Skip to main content

Ansan ko Sansamaran

अनशनको संस्मरण

उनको नाम बिष्णु लामिछाने थियो । झापा घर भएका ती युवा अनशन को तेस्त्रो दिन देखि क्रम न टुटायी अनशन स्थलमा आउन थाले का थिए । अनुहार मा एक प्रकार को आभा भए पनि अनुहारमा जहिले पनि उदासी हुन्थियो । संधै आयी नमस्कार गरी एउटा कुना मा बसी पत्रिका का पाना उल्टाउंथिए र दिउँसो बीच मा उठी कहिले काहीं एता उती पनि जान्थिए ।

त्यस्तै एक जना मधेशी युवा पनि बीच बीच मा केही दिन बिरायी आई राख्थ्एि । अत्यन्त सभ्य र भला आदमी को अनुहार तर कुनै प्रकार को चिंता ले मलीन भयी राख्ने उनको अनुहार थियो । उनी दाढी पाली राखेका थिए ।यी दुबै युवा त्यहाँ आएको बेला मा आंदोलन को कार्यक्रम बनाउन मा संलग्न हुन्थिए ।

अजय बोल्दै न थिए तर बिष्णु कहिले काँही कुरा कुराकानी पनि गरथिए । बिष्णु ले एक दिन भने, दिदी , “यहाँ आउंछु, संधै वर्गीकृत विज्ञापन हेर्छु र नोकरी का लागि फोन मा सम्पर्क गर्छु । म अब पत्रकारिता को आफ्नो पढाई पूरा गर्न काठमांडूमा कुनै नोकरी को खोजी मा छु । ”

अजय त्यती बोल्दै न थिए । तर अरु संग बुझदा उनी पनि सुपरभाइजर सम्मको नोकरी को खोजी मा काठमांडू को सडक मा भौंतारी रहेका थिए । बेरोजगार युवा हरु पैसा न भयी पनि दाढी पाल्छन र त्यो एक प्रकार को विद्रोह को पनि संकेत हुन्छ , भन्ने कुरा मैंले केही हद सम्म बुझेको पनि छु । 

उनी हरुको परिचय मैले पार्टी का अन्य युवा हरु संग गरायी दिए को थिएँ र अनशल स्थलमा आउंदा कुनै न कुनै प्रकार ले आंदोलन को कार्यक्रम बनाउन र सम्पन्न गराउन उनी हरु  सहभागी हुन्थिए ।

नियमित रुपले भेंटुदा उनी हरु को चिंता र उदासी ले कुनै न कुनै प्रकार ले मेरो पनि भई सके को थियो । अनशन स्थल त्यसै पनि मन र मस्तिष्क को तेज र शक्ति ले फर्क नै हुन्छ । मन र मस्तिष्क को तेज, तनाव र कसाव ले शिथिल हुंदै गयी राखे को शरीरहरु लाई आफनो वश र प्रभावमा गरेको हुन्छ र वरी परी को समग्र वातावरण मा त्यस्को प्रभाव परेको हुन्छ, जस्तो लाग्न थाले को थियो मलाई ।
अनशन स्थलमा भेंटुन आउने प्रत्येक व्यक्ति पनि ले आफनो शब्द र शुभेच्छाका साथ त्यहाँको वातावरण लाई केही न केही उर्जा पनि प्रदान गरी गएका हुन्छन पनि लाग्न थाले को थियो मलाई । अनि त प्रत्येक व्यक्ति लाई भेंटे पश्चात थप केही शक्ति प्राप्त भएको अनुभूति समेत मलाई हुन्थियो ।

कहिंले काहीं को घाम, हरेक दिनको बर्खा र चिसो हावा को बीच रानी पोखरी को छेउमा रहेको शांति बाटिका को हरियाली मा रहेको अनशन स्थल मा  प्रकुति को
उर्जा पनि थियो । टेन्ट भित्र सुत्ने स्थान मा ढल्किदा बादल ले छोपिएको आकाश र राति बादल, चमकिलो तारा र कहिले काहीं पहिंलो आलोक ले आलोकित चंद्रमा को पनि दर्शन हुन्थियो ।

