Skip to main content

संघीयता , मधेश , समाजवाद र प्रदीप जी

 संघीयता , मधेश , समाजवाद र प्रदीप जी

1.पहिचानको यथार्थता र त्यस संग जोडिएको द्वन्द  

मधेशको उत्थानका लागि सद्भावना को आन्दोलन लाई मूत्र्तरुपमा अगाडी बढाउनमा स्वर्गीय प्रदीप गिरी को महत्वपूणर््ा भूमिका रहेको थियो । वहाँ मलाई पटक पटक भन्नु भएको थियो कि निर्वासन मा गजेन्द्र नारायण सिंह दरभंगामा एउटा कोठा लिएर  बस्दा मधेशको र मधेशी को दोस्त्रो दर्जाको नागरिक भएको अवस्था बारे चिंतित रही  कुरा गर्दा वहाँ ले मात्र कुरा नगरी ठोस रुपमा संगठन प्रारम्भ गरी अगाडी बढ्न सल्लाह दिनु भएको थियो । अनि गजेन्द्र बाबुले १९८५ मा सद्भावना परिषदको गठन गरी मधेश आन्दोलनको प्रारम्भ गर्नु भएको थियो । प्रदीप जीको निधन भए पश्चात् उपेन्द्र यादवले पनि लेख लेखि जन समक्ष राखी सक्नु भएको छ दोस्त्रो पटकको मधेश आन्दोलनको निर्माण र संरक्षणमा वहाँको कतिको महत्वपूर्णृ भूमिका रहेको थियो । २०७२को संविधानको जारी हुन्दा मधेश र मधेशी प्रति उक्त संविधान ले न्याय न गरेको भनी संविधानमा हस्ताक्षर नगरी संविधान सभा बाट बाहिर निस्कनु भएको थियो । २०७४ को संसदीय चुनावमा भाग लिन का लागि मैथिली भाषमा आफुले जारी गरेको भिडियोमा संघीयता किन आवश्यक रहेको र संघीयता ले गर्दा काठमांडुको एकात्मक केन्द्रीकृत शासन बाट मधेशका मधेशका शोषित पीडित जनताले कसरी राहत पाएका छन, उल्लेख गर्नु भएको छ । समाजवाद भनेको किसानका लागि के हुनु पर्छ उक्त भिडियो संदेशमार्फत बुझाउने क्रममा जुट वा सनको बोरा किसानले बनाउंदा त्यसमा किसान को श्रम मात्र लाग्ने गरेको तर जुटको मुल्य निर्धारण गर्ने अधिकार किसानमा न रहे को अवस्थाको उल्ल्ेख गर्नु भएको छ । मधेशका किसानहरु मा व्याप्त गरीबी , अभाव र शक्तिहीनताको कारण किसानले आफ्नो उत्पादनको उचित मूल्यको निर्धारण गर्न न सक्ने एउटा मुख्यकारणको रुपमा वहाँले उद्धेत गर्नु भएको छ । आज पनि यथार्थ यहीहो कि किसानले उचित मूल्यमा मल खाद र कृषि सामग्रीको अरीद बिक्री गर्न सकेका छैनन र किसान हरेक प्रकारको अभावले ग्रस्त छन । संघीयतामा  किसानका लागि समाजवाद भनेको किसानले आफे उत्पादनको मूल्य निर्धारित गर्ने अधिकार हुनु पर्छ, उक्त भिडियोमा प्रदीप जीले  संकेतमात्र गर्नु भएको छ । 

वहाँ मधेश र मधेशी प्रति गहिरो संवेदना मात्र राख्नु हुन्थिए न, समय समयमा खुलेर अभिव्यक्ति पनि दिनु हुन्थियो र अडान पनि लिनु हुन्थियो । मधेशको पक्षमा उनको अडानको उदाहरण २०७२ सालको संविधानमा वहाँले हस्ताक्षर न गरेको  हो । वहाँ प्रष्ट हुनु हुन्थियो , २०७२को संविधान ले मधेश र मधेशी प्रति न्याय गर्न सकेको छैन ।२०७२को  निर्वाचनमा कांग्रेस मधेशमा पराजित भई रहेको बेलामा केही अन्यका साथ मा. प्रदीप गिरी जित्न सक्नुको एउटा प्रमुख कारण २०७२ साल को संविधान प्रतिको वहाँको अडान पनिहो । 

देशको नजरमा वहाँ पहाडी मूलको हुनु हुन्थियो तर वहाँमा पहाडी र मधेशी दुबै मूलका हुनु हुन्थियो ।वहाँको बुवा स्वर्गीय मित्रलाल गिरी खोटांग बाट तल झर्नु भएको थियो भने वहाँ का आमा पुण्यप्रभा गिरी मधेशी मूलको हुनु  हुन्थियो र जनकपुरको महुआमा वहाँको घर थियो। स्वर्गीय पुण्यप्रभा गिरी मित्रलाल गिरी जीको दोस्त्रो श्रीमति हुनु हुन्थियो । पहिलो श्रीमतिको देहान्त पछि आमा पुण्य प्रभा गिरी संग वहाँका विवाह भएको थियो । वहाँले आफनो जीवनमा पनि पहाडी र मधेशीबीचको द्वन्द बुझनु भएको थियो । भन्नु हुन्थियो म काठमडौ मा हुंदा र मधेशको कुरा गर्दा मलाई त्यहाँ मधेशिया  भनी दिन्छन र सिरहाको बस्तीपुर र लहानमा मलाई पहाडियानै भन्छन । हुंदा हुंदा २०७२को संविधान ले त गिरी हरुलाई खस को श्रेणीमा राखी दिएको छ ।पहिचानको यो द्वन्द उनको अन्तरमा थियो र यस्को पीडा पनि वहाँले बुझ्नु भएको थियो । 



Comments

Popular posts from this blog

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक...

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में

नेपाल की बदलती विदेश नीतिः मधेश की आँखों में   भाग १ कोरोना भायरस की महामारी के दौरान जब देशों के बीच हवाई यात्रा  सुचारु नहीं है तब भारत और चीन दोनों पडोसी देशों से एक बार भी औपचारिक वात्र्ता किये बिना जिस तीव्र गति से नेपाल का नक्शा बदलने के लिए  संसद में संविधान की अनुसूचि ३ के संशोधन का प्रस्ताव  सरकार ने दर्ज कराया है, उसे सहज रुप में स्वीकर करना कठिन है । सरकार के इस कदम से देश का सम्बन्ध किस तरह से दोनों मित्र देशों के साथ के सम्बन्ध को प्रभावित करेगा , सरकार ने इस बात का आकलन नहीं किया । सरकार ने देश की अन्य राजनीतिक दलों को भी संसद में विधेयक दर्ज कराने के पहले उन तथ्यों एवं प्रमाणों की प्रति को उपलब्ध  कराकर उनके साथ निश्चित साझा निष्कर्ष पर पहँचने के लिए कोई भी प्रयास नहीं किया । प्रश्न यह उठता है कि आज ऐसी कौन सी परिस्थिति अचानक सामने आ गयी जिसके कारण संसद में नक्शा संशोधन के लिए प्रस्ताव ही दत्र्ता कराना पडा । क्यों सरकार लाकडाउन के खत्म होने तक के समय का भी  इंतजार नही कर पाई ।  लिम्पियाधुरा के बारे में प्रधानमंत्री लगभग दो सप्...