Skip to main content

Freedom and socialism (स्वतन्त्रता र समाजवाद) part 2

 


स्वतन्त्रता र समाजवाद 

Freedom and socialism 

 भाग २


माक्र्स ले इतिहास को विभिन्न कालखंडको गहिरो अध्ययन गरी जीवन र जगत प्रति भौतिकवादी दृष्टिकोण राखी समाज विकासको बारेमा सैद्धान्तिक अवधारणाको विकास गरे । उनको अवधारणा इतिहास बाहेक दर्शन, समाजशास्त्र र अर्थशास्त्रको ज्ञानमा आधारित थियो । उनले विकसित गरेको सिद्धान्त (तजभयचथ) समाज विकास को क्रम लाई प्रमीटिभ समाजवाद , सामन्तवाद , पूंंजीवाद, समाजवाद र साम्यवाद जस्ता चरणहरुमा विभाजित गरिएको हो । प्रीमिटिभ समाजवाद प्राग इतिहासकालको अवस्था हो र यस अवस्थामा परिवार र नीजि सम्पत्तिको विकास भएको थिएन र मानिष  सामुदायिक जीवन पद्धतिमा बाँच्न सिखी रहेका थिए । परिवार र नीजि सम्पत्तिको उदय  हुनु भन्दा अघिको त्यस्तो जीवन पद्धतिलाई   माक्र्सले उचष्mष्तष्खभ कयअष्बष्किm को संज्ञा दिए । यी सबै अवस्था को वर्गीकरण मूलतः ततकालीन अर्थव्यवस्थाको प्रकृतिको आधारमा गरिएकोे छ । 

यस चरण पछि राजा, चर्च र साम्राज्यहरुको उदय भएको इतिहास पाइन्छ । इंगलेैडमा १३वीं शताब्दीको प्रारम्भ देखि आम जनताको लामो आन्दोलन जसलाई बुर्जुवाजी  आन्दोलन पनि भनिन्छ, को परिणाम स्वरुप सम्पत्तिमा र विशेषगरी भूमिमा नीजि हक सुरक्षित भयो । यो अवस्था सामंती युगको शुरुवात थियो ।  १८वीं र १९ वीं शताब्दी तिर सामन्तहरुले समुदायमा रहेको  वन जंगल र जमीन जस्ता सम्पत्ति माथि कब्जा गरी त्यसलाई तारबार र परखालबाट घेर्न थाले जसलेगर्दा यस आन्दोलनलनई एनक्लोजर मुभमेंट पनि भनिन्छ । 

