चाहीं रहेकीछु।

कथा १ – घर बाट निस्कने बेला भेंटेका भाई तामाङ्ग कतारमा केही वर्ष ड्राइभरको काम गरेर फिर्ता भएका रहेछन् । उनी यहाँको सडकको हालत हेरी दिक्क मानिरहेका थिए । किन फर्केको सोधे । उनले भने– ‘धेरै काम गर्नुपथ्¥यो र बेलाबेलामा ड्राइभिङ्ग अत्यन्त जोखिमपूर्ण हुन्थ्यो । पैसा पनि मासिक १० हजार रुपिँया मात्र पाइन्थ्यो ।’

कामको प्रकृति कस्तो हुन्थ्यो, मंैले फेरी सोधे । उनको जबाफ हृदयस्पर्शी थियो । रातिबेराती जुन बेला पनि फोन आउथ्यो, फोन आउनेबित्तिकै तीन–तीन हजार किलोमीटरको यात्राका पनि लागि उठेर हिडनुपथ्र्याे । कहिँलेकाहीँ कुरियरको गाडी चलाउँदा त निश्चित समय भित्र पुग्नुपर्ने त्यहाँको कानून रहेकोछ । तोकेको समयमा न पुगे, तिनीहरुले तस्वीर लिन्थे, थरीथरीका प्रश्न सोध्थे, ढिलो भएकोले सामान त कतै यताउता भएको त छैन भनेर आशंका गर्थे, सामानको लेखाजोखा गर्थे । एकदमै नरमाइलो लाग्थ्यो । त्यस्ता यात्राहरुका लागि ११०÷१२० किलोमीटर प्रति घण्टाको गतिले गाडी चलाउनुपथ्र्याे । तिव्र गतिको कारण कति नेपाली ड्राइभरहरु दुर्घटनामा मर्ने हुन्छन।
 
ततपश्चात् उनी काठमान्डौंका अस्तव्यस्त बाटाहरुबारे मनमा लागेका गुनासोहरु पोखन थाले । अरु देशको सरकारले त बाटाहरु बनाई राखेका हुन्छन, यहाँ सरकार भएपनि बाटो किन बनेको हुंदैन ? यहाँका बाटाहरु जहिले पनि भत्केकै किन हुन्छन ? उनको प्रश्न थियो म सँग ।

बाटो ठूलो बनाउन भत्काइएका तर नबनाइएका बाटाका वरीपरी थुपरेको माटो, ईंटा र ढुंगाले उनलाई अति नै दुःख दिएका रहेछन् । उनले आक्रोश पोख्दै प्रश्न गरे । सडकको छेउमा थुपारिएको ढुंगा, ईटा र माटो त राति नै लगेर फाल्नु पर्ने होइन र, किन न फालेको होला ? मैले जबाफ दिन सकिन् । मैले यतिमात्र भनें हामीले  सरकारलाई सोध्न पनि छाडीसकेकाछौं ।
                   ........................................................
कथा २ – माइतीघर मण्डला छेउबाट घर फर्किन अर्को टैक्सी चढें । भर्खरकै केटा थिए टैक्सी ड्राइभर । अनि मैले उनलाई सोधे, कति भयो टैक्सी चलाई राख्नुभएको ? उनले भने– ‘यहाँ त एक वर्ष मात्रै भयो, तर ओमानमा चार वर्ष चलाएँको थिएँ ।’

चार वर्ष विदेशमा कमाए पश्चात् त पक्कै पनि आफ्नै टैक्सी किनेका होलान्, मेरो मनमा लागेको थियो । फेरी पनि सोधे, आफ्नै टैक्सी हो ? यो प्रश्नको जवाव निराशाजनक थियो उनको । टैक्सी किन्ने पैसा कहाँ हुनु, त्यत्रो पैसा विदेशमा कमाउन सकिन्न ।

