Skip to main content

Freedom and Socialism (स्वतन्त्रता र समाजवाद ) भाग ३

                                                      Freedom and Socialism

स्वतन्त्रता र समाजवाद 

भाग ३

दई पक्ष बीच संवाद Dialogue or Conversation गरी कुनै विषयको बारेमा  सत्य  बुझनका लागि सुकरात,प्लैटो र अरस्तु ले सर्वप्रथम dialectical विधिको प्रयोग गरेका थिए । ज्ञान को विकास को प्रथम चरणमा  Idea , Reason, Soul . God, Good जस्ता न देखिने अभौतिक तत्व हरुको अध्ययनमा दार्शनिक हरुको ध्यान केन्द्रित थियो । साथ साथै ज्योमेट्री र एस्ट्रानामी को अध्ययनको विधामा  पनि प्रगति भई रहेको थियो तर यस विधाका विषयहरु बस्तुगत  थिए । दर्शनशास्त्रको क्षेत्रमा Reason को प्रयोग गरी logic को  विकास प्लैटो को शिष्य र गी्रक दार्शनिक अरस्तु को पालामा व्यवस्थित भयो ।  पछि हेगल आए र उनले idea अथवा  concept को बारेमा आफ्नो दर्शन को विकास गरे । हेगेलका अनुसार कुनै पनि concept हाम्रो इन्द्रियले सीधे ग्रहण गर्दै नन । ती concept हरुको pure form पहिला देखिनै विद्दमान हुन्छ र त्यो pure form जब वास्तविकता मा देखिन्छ तब हामी हरु आफ्नो इन्द्रिय मार्फत ती concept हरुलाई ग्रहण गर्न सक्छौं । अर्थात उनले र concept माथि  idea को concept लाई  राखै । हेगलका अनुसार  Reality has a conceptual structure। हेगलले आफ्नो दर्शनको विकासका लागि अपनाएको विधि dialectical व्याख्यात्मक विधि हो । यस विधि अन्तर्गत कुनै अवधारणा र त्यस्को विपरीत अवधारणा बीच रहेको अन्तर्विरोध को समाधान  दुबै अवधारणाको संयोजन बाट निस्कने परिणाम बाट निस्कन्छ र त्यस परिणम लाई उन्ले synthesis को रुप दिए । synthesis को तह वा स्तर दुबै अवधारण भन्दा माथि हन्छ र हेगल अनुसार प्रत्येक synthesis  absolute truth को दिशामा प्रगतिको एक कदम हुन्छ ।   

हेगलको राजनीतिक र सामाजिक चिंतनको केन्द्रमा freedom, reason, self consciousness  / recognition जस्ता अवधारणा (abstract concept) रहे छन ।  उनको मुख्य कृति मध्ये  philosophy of rights  / phenomenology of spirit -or mind_ रहे छन । सम्पत्तिको अधिकार ( Property rights) लाई हेगलले person  को  इच्छाशक्ति र person  को  Right  / freedom     को आधारको रुपमा रुपमा परिभाषित गरेका छन । 

माक्र्सले हेगेलको विधि लाई प्रयोग गरे तर उनले आफनो विधिमा matter लाई  idea   भन्दा माथि राखे । उनको अनुसार इन्द्रियहरुे बस्तु लाई ग्रहण गर्छन अनि क्ष्मभब को उत्पत्ति हुन्छ । प्राकृतिक विज्ञान जस्तै  समाज विकास को अध्ययनका लागि  वैज्ञानिक विधि को आवश्यकता माक्र्सले महसूस गरेका थिए । समाजमा हुने  द्वन्द र द्वन्द पछिको विकसित नया अवस्थामानै समाज विकासका विभिन्न चरण हुन्छन, माक्र्स निश्कर्ष थियो ।  उनको  अनुसार  द्वन्दको केन्द्रमा thesis  र antithesis दुई वटा पक्ष हुन्छन र एक चरणमा दुबै पक्षबीचको द्वन्द पुगे पछि द्वन्दरत पक्ष बीच synthesis हुन्छ र उक्त synthesis मा दुबै पक्षका केही तत्व समाहित हुन्छन र द्वन्द को रुपान्तरण भई केही नया जन्मिन्छ र त्यस्को दिशा पहिला भन्दा परिस्कृत भौतिक वा बस्तुगत विकास नै हुन्छ ।  साम्यवाद माक्र्सले समाज विकास अध्ययनको यस विधि लाई dialectical materialism को संज्ञा दिएका थिए । माक्र्स को बारेमा भनिन्छ कि उनले हेगल लाई उल्टायी टाउकोमा खडा गरायी दिए । माक्र्सवाद, समाज वाद र उदारवाद लाई सामान्य रुपमा बुझनका लागि माक्र्स र हेगलको बारेमा यतिको सामान्य जानकारी उपयुक्त हुन्छ जस्तो लाग्छ । 