धेरै र धेरै वर्ष पश्चात् खुला आकाश मुनि पुनः सुत्न पाउने अवसर पाएर मैले महसूस गरेको आनंद को अनुभूति व्यक्त गर्न शायद म सक्दीन । तर बचपनमा गाँव गएका दिन हरु को समझना मलाई हरेक साँझ आउँथियो ।

मेरो गाँउको नाम मानिकपुर हो । धान कटनी को समयमा म छुट्टीमा गाँव जांदा
हामी बेग्लै खालले रमाउंथियौ.। चार वटा हजूरबा रहेको हाम्रा परिवार अत्यन्त ठूलाथियो । घरका अगाडी अत्यन्त ठूलो दलान थियो । ठूलो अशोक को रुख, इनार मंदिर, तीन चार वटा बैठकी, काकी ले चलाउने स्कूल, स्यानो पोखरी, गाय ,बैल र भैंसी बाँध्ने, आँपको ठूलो रुख सबै हुंदा हुन्दै अत्यन्त ठूलो खुला जगह हाम्रो ठूलो घरको अगाडी थियो । त्यस खाली जगहमा काटिएको धान ल्याई थुपारिन्थियो र एकै चोटी आठ दस वटा बैल बीच को काठको धुरी मा बाँधी धानको बालीको दौनी गरिन्थिए । धान तल झरथियो र माथि थुप्रिएको पराल हामी हरुका लागि गोलाकार भएको  अत्यन्त ठूलो र बाक्लो डसना जस्तो हुन्थियो ।दिनमा  हामी त्यस माथि कुद्थियौ र खेल्थियौं। राति हामी दलान मा घुर बाली आगो ताप्थियौ र राति पराल माथि डसना ओछ्याई खुला आकाश मुनि सुत्थियों। अनशनमा राति मलाई त्यो दिन हरु को पुनः तीव्र र सुखद सम्झना हुन्थियो।

अनशन को २० सौं दिन थियो । साँझ पहरको पनि अवसान भई सकेको थियो । म ढल्की रहेको थिएँ । अचानक बिष्णु को स्वर सुनें ,“ दीदी। ”
मैले आँखा खोलें । उनी मेरो छेउमा आयी भूईंं मा बसी सके को थिए। उन्को अनुहार आज बैग्ले थियो । आज उनी अत्यन्त खुशी देखिएका थिए । उनी बोली राखेका थिए,
 “दिदी, अब मैले झापा फर्किनु पर्दैन । अब म यहीं काठमांडू बसी पत्रकारिकता को आफनो पढाई पुरा गर्न का लागि मेरो जागीर पक्का भई सक्यो ।”
उनी अत्यन्त भावुक भई  सकेका थिए । मेरो मन पनि द्रवित हुन थाले को थियो ।
उनी बोली राखे का थिए , “दिदी तपांई यहाँ अनशनमा न बस्दा म तपांई लाई न भेंटेका भए मा झापा फर्की सकेको थिएँ होला । यहाँ आउंदा र तपांई लाई भेंटुदा
“ “   ”
तपांई संग जुन भावनात्मक सम्बन्ध स्थापित भयो र तपांई लाई देखि जसरी मेरो आत्मविश्वास बढ्यो,त्यसले गर्दा मात्र म काठमांडूमा टिक्न सकें । साथीको कोठा बस्दा मन कहिले शांत र एकाग्र हुन सके को थिएन र त्यस पश्चात सत्न पार्क मा दिन काट्न जान थालेको थिएँ । तर पछि साथी हरुले भने, रत्नपार्क लाई राम्रो ठाँउ मानिन । अनि तपांई को अनशनको बारेमा थाह पाएँ । अनि यहाँ आउन थालें ।
खल्तीमा पाँच रुपैया मात्र भई साथी को कोठा बाट बाहिर निस्किन्थिएँ । यहाँ आएर बस्दा खाजा खाने चिन्ता पनि हुंदै न थियो। सबै बसी राखे का हुन्थिए र म पनि बस्थिएँ । पत्रिका किन पैसा हुंदै न थियो । यहाँ पत्रिका पढी र तपांई को यू टि एल फोन बाट फोन गरी विज्ञापन गरे को ठाँउमा गयी इंटरभ्यू दिन्थिएँ र अब मेरो चयन भयो । मलाई मेरो पहिला को प्रिसीपल ले पढाईको खर्च दिन भन्न्ु भए को छ र अब मैले बस्ने खाने खर्च नया जागीर बाट निकाली हाल्छु र मेरो पढाई सिध्याउंछु ।दीदी अब मैले उदास र पराजित मन लिई झापा फर्किनु पर्दैन ।
उनी अहिले पनि बोलस् राखे का थिए, “ तपांई लाई भेटे पछि मैले घर फोन गरी पैसा पठाउन भने का थिए र उनी हरुले कतै बाट व्यवस्था गरी ३५०० रुपैया पठाई दिएका थिए र म यहाँ टिक्न सकें । दिदी म आज अत्यन्त खुशी छु र यो सब यस ठाँउ को प्रभाव ले गर्दा भयो । ”

