प्रेस विज्ञप्ति ः शम्भु महतो को हत्या र राज्य को जिम्मेवारी
१.गत सप्ताह कीत्र्तिपुर मा शम्भु चौधरी (महतो) माथि जुन प्रकार ले पानी सार्ने र घर भाडाको निउँ मा घरमालिक ले आक्रमण गरे र जसरी प्रहरी ले उनको उद्धार गर्न मा ढिलाई गरे र शम्भु महतो को मृत्यु हुन पुग्यो , त्यस बाट मधेशी प्रति समाज र राज्य मा व्याप्त गहिरो घृणा एक पटक फेरी उजागर भएको छ । घटनाक्रम बाट यो प्रमाणित हुन्छ की शम्भुको मृत्यु का लागि घरधनी का साथ प्रहरी पनि जिम्मेवार छ । तसर्थ हत्या को परिणाम को जिम्मेवारी राज्य ले लिनु पर्छ ।
२.म मांग गर्दछु कि यस सम्पूर्ण घटना को छानबीन सी आई बी ले गरोस र शम्भु महतो को असहाय परिवार का लागि तत्काल सरकार ले रु १० लाख को क्षतिपूत्र्ति को व्यवस्था गरोस । साथै शम्भु महतो को तीन वटा बच्चा को निशुल्क शिक्षा को जिम्मेवारी कीत्र्तिपुर को सम्बन्धित स्थानीय सरकार ले ग्रहण गरोस ।
३.म सरकार को पुनः ध्यानाकर्षण गराउंछु कि नेपाल र भारत बीच रोटी र बेटीको सम्बन्ध सनातन काल देखि चल्दै आएको छ र राज्य ले उक्त सम्बन्ध लाई सम्मान गर्न सक्नु पर्दछ । शम्भु को असहाय परिवार को भविष्यको समेत जिम्मेवारी राज्य ले लिनु पर्दछ । तसर्थ शम्भुको पत्नी नीतू लाई राज्यले नागरिकता प्रमाण पत्र प्रदानगरी तत्काल उसको लागि रोजगारी को व्यवस्था गरोस ।
सरिता गिरी
पूर्व मंत्री तथा पूर्व सांसद
मितिः भाद्र ३०, २०७७
Aba Nepali ho vane ra nagarita xaina vane dina parxa tara Indian ho vane ta 7 barsa kurnu nai parxa boru euta special identity card dida chai hunxa. Ani xetipurti sarkar le vanda ni marni le dina parxa. Rojgar ko byabastha sarkar le dina parxa ani padhai lekhai ko byabastha chai sarkar le garna parxa. Yeso garda thik hunxa. Euta indian (sarita __) lai Nepal ko antarik kura ma hastaxep nagarna mero agraha xa.
ReplyDeleteमधेशी भन्ने कुरा होइन मानबताको नाताले गर्नुपर्छ मानब अधिकारको कुरा हो मधेशी, पहाडीको कुरा त परै जावोस अफ्रिकन भए पनि गर्नुपर्छ । मधेशी, पहाडीको कुरा त राजनीतिमा मात्र देखिन्छ नेपाली जनतामा देखिदैन । यस्ता निच कुरा त केबल नेताहरुले भन्ने हो भन्दा फरक पर्दैन
ReplyDelete