माक्र्स र हेगल को बीचको भिन्नता सरल ढंगले यसरी बुझ्न सकिन्छ ः 

हेगलका अनुसार पहिला idea  वा  विचार आउंछ र उक्त idea  वा विचार पहिला देखिनै Pure form

 मा  ideas को abstract  realm मा रहन्छ र त्यस्को अभिव्यक्ति जब धरतीमा भौतिक घटनाको रुपमा हुन्छ अनि मानिष ले आफ्नो इन्द्रिय र तार्किक शक्ति  द्वारा मस्तिष्क मा ग्रहण गर्छ अर्थात् पहिला घटना घट्छ अनि त्यस पछि मानिष ले त्यस लाई बुझ्छ । तर माक्र्सका अनुसार विचार वा Idea ष्मभब को जन्म भोतिक सत्यबाट शुरु हुन्छ अर्थात् पअिला घटना घट्छ अनि मानिषको मस्तिक्ष्क ले आफनो अनुभवको आधारमा त्यस लाई ग्रहण गर्छ । 

माक्र्सले समाज विकासको क्रम लाई आर्थिक रुपान्तरण र त्यस्को आधारमा भएको सामाजिक र राजनीतिक रुपान्तरणको आधारमा चार चरणमा बाँटेका ह’न । प्राग ऐतिहासिक समाजवाद, सामंतवाद, पुंजीवाद, समाजवाद र साम्यवाद । माक्र्स र उनका सहकर्मी एंजेल्सले ले कम्युनिष्ट मैनिफेस्टो लेखे जसलाई समाजवादी क्रान्तिको  राजनीतिक  घोषणा पत्रको रुपमा लिइन्छ  । समाजवादी क्रांति गरी सर्वहारा वर्गको  तानाशाही सरकार dictatorship of the proletariat को स्थापना गरी  साम्यवाद तिर अग्रसर हुने माक्र्स ले कोरेको मार्गचित्र communist manifesto मा रहेको छ । समाजवाद मा स्थापित हुने सर्वहारा वर्गको सत्ताको  नामले नै थाहा हुन्छ समाजवादी  व्यवस्थामा स्वतन्त्रता  (freedom or liberty) को स्थान हुंंदैन । अर्थात् उदारवादी व्यवस्थाको विकल्पमा प्रस्तुत भएको समाजवादी दर्शन ले स्वतन्त्रता लाई मानिष को नैसर्गिक अधिकारको रुपमा स्वीकार गर्दैन । भौतिकवादमा आधारित समाजवादले मानिष लाई उसको  भौतिक परिवेश को परिणाम वा उपज को रुपमा स्वीकार गर्छ । समाजवादी सिद्धान्त अनुसार दास हरु दास मानसिकता का हुन्छन र मालिकहरु मलिक मानसिकताका हुन्छन किन भने उनीहरुको मानसिकता आर्थिक र सामाजिक धरातल र परिवेशले निर्माण गरेको हुन्छ । अर्थात् मानिषको चेतनाको स्तर उसको भौतिक परिवेशको परिणाम हुन्छ ।

 तर माक्र्स को भौतिकवादी दर्शन ले यस प्रश्नको उत्तर दिन सकेको छैन कि पूंजीवादी व्यवस्थामा बाँची रहेका श्रमिक वर्ग को चेतना पूंजीवादी व्यवस्थाले नै निर्माण गरेको भएता पनि  उक्त व्यवस्था विरुद्ध विदोह र क्रांति गर्ने चेतना अकस्मात श्रमिक वर्गमा कता बाट आउंछ । 