१८ वीं शताब्दीको मध्य तिर इंगलैंडमा औद्दोगिक क्रांति पनि भयो र यस क्रांतिको जगमा वैज्ञानिक आविस्कारहरु थिए । यस कालमा तकनीकीको प्रयोगले उत्पादनमा  वृद्धि भए पछि बजार र पुंंजी को पनि वृद्धि हुन थाल्यो । उत्पादित समानले राम्रो बजार पाए पछि लाभको रुपमा  सरप्लस पुजीको निर्माण हुन थाल्यो ।  सरप्लस पुंजीको निर्माणक्रम शुरु भए पछि अन्य उद्दोग धन्धामा पनि लगानी को क्रम शुरु भयो ।  आद्दोगिकीकरण र सरप्लस पुंजीको समानान्तर विकासको कारण समाज सामंतवाद बाट पुंंजीवाद तिर अग्रसर भयो । पुंंजीवादी व्यवस्थामा  समाजमा गाउँ घरका मानिषहरु आफनो परिवेश र स्थान बाट विस्थापित भई शहर तिर लागे  र कल कारखानामा काम गर्न थाले । विस्थापनको एउटा कारण इंगलेंडमा सामन्त हरुको  भलअयिकगचभ mयखझभलत पनि थियो । यस आन्दोलनको सफलता पछि भूिममा सामन्तहरुको  आधिपत्य स्थापित भयो । माक्र्सका अनुसार शहरी क्षेत्रमा कल कारखानामा दैनिक जालादारी लिई काम गर्न गएका श्रमिकहरुको  श्रमको शोषणको क्रमको पनि प्रारम्भ भयो र ती श्रमिकहरुको शोषणले गर्दा नै सरप्लस पूंजीको निर्माण भयो । सरप्लस पूंजीको उपलब्धताको कारण  थप उद्दोग धन्दामा लगानी का लागि वातावरण बन्दै गयो । उत्पादित समानका लागि नया बजारको खोजीमा जब पुंजीपति हरु देशको सीमा भंदा बाहिर निस्के तब पुंंजीको वृद्धिका साथ पूंजीवादको विकासको क्रम प्रारम्भ भयो । पुंजीवाद संगै विश्वमा साम्राज्यवादको नया पनि शुरु भयो ।   पूंजीपति हरु आफ्नो  देश भित्र उत्पादित सामानको व्यापारका लागि र कच्चा पदार्थ र अन्य साधन श्रोतको  खोजीका लागि  देश भन्दा बाहिर निस्के र व्यापार विस्तारको  क्रममा कमजोर सैन्य क्षमता र कमजोर नेतृत्व भएका अन्य देश हरु लाई उपनिवेश बनाउंदै लगे । यस अध्यायलाई   पुंजीवादले ल्याएको साम्राज्यवादको नया युग  भनिन्छ । साम्राज्यवाद त पहिला पनि थियो तर प्रारम्भिक चरणमा राज्यको सीमा र प्रभाव क्षेत्रको विस्तार गरी सम्राट हरुले साम्राज्य बनाएका थिए तर त्यस बेलाका साम्राज्यहरु मुलतः सामंती व्यवस्थाको आधारमा नै टिकेका थिए । अलेक्जैंडर को साम्राज्य र रोमन राम्राज्य  सामंतवादमा आधारित साम्रज्य थिए ।      

समाज विकासमा क्रान्तिको भूमिका र त्यस्को राजनीतिक र आर्थिक प्रभाव बुझ्नका लागि माक्र्स इंगलैंड र फ्रांसमा भएका क्रांतिहरुको अध्ययनमा केन्द्रित भई र त्यस आधारमा समाजवाद र साम्यवाद का लागि हुने वा हुनु पर्ने परिवत्र्तनको बारेमा एउटा समाजशास्त्रीको रुपमा  भविष्यवाणी ( उचभमष्अत ) गरेका हुन । तसर्थ उनको सिद्धान्त लाई वैज्ञानिक समाजवाद को सिद्धान्त भनिन्छ । माक्र्सका अनुसार  वैत्रानिक समाजवाद पुंजीवाद पछिको चरण हो र यो साम्यवाद आउनु भन्दा अघिको संक्रमणकालीन अवस्थाहो । माक्र्स ले पुंजीवादी , समाजवादी र साम्यवादी तीनै अवस्थाको केही विशिष्ट लक्षणहरुको वर्णन गरेका हुन ।

पुंंजीवादी व्यवस्थाको बारेमा उनको  निश्कर्ष थियो, यस व्यवस्थामा मानिष लाई देखिने गरी राजनीतिक स्वतन्त्रता त हुन्छ  तर आर्थिक असमानताले गर्दा आफ्नो राजनीतिक स्वतन्त्रताको उपभोग गरी समान हुन सक्दैनन । नीजि सम्पत्तिको अधिकारको कारण र धेरै सम्पत्तिहरुवालाको राज सत्तामा नियन्त्रणका कारण मानिषहरु गरीब र धनी दुई वर्गमा विभाजित हुन्छन ।  आर्थिक रुपमा सबै मानिष समान हुंदैनन । समाज सम्पत्ति हुने   र नहुने   आधारमा दुई वटा वर्गमा विभाजित हुन्छ । सामन्तवादी व्यवस्था बाट  पुंजीबाद व्यवस्थामा जब कुनै समाजले पदार्पण गर्छ तब पुंजी र श्रमको संयाजन बाट  सरप्लस पुजी को निर्माण त हुन्छ तर र श्रमको शोषणमा आधारित पुंजीवादी व्यवस्थामा  असमानता बढ्छ र समाज  हुने (haves) र न हुने (haves not)  दुई वर्ग बीच विभाजित हुन्छ । यी दुई वर्ग बीचको निरन्तरको द्वन्द र संघर्षले गर्दा समाज पुंजीवाद बाट समाजवादी व्यवस्था तिर उन्मुख हुन्छ ।  

