Skip to main content

संघीयता , मधेश , समाजवाद र प्रदीप जी-2

 संघीयता , मधेश , समाजवाद र प्रदीप जी

2 मधेशी बाहुल्य बस्तीपुर र गोविन्दपुर गाउँ
गिरी र बराल हरुको बसोबास भएको गाउँ बस्तीपुर, गोविन्दपुर र आजको लहान नगरपालिका मधेशी बाहुल्य गाउँ र नगर हुन । कुलदीप गिरी जीका संतान हरु पछि जनकपुर मा गएर बसे , डीठा साहेब को परिवारको रुपमा चिन्हिए का रहेछन ।।लहान बजार बसाउने काम वहाँ हरुले गर्नु भएको थियो । राजमार्गको उत्तर पट्टीमा लहान बजार बसाउंदा त्यहाँ को चौधरी समुदाय विरोध गर्थिए । गिरी हरु मधेशी र मारवाडीहरुको साथ लिई बजार बनाउने र चौधरी हरु बजार भत्काउने । तर बिस्तारै त्यो द्वन्द व्यवस्थित भयो र आज लहान नगरपालिका भएको छ र त्यसमा बस्तीपुर र गोविन्दपुर गाउँ पनि समावेश भएको छ । त्यसबेला का प्रभावशाली गिरी हरु राणा नजीक थिए तर बस्तीपुर मा फर्क किसिमको राजनीतिक संस्कारको विकासक्रम शुरु भयो । गिरीहरु बीचमा पनि अन्र्तद्वन्द थियो । जनकपुरका गिरीहरु राणा नजीक थिए भने बस्तीपुर का गिरीहरुमा प्रजातांत्रिक संस्कारको विकास राणाकालमानै शुरु भयो । गिरी परिवारमा प्रजातन्त्रिक संस्कारको प्रथम प्रणेता स्वर्गीय रुद्र प्रसाद गिरी हुनु हुन्थियो । जब भारतमा स्वतन्त्रता आन्दोलनको क्रममा १९४२मा भारत छोडो आन्दोलन शुरु भएको थियो तब स्वर्गीय रुद्रप्रसादगिरी जी कलकत्तामा पढदै हुनु हुन्थियो र वहाँ त्यस आन्दोलनमा होमिनु भयो । वहाँ गिरफ्तार भएको समाचार आए पछि बाबा मित्रलाल गिरी कलकत्ता जानु भएको थियो र त्यहाँ जेल भित्र अनशनमा बसेका रुद्र प्रसाद गिरी लाई नाक मा पाइप हाली अंग्रेज हरुले खुवाएको हेर्दा वहाँ विचलीत हुनु भयो र बस्तीपुर फर्की कांग्रेसको झंडा बस्तीपुरमा गाडनु भयो । कांग्रेसको झंडा मुनि बस्तीपुर र वरीपरीको क्षेत्रको रक्षा राणा शासन बाट गर्दै वहाँ अगाडी बढनु भयो । कांग्रेसको सशस्त्र संघर्षको दौरान बस्तपिुरको घरमा बसी किशुन जीले उदयपुरको दरबारमा आक्रमणको योजना बनाउनु भएको थियो र उक्त घर बाटनै किशुन जी र रुद्रप्रसाद गिरी जी लगायतका कांग्रेसका नेताहरु आक्रमणका लागि प्रस्थान गर्नु भएको थियो । पछि मित्रलाल गिरी सिरहा, सप्तरी र उदयपुर को जिल्ला सभापति हुनु भएको थियो ।त्यस बेला आजका तीन वटै जिल्ला एउटा जिल्ला थियो ।त्यस भन्दा अघि वहाँ कांग्रेसको केन्द्रिय सदस्य पनि हुनु भएको थियो । बाबा मित्रलाल गिरी चार दाजु भाई हुनु हुन्थियो र कम बोलने गम्भीर व्यक्तित्वका मित्रलाल गिरी लाई सबै दाजु भाई अत्वन्त माया र आदर गर्नु हुन्थियो । सबैले उनलाई ठुलेबाबु भन्थे । आफनो आमा संग गाउँमा बस्ने भएकोले वहाँ आमाको पनि अत्यन्त प्रिय छोरा हुनु हुन्थियो । दुई भाई मित्रलाल गिरी र भगवान गिरी गाउँ मा बस्नु हुन्थ्यिो । आमा पनि अन्याय सह्न न सक्ने विद्रोही स्वभावको हुनु हुन्थियो । हाथमा हँसुवा लिई दिन भरी घुम्नु हुन्थियो र खेत र अन्नको उपजको विवाद मा रीसमा हँसियाले अन्नको भखारी समेत फोडी दिनु हुन्थियो । वहाँ को पति कुबेर गिरीको कम उमेरमा निधन भएको थियो र वहाँले नै बच्चा हरुको पालन पोषण गर्नु भएको थियो ।
कुलदीप गिरीकै समयमा बस्तीपुर स्कुलको स्थापना भएको हो । बाबा आफु त्यतीको उच्च शिक्षा हासिल न गरे पनि दूई जना भाई रुद्र प्रसाद गिरी र डा जय नारायण गिरी लाई उच्च शिक्षका लागि भारत पठाउनु भयो । वहाँ ले छोरा छोरी मा पनि फर्क गर्नु भएको थिएन । छोरा हरु का साथ साथै छोरीहरु लाइृ समेत बनारस पढन पठाउनु भयो ।
बाबा मित्रलाल गिरी बिहान उठ्नु हुन्थियो र चिया खाई संगमा मैनेजर बैदार काका वा अन्य लाई खेत घुम्न जानु हुन्थियो । घुमेर आए पछि स्नान गरी भांसामा बसी ब्राम्हणी बजैले पकाएको भात खानु हुन्थियो अनि सुत्नु हुन्थियो । घर बाहिर कचहरी घर बनाउनु भएको थियो र मैले देखेको चारै तिरका मानिष हरु वहाँ लाई भेंटेन आई राख्थिए । दशै वा अन्य चाडबाडको समयमा समेत मानिषहरु कोशेली बोकी आउंथिए । घरमा अशक्त र विधुवा महिलाहरु लाई शरण वहाँले दिनु हुन्थियो । वहाँ को व्यक्तित्व अचम्म को थियो । आफ्नो बुवाका देहान्त पछि परिवारको जिम्मा वहन गर्दै संघर्ष ले खारिएको अत्यन्त प्रभावशाली व्यक्तित्वका धनी हुनु हुन्थियो बाबा मित्रलाल गिरी । लक्ष्मण गिरी संग मेरो विवाह बाबा मित्र लाल गिरी र मेरो बुवा विजय बहादुर गिरी ले मिली तय गर्नु भएको थियो र दुबै जना एक अर्का लाई मनैमन अत्यन्त सम्मान गर्थिए ।
क्रमशः