उनी अत्यन्त भावुक भई सकेका थिए । मैले बिस्तारै उन्को हाथ समाती भनें, तपांई को खुशी मा म पनि तपांई जत्तिकै खुशी छु । ”

केही  छिन का लागि भए पनि मन र मस्तिष्क को तनाव र कसाव शिथिल हुन थाले को थिए ।अब मलाई निद्रा लाग्न थालेको थियो । मैले बिष्णु लाई विदा गरें र शांत मन ले निंदायी हालें ।

आज अनशन को अंतिम दिन थियो । बिष्णु तिहीं थिए । अजय लाई बिहान देखि सम्झी राखेंको थिएँ । केही दिन देखि उनी आई राखेका थिएनन ।पत्रकार सम्मेलन गरी सबै संग बिदा लिई घर आउन का लागि गाडीमा बसी सकेको थिएँ । केही पत्रकार हरु गाडी रोकी फोटो खिंच्न थालेका थिए । अचानक अजय को अनुहार देखें । मैले भनी हालै, “ कहाँ हुनुहुन्थियो तपांई। ” मैले तपाईं लाई खोजी राखेको थिएँ । मैले उन्को अनुहार मा पनि खुशीर चमक देखें ।उनी नमस्कार गरी राखेका थिए । शायद उन ले पनि कतै जागीर पाई सकेका होलान, मैले अनुमान गरें । म बसे को गाडी अब अगाडी बढी सके को थियो ।  
मिति ः २२।५।२०७०
काठमांडौ ।

Comments

  1. लेख्न त देवनागरी मै लेख्नु हुदोरहेछ, तर यो लेख पदन सामान्यतया भन्दा बडी समय लाग्यो, नेपाली ब्याकरणको धज्जा उडाउनु भएको हुनाले होला.यो सत्य हो कि पहाड चढेर खुट्टो दुखाउनु र जाडो सहनु भन्दा मधिसेहरुलाई रेल चढेर नितिश कुमारको भासन सुन्न बडी सजिलो र ज्यादा आफ्नोपन महसुस हुदो हो, तर सरिता ज्यु नाबिर्सिनुस कि नेपाल जति मधेसी बाहुनको हो त्यति नै शेर्पाको पनि हो . अनेकतामा एकता नै हाम्रो नारा हो . महारास्त्रणहरुको तिखो गाली सुन्नु भन्दा बिहारीहरुले बरू काठमाडौँका नेवारहरुको सहजता बुजेर नै उकालो लागेका थिए . नेपालीहरु मात्र हृदयले जोडिएका छन् , यहाँ न त एउतै भूगोल छ न त एउतै परम्परा , नेपाल साझा फुलबारी हो जसले बुद्धत्व मात्र नभएर हिन्द्दुत्व तथा अन्य जाति बिशेषहरुको पनि परापुर्व कल देखि समरकच्चन गर्दै आएको छ . यो साझा इतिहासको अवहेलना नगरिदिनु हुन हार्दिक आनुरोद गर्दछु .