माक्र्सले भने अनुसार पुजीवाद पछि समाजवाद स्वाभाविक तवरले भखयगितष्यल को माध्यम बाट आउने निश्चित छ  । तर समाजवादको छिट्टो स्थापनाका लागि  क्रांति निर्माणको परिकल्पना माक्र्सले गरेका हुुन । माक्र्स फ्रांस  र इंगलैंडमा भएका क्रांतिहरु बाट  प्रभावित  थिए र त्यस्को आधारमा समाजवादी क्रांतिको अवधारणा विकसित गरेका थिए । सन् १८७१ को मार्च १८ देखि मई २८ सम्म फ्रांस को पेरिस मा २७ दिनका लागि स्थापित भएको पेरिसको स्थानीय जनताको सरकार जुन  पेरिस कम्युनको नामले इतिहासमा प्रसिद्ध भयो , लाई उनले समाजवादी सरकारको झिल्को को रुपमा लिएका थिए । माक्र्स अनुसार पुंजीपतिहरु सजिलै राज्यसत्तामाथिको आफ्नो नियन्त्रण त्याग गर्दैनन र उनीहरुको हाथमा सत्ता रहुन्जेल सम्पत्ति र साधन श्रोतमा सबैको समान पहुँच हुन्दैन । तसर्थ पुंजीपति वर्गलाई सत्ताबाट विस्थापित गर्नका लागि क्रांतिनै चाहिन्छ । का्रांति द्वारा स्थापित समाजवादी व्यवस्थामा राजसत्ता पुंजीपति हरुको नियन्त्रणमा न रही सर्वहारा श्रमिकवर्गको हाथमा  हुन्छ र यस कालमा श्रमिकको शोषणको अवस्थाको अन्त हुने छ र उत्पादन को श्रोतहरुमा श्रमिक वर्गको अधिकार र पहँुच स्थापित हुने छ । यस चरणमा नीजि सम्पत्तिको अन्त भयी सबै स्म्पत्ति राज्यको नियन्त्रणमा जाने छ । समाजवादी क्रांतिको अवधारणा माक्र्स ले फ्रांसमा भएको क्रांतिको निष्कर्षको आधारमा निकालेका थिए ।

माक्र्सले सम्पत्तिको असमान वितरणको अन्त भए पछि मानिषको चेतनाको स्तरमा पनि परिवत्र्तन हुन्छ । माक्र्सका अनुसार श्रमिक वा सर्वहारा वर्गको नियन्त्रणमा रहेको राज्य व्यवस्थामा मानिषको व्यक्तित्वको रुपान्तरणको प्रक्रिया प्रारम्भ हुन्छ र सबै मानिषमा  नया मानिष जन्मिन्छ । 

माक्र्स का अनुसार साम्यवादी व्यवस्थामा मात्र मानिष स्वतन्त्र हुन्छ र सबै स्वतन्त्र भए पछि मात्र सबै समान हुन्छन । साम्यवादी व्यवस्थामा राज्य विलीन भई सकेको हुन्छ , कोई शासक र शासित हुन्दैन र त्यस चरणमा राजनीति को आवश्यकता हुन्दै न । यी सिद्धान्तहरु मूलतः आर्थिक परिवत्र्तन भयी  हुने राजनीतिक बारेका सिद्धान्त वा  दर्शन हुन ।

