Skip to main content

संघीयता , मधेश , समाजवाद र प्रदीप जी-2

 संघीयता , मधेश , समाजवाद र प्रदीप जी

2 मधेशी बाहुल्य बस्तीपुर र गोविन्दपुर गाउँ
गिरी र बराल हरुको बसोबास भएको गाउँ बस्तीपुर, गोविन्दपुर र आजको लहान नगरपालिका मधेशी बाहुल्य गाउँ र नगर हुन । कुलदीप गिरी जीका संतान हरु पछि जनकपुर मा गएर बसे , डीठा साहेब को परिवारको रुपमा चिन्हिए का रहेछन ।।लहान बजार बसाउने काम वहाँ हरुले गर्नु भएको थियो । राजमार्गको उत्तर पट्टीमा लहान बजार बसाउंदा त्यहाँ को चौधरी समुदाय विरोध गर्थिए । गिरी हरु मधेशी र मारवाडीहरुको साथ लिई बजार बनाउने र चौधरी हरु बजार भत्काउने । तर बिस्तारै त्यो द्वन्द व्यवस्थित भयो र आज लहान नगरपालिका भएको छ र त्यसमा बस्तीपुर र गोविन्दपुर गाउँ पनि समावेश भएको छ । त्यसबेला का प्रभावशाली गिरी हरु राणा नजीक थिए तर बस्तीपुर मा फर्क किसिमको राजनीतिक संस्कारको विकासक्रम शुरु भयो । गिरीहरु बीचमा पनि अन्र्तद्वन्द थियो । जनकपुरका गिरीहरु राणा नजीक थिए भने बस्तीपुर का गिरीहरुमा प्रजातांत्रिक संस्कारको विकास राणाकालमानै शुरु भयो । गिरी परिवारमा प्रजातन्त्रिक संस्कारको प्रथम प्रणेता स्वर्गीय रुद्र प्रसाद गिरी हुनु हुन्थियो । जब भारतमा स्वतन्त्रता आन्दोलनको क्रममा १९४२मा भारत छोडो आन्दोलन शुरु भएको थियो तब स्वर्गीय रुद्रप्रसादगिरी जी कलकत्तामा पढदै हुनु हुन्थियो र वहाँ त्यस आन्दोलनमा होमिनु भयो । वहाँ गिरफ्तार भएको समाचार आए पछि बाबा मित्रलाल गिरी कलकत्ता जानु भएको थियो र त्यहाँ जेल भित्र अनशनमा बसेका रुद्र प्रसाद गिरी लाई नाक मा पाइप हाली अंग्रेज हरुले खुवाएको हेर्दा वहाँ विचलीत हुनु भयो र बस्तीपुर फर्की कांग्रेसको झंडा बस्तीपुरमा गाडनु भयो । कांग्रेसको झंडा मुनि बस्तीपुर र वरीपरीको क्षेत्रको रक्षा राणा शासन बाट गर्दै वहाँ अगाडी बढनु भयो । कांग्रेसको सशस्त्र संघर्षको दौरान बस्तपिुरको घरमा बसी किशुन जीले उदयपुरको दरबारमा आक्रमणको योजना बनाउनु भएको थियो र उक्त घर बाटनै किशुन जी र रुद्रप्रसाद गिरी जी लगायतका कांग्रेसका नेताहरु आक्रमणका लागि प्रस्थान गर्नु भएको थियो । पछि मित्रलाल गिरी सिरहा, सप्तरी र उदयपुर को जिल्ला सभापति हुनु भएको थियो ।त्यस बेला आजका तीन वटै जिल्ला एउटा जिल्ला थियो ।त्यस भन्दा अघि वहाँ कांग्रेसको केन्द्रिय सदस्य पनि हुनु भएको थियो । बाबा मित्रलाल गिरी चार दाजु भाई हुनु हुन्थियो र कम बोलने गम्भीर व्यक्तित्वका मित्रलाल गिरी लाई सबै दाजु भाई अत्वन्त माया र आदर गर्नु हुन्थियो । सबैले उनलाई ठुलेबाबु भन्थे । आफनो आमा संग गाउँमा बस्ने भएकोले वहाँ आमाको पनि अत्यन्त प्रिय छोरा हुनु हुन्थियो । दुई भाई मित्रलाल गिरी र भगवान गिरी गाउँ मा बस्नु हुन्थ्यिो । आमा पनि अन्याय सह्न न सक्ने विद्रोही स्वभावको हुनु हुन्थियो । हाथमा हँसुवा लिई दिन भरी घुम्नु हुन्थियो र खेत र अन्नको उपजको विवाद मा रीसमा हँसियाले अन्नको भखारी समेत फोडी दिनु हुन्थियो । वहाँ को पति कुबेर गिरीको कम उमेरमा निधन भएको थियो र वहाँले नै बच्चा हरुको पालन पोषण गर्नु भएको थियो ।
कुलदीप गिरीकै समयमा बस्तीपुर स्कुलको स्थापना भएको हो । बाबा आफु त्यतीको उच्च शिक्षा हासिल न गरे पनि दूई जना भाई रुद्र प्रसाद गिरी र डा जय नारायण गिरी लाई उच्च शिक्षका लागि भारत पठाउनु भयो । वहाँ ले छोरा छोरी मा पनि फर्क गर्नु भएको थिएन । छोरा हरु का साथ साथै छोरीहरु लाइृ समेत बनारस पढन पठाउनु भयो ।
बाबा मित्रलाल गिरी बिहान उठ्नु हुन्थियो र चिया खाई संगमा मैनेजर बैदार काका वा अन्य लाई खेत घुम्न जानु हुन्थियो । घुमेर आए पछि स्नान गरी भांसामा बसी ब्राम्हणी बजैले पकाएको भात खानु हुन्थियो अनि सुत्नु हुन्थियो । घर बाहिर कचहरी घर बनाउनु भएको थियो र मैले देखेको चारै तिरका मानिष हरु वहाँ लाई भेंटेन आई राख्थिए । दशै वा अन्य चाडबाडको समयमा समेत मानिषहरु कोशेली बोकी आउंथिए । घरमा अशक्त र विधुवा महिलाहरु लाई शरण वहाँले दिनु हुन्थियो । वहाँ को व्यक्तित्व अचम्म को थियो । आफ्नो बुवाका देहान्त पछि परिवारको जिम्मा वहन गर्दै संघर्ष ले खारिएको अत्यन्त प्रभावशाली व्यक्तित्वका धनी हुनु हुन्थियो बाबा मित्रलाल गिरी । लक्ष्मण गिरी संग मेरो विवाह बाबा मित्र लाल गिरी र मेरो बुवा विजय बहादुर गिरी ले मिली तय गर्नु भएको थियो र दुबै जना एक अर्का लाई मनैमन अत्यन्त सम्मान गर्थिए ।
क्रमशः

Comments

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...