स्वतन्त्रता र समाजवाद Freedom and socialism भाग २ माक्र्स ले इतिहास को विभिन्न कालखंडको गहिरो अध्ययन गरी जीवन र जगत प्रति भौतिकवादी दृष्टिकोण राखी समाज विकासको बारेमा सैद्धान्तिक अवधारणाको विकास गरे । उनको अवधारणा इतिहास बाहेक दर्शन, समाजशास्त्र र अर्थशास्त्रको ज्ञानमा आधारित थियो । उनले विकसित गरेको सिद्धान्त (तजभयचथ) समाज विकास को क्रम लाई प्रमीटिभ समाजवाद , सामन्तवाद , पूंंजीवाद, समाजवाद र साम्यवाद जस्ता चरणहरुमा विभाजित गरिएको हो । प्रीमिटिभ समाजवाद प्राग इतिहासकालको अवस्था हो र यस अवस्थामा परिवार र नीजि सम्पत्तिको विकास भएको थिएन र मानिष सामुदायिक जीवन पद्धतिमा बाँच्न सिखी रहेका थिए । परिवार र नीजि सम्पत्तिको उदय हुनु भन्दा अघिको त्यस्तो जीवन पद्धतिलाई माक्र्सले उचष्mष्तष्खभ कयअष्बष्किm को संज्ञा दिए । यी सबै अवस्था को वर्गीकरण मूलतः ततकालीन अर्थव्यवस्थाको प्रकृतिको आधारमा गरिएकोे छ । यस चरण पछि राजा, चर्च र साम्राज्यहरुको उदय भएको इतिहास पाइन्छ । इंगलेैडमा १३वीं शताब्दीको प्रारम्भ देखि आम जनताको लामो आन्दोलन जसलाई बुर्जुवाजी...