मनमा फेरी जिज्ञासा उठयो, यो वैदेशिक रोजगारबाट धनी हुने आखिर को रहेछन् त । काम गर्न जाने श्रमिक त पक्कै रहेनछन् । तर पनि देशमा विदेशी मुद्रका सञ्चिती बढ्दै गईरहेको छ, अस्ती प्रधानमंत्रीको मुखबाट उनको भाषण मा सुनेको थिएँ । सञ्चिती बढनु त पक्कै पनि देश धनी हुनु हो । तर विदेश मा गएर काम गर्ने श्रमिक त गरिब नै रहेछन् । एकैछिन सोचे , देश धनी हुने र देशका लागि धन कमाउने गरीब हुने भन्ने कुरा त समाजवादी मुुलुकको प्रकृति हो । अनि मनमा विचार आउन थाल्यो । के नेपाल साँचिकै समाजवादउन्मुख भइसक्यो त ?

वैदेशिक रोजगार, धनी हुने सपना र चाहना राख्ने नेपालीहरुका लागि मरुभूमिमा  तिर्खाएका यात्रीलाई मृग मरीचिका भए जस्तै हो त?तर मानिस काम त काम गर्नका लागि पनि गर्छ । कर्मजीवी हरुत काम न गरी कन बाँच्न पनि सक्दैनन। काम गरीबाँच्ने सपना बोकेका  पनि विदेश काम गर्न जान्छन किन भने नेपालमा काम गरेर आफूलाई र आफनो परिवार लाई पालन सकने  काम सजिलो सग पाइंदै पाइन्न। म पनि मनमा सोची राखेको थिएँ। खैर, भाईको नाम थियो अर्जुन लामा, घर काभ्रे ।

केही बेर पछि भाई अर्जुन लामाले पुनः कुरा अगाडी बढाए । उनको  कथा अहिले पूरा भैसकेको थिएन् ।

उनले भन्न थाले । बस्न चाहीं म ओमानमा पाँच वर्ष बसें । तर त्यहाँ धेरै दुख पाएँ, हदै सम्मको दःुख, अंतिनै दुख पाएँ। शुरुको एक वर्ष त केही काम नै पाईन ।

अनि कसरी पुग्नुभयो त त्यहाँ ? कागजात नक्कली भिडाए दलालहरुले । मैले जिज्ञासा राखें ।

   त्यही नै भएको रहेछ । काम न पाई कति महिना एक छाक मात्र खाएर दिन बिताउनुपरे को थियो।  भन्दै केही बेर अर्जुन चुप लागे । मौनता बोझिल थियो, पीडाले भरिएको । गाडी ठीकठाक चलाए पनि उनको आँखा र मन कता कता हराएको जस्तो थियो । उनले केही बेर पछि फेरी मौनता तोडे र बोल्न थाले ।  कति कति दिन त पानी मात्र खाएर सुतेको छु, त्यो पनि नुनिलो पानी। अत्यन्तै दुःख पाएको थिएँ ओमानमा ।त्यसबेलाको दुःख र पीडाको सम्झना अहिले पनि उनको मन मस्तिष्कमा जिवन्त थियो ।

   नेपालीहरुसँग सहयोग माँग्दा खाते भनी सहयोग गर्दै नथिए । पछि चिनजान बढाउंदै, हाथखुटा जोडदै  एक वर्षपछि गाडी चलाउने काम पाएँ । काम पाएपछि स्टीयरिंग समातेर ती खाते भन्नेहरुलाई मैले पनि देखाई दिएँ । उनी एकहोरो बोल्दँै गईरहेका थिएँ र म गम्भिरताको साथ उनी लाई हेर्दै सुन्दै गइरहेको थिएँ । मन दुखित र क्रोधित पनि हुन थालेको थियो ।

  तराईको एकजना श्याम भन्ने व्यक्तिले सहयोग गरेका थिए । तर धेरै दुःख पाएको छु । उनले फेरी दोहो¥याए । हामीबीच एक प्रकारको आत्मीयता स्थापित भईसकेको थियो । अनी मैले सोधी हालें, केत ऋण लिएर गए का थियौ ।

हो नी । नभए त्यतीको दुख पाएर त्यहाँ किन बस्थिए होला।

मैले फेरी सोधे, कति ऋण लिएर जानुभएको थियो । साढे दुई लाख माँगेको थियो मैनपावर कम्पनीले तर एक लाख अस्सी हजार तिरेर गएको थिएँ, अरु पैसा त्यहीं बाट मिलाउँछु भनेर गएको थिएँ । त्यत्रो ऋण लिएर गएको थिए । नभए त्यत्रो दुख पाएर पनि किन बसिरहन्थे र त्यहाँ ?