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सुगौली संधि और तराई के मूलबासिंदा

 सुगौली संधि और तराई के मूलबासिंदा सुगौली संधि फिर से चर्चा में है । वत्र्तमान प्रधानमंत्री ओली ने नेपाल के नये नक्शे के मुद्दे को फिर से उठाते हुए १८१६ की सुगौली संधि का एक बार फिर से जिक्र किया है ।  लेकिन इस बारे बोल  सिर्फ प्रधानमंत्री रहे है। इस संधि से सरोकार रखने वाले और भी हैं लेकिन सब मौन हैं । इतिहास की कोई भी बडी घटना बहुताेंं के सरोकार का विषय होता है लेकिन घटना के बाद इतिहास का लेखन जिस प्रकार से होता है, वह बहुत सारी बातों कोे ओझल में धकेल देता है और और बहुत सारे सरोकारं  धीरे धीरे विस्मृति के आवरण में आच्छादित हो जाते है । नेपाल के इतिहास में सुगौली संधि की घटना भी एक ऐसी ही घटना है ।  वत्र्तमान प्रधानमंत्री ओली सुगौली संधि का जिक्र तो कर रहे हैं लेकिन सरकार से यदि कोई संधि की प्रति मांगे तो जबाब मिलता है कि संधि का दस्तावेज  लापता है । संसद को भी सरकार की तरफ से यही जबाब दिया जाता है । यह एक अजीबोगरीब अवस्था है।  जिस संधि के आधार पर सरकार ने नेपाल का नया नक्शा संसद से पारित करा लिया है , उस सधि  के लापता होने की बात कहाँ तक सच है, ...

नेपाल में मधेशी दलों के एकीकरण का विषय

(अद्र्ध प्रजातंत्र के लिए संवैधानिक विकास को अवरुद्ध करने का दूसरा आसान तरीका दलो में अस्थिरता और टुट फुट बनाए रखना है । शासक वर्ग यह  बखूबी समझता है कि दलीय राजनीति में दलों को नियंत्रित रखने या आवश्यकता पडने पर  उनके माध्यम से राजनीतिक अस्थिरता का माहौल बनाए रखने के लिए राजनीतिक दल सम्बन्धी कानून और निर्वाचन आयोग जैसी संस्थाओं पर नियन्त्रण कितना आवश्यक हैं । आज देश में  राजनीतिक अस्थिरता का दोषी ं संसदीय पद्धति को  ठहराया जा रहा है । अस्थिरता खत्म करने के लिए राष्ट्रपतिय पद्धति को बहाल करने की बातें हो रहीं हैं लेकिन अस्थिरता के प्रमुख कारक तत्व राजनीतक दल एवं निर्वाचन आयोग सम्बन्धी कानून के तरफ कि का ध्यान नही जा रहा है। यह निश्चित है कि संसदीय पद्धति के स्थान पर राष्ट्रपतिय अथवा मिश्रित पद्धति की बहाली होने पर गणतांत्रिक नेपाल में एक तरफ फिर से अद्र्ध लोकतांत्रिक व्यवस्था की स्थापना होगी तो दूसरी तरफ दल एवं निर्वाचन सम्बन्धी हाल ही के कानूनों की निरन्तरता रहने पर राजनीतिक दलों में टूट फूट का क्रम भी जारी रहेगा । तब भी  मधेशवादी लगायत अन्य रा...

Is the Labor Minister Belbase the only Guilty Person?

Is Former Minister Belbase the Only Guilty Person ? The Minister for Labor and Employment Mr Kumar Belbase has tendered  his resignation in the wake of news made public of him asking for bribe money for himself and the secretary for getting new manpower companies registered.  In March this year, I was asked to resign by the PM because, as he told me, he was under tremendous pressure over the issue of  my decision to transfer the DG Purna Chandra  Bhattarai of Foreign Employment Department to the Ministry  of Labour and Transport Management. I declined to resign because  it was under my jurisdiction to transfer the DG to the ministry for 3 months. I had replied to him that  I had transferred the DG  to pursue PM's  agenda of good governance. I had earlier briefed him  that  the DG was resisting reform initiatives and I had found his role in promoting and covering human trafficking. Three days ago, I had handed over some ...