Comments

Popular posts from this blog

सुगौली संधि और तराई के मूलबासिंदा

 सुगौली संधि और तराई के मूलबासिंदा सुगौली संधि फिर से चर्चा में है । वत्र्तमान प्रधानमंत्री ओली ने नेपाल के नये नक्शे के मुद्दे को फिर से उठाते हुए १८१६ की सुगौली संधि का एक बार फिर से जिक्र किया है ।  लेकिन इस बारे बोल  सिर्फ प्रधानमंत्री रहे है। इस संधि से सरोकार रखने वाले और भी हैं लेकिन सब मौन हैं । इतिहास की कोई भी बडी घटना बहुताेंं के सरोकार का विषय होता है लेकिन घटना के बाद इतिहास का लेखन जिस प्रकार से होता है, वह बहुत सारी बातों कोे ओझल में धकेल देता है और और बहुत सारे सरोकारं  धीरे धीरे विस्मृति के आवरण में आच्छादित हो जाते है । नेपाल के इतिहास में सुगौली संधि की घटना भी एक ऐसी ही घटना है ।  वत्र्तमान प्रधानमंत्री ओली सुगौली संधि का जिक्र तो कर रहे हैं लेकिन सरकार से यदि कोई संधि की प्रति मांगे तो जबाब मिलता है कि संधि का दस्तावेज  लापता है । संसद को भी सरकार की तरफ से यही जबाब दिया जाता है । यह एक अजीबोगरीब अवस्था है।  जिस संधि के आधार पर सरकार ने नेपाल का नया नक्शा संसद से पारित करा लिया है , उस सधि  के लापता होने की बात कहाँ तक सच है, ...

क्या स्थानीय तह स्वायत्त हैं

                                                                                                                                     भाग २  स्थानीय तह की स्वायत्तता के बारे में लेख के दूसरे भाग की शुरुवात उन्हीं प्रश्नों के साथ कर रही हूँ जिन प्रश्नों के साथ पहले भाग का अन्त किया था । वे प्रश्न हैं , क्या स्थानीय तह स्थानीय जनता प्रति उत्तरदायी है और क्या स्थानीय तह जनता के नियन्त्रण में है और  क्या स्थानीय तह स्वायत्त हैं और अगर ऐसा है तो उसका मापन कैसे किया जा सकता है ? स्वायत्तता का अर्थ होता है कानून की परिधि के अन्दर अपने निर्णय लेने की स्वतंत्रता।  कानून के शासन की शुरुवात सविधान  से होती है । संघीय संविधान वह पहली  संरचना है ज...

नेपाल में मधेशी दलों के एकीकरण का विषय

(अद्र्ध प्रजातंत्र के लिए संवैधानिक विकास को अवरुद्ध करने का दूसरा आसान तरीका दलो में अस्थिरता और टुट फुट बनाए रखना है । शासक वर्ग यह  बखूबी समझता है कि दलीय राजनीति में दलों को नियंत्रित रखने या आवश्यकता पडने पर  उनके माध्यम से राजनीतिक अस्थिरता का माहौल बनाए रखने के लिए राजनीतिक दल सम्बन्धी कानून और निर्वाचन आयोग जैसी संस्थाओं पर नियन्त्रण कितना आवश्यक हैं । आज देश में  राजनीतिक अस्थिरता का दोषी ं संसदीय पद्धति को  ठहराया जा रहा है । अस्थिरता खत्म करने के लिए राष्ट्रपतिय पद्धति को बहाल करने की बातें हो रहीं हैं लेकिन अस्थिरता के प्रमुख कारक तत्व राजनीतक दल एवं निर्वाचन आयोग सम्बन्धी कानून के तरफ कि का ध्यान नही जा रहा है। यह निश्चित है कि संसदीय पद्धति के स्थान पर राष्ट्रपतिय अथवा मिश्रित पद्धति की बहाली होने पर गणतांत्रिक नेपाल में एक तरफ फिर से अद्र्ध लोकतांत्रिक व्यवस्था की स्थापना होगी तो दूसरी तरफ दल एवं निर्वाचन सम्बन्धी हाल ही के कानूनों की निरन्तरता रहने पर राजनीतिक दलों में टूट फूट का क्रम भी जारी रहेगा । तब भी  मधेशवादी लगायत अन्य रा...