त्यहाँ पुगेपछि फोन गर्दा फोन उठदै उठेन । साहुको ऋण तिर्नुपर्ने भएकाले भोक र प्यास सहेर पनि बसें । पछि आएर बुझँदा त त्यो मैनपावर कम्पनी बन्द भईसकेको रहेछ । वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी दिएको छु । अहिलेसम्म मान्छे फेला पर्नसकेको छैन्, भन्छन् फेला परेपछि खबर गर्छौ ।

तर अर्जुनले भन्नु पर्ने अंतिम कुरा बाँकी नै थियो । उ थाकेको र हारेको जस्तो पटक्केै देखिदैन्थ्यो । उनको बोलीमा एक प्रकारको उर्जा पनि थियो । हदैसम्मको दःुखलाई पार गरिसकेको हुनाले उनमा साहस र आत्मविश्वासको कमी पनि थिएन ।
ंआफू हिडने बाटोको अंत तिर आई सकेको थिएँ। उनको कथा पनि अंत हुन लागेको थियो। 
उनले भने, मलाई ठग्ने मान्छेको खोजीमा छु ।  त्यसैले काठमाण्डौंमा टैक्सी चलाईरहेको छु । कुनै न कूनै दिन त मेरो हाथ पक्कै पर्ने छन ती ठगनेहरु ।

ओमानमा भोगेको अपमान, भोक र प्यासको पीडाको बदला लिन काठमाडौमा टैक्सी चलाइरहेका अर्जुनको जीवनमा तिक्तता र प्रतिशोधको भावनाले  प्रवेश गरीसकेको रहेछ । उनले आफनो जीवनको बारेमा यस्तो सपना त पक्कै पनि न देखेका होलान।
तर त्यस्का लागि दोषी कोहोत?
त्यसैपनि धोखा खाएका व्यक्तिहरु कतै न कतै त खण्डित भईसकेका नै हुन्छन् । तर खंडित व्यक्ति मात्र हुंदैन। सपना पनि खंडित हुन्छन, समाज पनि खंडित हुन्छ र सम्बन्धहरु पनि खंडित हुन्छन । कतैनकतै त धोखा दिनेहरु पनि खंडित भएका हुन्छन र भागेको भागे हुन्छन। 
मेरो गंतव्यस्थल आईपुग्यो । म अर्जुनसँग भारी मनका साथ विदा भएँ ा
                           .........................
हुन त वैदेशिक रोजगारमा भएका ठगीका कथाहरु  अनन्त नै छ, जता हेर, उतै छताछुल्ल छ । हरेक दिन समाचारपत्रहरुमा पढन् पनि पाइन्छ । तर समाचार लेखन पनि एउटा विधा मात्र  हो । समाचार समस्या समाधानलाई प्राथमिकता दिई लेखिएको छ वा केही कारणवश समस्याबारे लेखिएको मात्रहो भन्ने विषय लेखनको अन्र्तबस्तु र प्रस्तुतिले  प्रष्ट पारिरहेको हुन्छ । समाचार लेखन समस्या समाधानका लागि सम्बद्ध पक्षहरुलाई उत्प्रेरित गर्न र जिम्मेवार बनाउनका लागि गरिएको हो वा फेरि निहीत स्वार्थपूत्र्तिका लागि घाउमाथि मलहम मात्र लगाउन लेखिएको हो, समाचारको गंभीर पाठकले बुझेको हुन्छ ।