सरिता गिरी

६ अगस्त, २०२२

श्रावण २१, २०७९

क्रमशः


Comments

Popular posts from this blog

सुगौली संधि और तराई के मूलबासिंदा

 सुगौली संधि और तराई के मूलबासिंदा सुगौली संधि फिर से चर्चा में है । वत्र्तमान प्रधानमंत्री ओली ने नेपाल के नये नक्शे के मुद्दे को फिर से उठाते हुए १८१६ की सुगौली संधि का एक बार फिर से जिक्र किया है ।  लेकिन इस बारे बोल  सिर्फ प्रधानमंत्री रहे है। इस संधि से सरोकार रखने वाले और भी हैं लेकिन सब मौन हैं । इतिहास की कोई भी बडी घटना बहुताेंं के सरोकार का विषय होता है लेकिन घटना के बाद इतिहास का लेखन जिस प्रकार से होता है, वह बहुत सारी बातों कोे ओझल में धकेल देता है और और बहुत सारे सरोकारं  धीरे धीरे विस्मृति के आवरण में आच्छादित हो जाते है । नेपाल के इतिहास में सुगौली संधि की घटना भी एक ऐसी ही घटना है ।  वत्र्तमान प्रधानमंत्री ओली सुगौली संधि का जिक्र तो कर रहे हैं लेकिन सरकार से यदि कोई संधि की प्रति मांगे तो जबाब मिलता है कि संधि का दस्तावेज  लापता है । संसद को भी सरकार की तरफ से यही जबाब दिया जाता है । यह एक अजीबोगरीब अवस्था है।  जिस संधि के आधार पर सरकार ने नेपाल का नया नक्शा संसद से पारित करा लिया है , उस सधि  के लापता होने की बात कहाँ तक सच है, ...

नेपाल में मधेशी दलों के एकीकरण का विषय

(अद्र्ध प्रजातंत्र के लिए संवैधानिक विकास को अवरुद्ध करने का दूसरा आसान तरीका दलो में अस्थिरता और टुट फुट बनाए रखना है । शासक वर्ग यह  बखूबी समझता है कि दलीय राजनीति में दलों को नियंत्रित रखने या आवश्यकता पडने पर  उनके माध्यम से राजनीतिक अस्थिरता का माहौल बनाए रखने के लिए राजनीतिक दल सम्बन्धी कानून और निर्वाचन आयोग जैसी संस्थाओं पर नियन्त्रण कितना आवश्यक हैं । आज देश में  राजनीतिक अस्थिरता का दोषी ं संसदीय पद्धति को  ठहराया जा रहा है । अस्थिरता खत्म करने के लिए राष्ट्रपतिय पद्धति को बहाल करने की बातें हो रहीं हैं लेकिन अस्थिरता के प्रमुख कारक तत्व राजनीतक दल एवं निर्वाचन आयोग सम्बन्धी कानून के तरफ कि का ध्यान नही जा रहा है। यह निश्चित है कि संसदीय पद्धति के स्थान पर राष्ट्रपतिय अथवा मिश्रित पद्धति की बहाली होने पर गणतांत्रिक नेपाल में एक तरफ फिर से अद्र्ध लोकतांत्रिक व्यवस्था की स्थापना होगी तो दूसरी तरफ दल एवं निर्वाचन सम्बन्धी हाल ही के कानूनों की निरन्तरता रहने पर राजनीतिक दलों में टूट फूट का क्रम भी जारी रहेगा । तब भी  मधेशवादी लगायत अन्य रा...

Is the Labor Minister Belbase the only Guilty Person?

Is Former Minister Belbase the Only Guilty Person ? The Minister for Labor and Employment Mr Kumar Belbase has tendered  his resignation in the wake of news made public of him asking for bribe money for himself and the secretary for getting new manpower companies registered.  In March this year, I was asked to resign by the PM because, as he told me, he was under tremendous pressure over the issue of  my decision to transfer the DG Purna Chandra  Bhattarai of Foreign Employment Department to the Ministry  of Labour and Transport Management. I declined to resign because  it was under my jurisdiction to transfer the DG to the ministry for 3 months. I had replied to him that  I had transferred the DG  to pursue PM's  agenda of good governance. I had earlier briefed him  that  the DG was resisting reform initiatives and I had found his role in promoting and covering human trafficking. Three days ago, I had handed over some ...