माक्र्स भन्दा पहिला पनि आधुनिक समाजवादी चिंतकहरु थिए । संत साइमन, चाल्र्स फोरियर, राबर्ट ओवन र उनी हरु भन्दा पनि अघि प्लेटो र थामस मोरको नाममा आउंछ । वहाँ हरुले आफ्नो चिंतन र लेखनमा आ आफ्नो माडल प्रस्तुत गर्र्नु भएको छ । तर माक्र्सले इतिहास र दर्शनको गहिरो अध्ययन गरी dialectical materialism  विधि प्रयोग गरी वैज्ञानिक समाजवादको सिद्धान्तको निर्माण गरेका हुन । dialectical  विधिको शुरुवात प्रारम्भिक ग्रीक दर्शनमा पाइन्छ तर भौतिकवादवाद संग dialectical विधिको संयोजन समाज अध्ययनका लागि माक्र्सको दर्शनको देन हो । 

सरिता गिरी 

August 4, 2022

Shrawan 19, 2079


Comments

Popular posts from this blog

सुगौली संधि और तराई के मूलबासिंदा

 सुगौली संधि और तराई के मूलबासिंदा सुगौली संधि फिर से चर्चा में है । वत्र्तमान प्रधानमंत्री ओली ने नेपाल के नये नक्शे के मुद्दे को फिर से उठाते हुए १८१६ की सुगौली संधि का एक बार फिर से जिक्र किया है ।  लेकिन इस बारे बोल  सिर्फ प्रधानमंत्री रहे है। इस संधि से सरोकार रखने वाले और भी हैं लेकिन सब मौन हैं । इतिहास की कोई भी बडी घटना बहुताेंं के सरोकार का विषय होता है लेकिन घटना के बाद इतिहास का लेखन जिस प्रकार से होता है, वह बहुत सारी बातों कोे ओझल में धकेल देता है और और बहुत सारे सरोकारं  धीरे धीरे विस्मृति के आवरण में आच्छादित हो जाते है । नेपाल के इतिहास में सुगौली संधि की घटना भी एक ऐसी ही घटना है ।  वत्र्तमान प्रधानमंत्री ओली सुगौली संधि का जिक्र तो कर रहे हैं लेकिन सरकार से यदि कोई संधि की प्रति मांगे तो जबाब मिलता है कि संधि का दस्तावेज  लापता है । संसद को भी सरकार की तरफ से यही जबाब दिया जाता है । यह एक अजीबोगरीब अवस्था है।  जिस संधि के आधार पर सरकार ने नेपाल का नया नक्शा संसद से पारित करा लिया है , उस सधि  के लापता होने की बात कहाँ तक सच है, ...

नेपाल में मधेशी दलों के एकीकरण का विषय

(अद्र्ध प्रजातंत्र के लिए संवैधानिक विकास को अवरुद्ध करने का दूसरा आसान तरीका दलो में अस्थिरता और टुट फुट बनाए रखना है । शासक वर्ग यह  बखूबी समझता है कि दलीय राजनीति में दलों को नियंत्रित रखने या आवश्यकता पडने पर  उनके माध्यम से राजनीतिक अस्थिरता का माहौल बनाए रखने के लिए राजनीतिक दल सम्बन्धी कानून और निर्वाचन आयोग जैसी संस्थाओं पर नियन्त्रण कितना आवश्यक हैं । आज देश में  राजनीतिक अस्थिरता का दोषी ं संसदीय पद्धति को  ठहराया जा रहा है । अस्थिरता खत्म करने के लिए राष्ट्रपतिय पद्धति को बहाल करने की बातें हो रहीं हैं लेकिन अस्थिरता के प्रमुख कारक तत्व राजनीतक दल एवं निर्वाचन आयोग सम्बन्धी कानून के तरफ कि का ध्यान नही जा रहा है। यह निश्चित है कि संसदीय पद्धति के स्थान पर राष्ट्रपतिय अथवा मिश्रित पद्धति की बहाली होने पर गणतांत्रिक नेपाल में एक तरफ फिर से अद्र्ध लोकतांत्रिक व्यवस्था की स्थापना होगी तो दूसरी तरफ दल एवं निर्वाचन सम्बन्धी हाल ही के कानूनों की निरन्तरता रहने पर राजनीतिक दलों में टूट फूट का क्रम भी जारी रहेगा । तब भी  मधेशवादी लगायत अन्य रा...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...