कतिपय समाचारपत्रहरुमा वैदेशिक रोजगारको समस्या बारे दिनै पछि समाचार आउंछ  तर अंतमा सरकारी अधिकारी हरु को वक्तव्य छापिएको हन्छ।ु समाचारको लेखाईले भान हुन्छ कि समस्या गंभीर छ र सरकारी अधिकारी हरुले केहीन केही गरी राखेका छन र समस्या छिटै समाधान हुन्छ। तर फेरी केही दिन पश्चात् उही पुरानै कथा हरु दोहरिन्छ । सारा कथा र समस्या को उल्लेख गरी  समस्याका मूल कारण वैदेशिक रोजगारको अधिकारीहरु को कथन को उल्लेख गरी केही भई रहेको भान समाचारहरुले गराई राखेका हुन्छन। तर समस्या त्यहीं का त्यहीं रहन्छन, झन थपिदैं जान्छन र बल्झिदै जान्छन । समाचारहरु पनि समस्या समाधानका लागि समय किने जस्तो लाग्छ। यस लाई समस्या  लाई पर धकेल्नु पनि भन्न सकिन्छ। 


सरिता गिरी
२०६९।५।१७

Comments

Popular posts from this blog

सुगौली संधि और तराई के मूलबासिंदा

 सुगौली संधि और तराई के मूलबासिंदा सुगौली संधि फिर से चर्चा में है । वत्र्तमान प्रधानमंत्री ओली ने नेपाल के नये नक्शे के मुद्दे को फिर से उठाते हुए १८१६ की सुगौली संधि का एक बार फिर से जिक्र किया है ।  लेकिन इस बारे बोल  सिर्फ प्रधानमंत्री रहे है। इस संधि से सरोकार रखने वाले और भी हैं लेकिन सब मौन हैं । इतिहास की कोई भी बडी घटना बहुताेंं के सरोकार का विषय होता है लेकिन घटना के बाद इतिहास का लेखन जिस प्रकार से होता है, वह बहुत सारी बातों कोे ओझल में धकेल देता है और और बहुत सारे सरोकारं  धीरे धीरे विस्मृति के आवरण में आच्छादित हो जाते है । नेपाल के इतिहास में सुगौली संधि की घटना भी एक ऐसी ही घटना है ।  वत्र्तमान प्रधानमंत्री ओली सुगौली संधि का जिक्र तो कर रहे हैं लेकिन सरकार से यदि कोई संधि की प्रति मांगे तो जबाब मिलता है कि संधि का दस्तावेज  लापता है । संसद को भी सरकार की तरफ से यही जबाब दिया जाता है । यह एक अजीबोगरीब अवस्था है।  जिस संधि के आधार पर सरकार ने नेपाल का नया नक्शा संसद से पारित करा लिया है , उस सधि  के लापता होने की बात कहाँ तक सच है, ...

नेपाल में मधेशी दलों के एकीकरण का विषय

(अद्र्ध प्रजातंत्र के लिए संवैधानिक विकास को अवरुद्ध करने का दूसरा आसान तरीका दलो में अस्थिरता और टुट फुट बनाए रखना है । शासक वर्ग यह  बखूबी समझता है कि दलीय राजनीति में दलों को नियंत्रित रखने या आवश्यकता पडने पर  उनके माध्यम से राजनीतिक अस्थिरता का माहौल बनाए रखने के लिए राजनीतिक दल सम्बन्धी कानून और निर्वाचन आयोग जैसी संस्थाओं पर नियन्त्रण कितना आवश्यक हैं । आज देश में  राजनीतिक अस्थिरता का दोषी ं संसदीय पद्धति को  ठहराया जा रहा है । अस्थिरता खत्म करने के लिए राष्ट्रपतिय पद्धति को बहाल करने की बातें हो रहीं हैं लेकिन अस्थिरता के प्रमुख कारक तत्व राजनीतक दल एवं निर्वाचन आयोग सम्बन्धी कानून के तरफ कि का ध्यान नही जा रहा है। यह निश्चित है कि संसदीय पद्धति के स्थान पर राष्ट्रपतिय अथवा मिश्रित पद्धति की बहाली होने पर गणतांत्रिक नेपाल में एक तरफ फिर से अद्र्ध लोकतांत्रिक व्यवस्था की स्थापना होगी तो दूसरी तरफ दल एवं निर्वाचन सम्बन्धी हाल ही के कानूनों की निरन्तरता रहने पर राजनीतिक दलों में टूट फूट का क्रम भी जारी रहेगा । तब भी  मधेशवादी लगायत अन्य रा...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...