सिरहा जिल्ला मा विगत मा मैले गरेका केही विकास कार्य हरु
१। लहान स्थित जे एस मुुरारका कैम्पसका मा पुस्तकालय भवन निर्माणका लागि भारतीय राजदुतावास मार्फत प्रथम चरणमा ५० लाख रुपैया रकम उपलब्ध गराई दिन सहयोग गरेको ।
२। सिरहा नगरपालिकाको चन्दनारायण्र माध्यमिक विद्दालयको भवन निर्माणका लागि भारतीय राजदुतावास को तर्फ बाट साढे तीन करोड को रकम उपलब्ध गराउन सहयोग गरेको
३। संघीय समाजवादी पार्टीको तर्फ बाट सांसद हुंदा २०७५ ७६ सालमा लहान नगरपालिकाको विकासका लागि शहरी विकास मंत्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गत १ अरब रुपैया को बजट ल्याउन सफल भएको । उक्त परियोजना ५ वर्षको भएको ले त्यसबेला स्वीकृत भएका कार्यक्रम हरु निर्माणको क्रममा रहेका छन । त्यस परियोजना अन्तर्गत लहान नगरपालिका मा पर्ने राजदेवी मंदिर सम्म जाने बाटो निर्माण भएको र अब बस्तीपुर गोविन्दपुर सम्म को बाटो निर्माण हुने छ ।
४। सघन शहरी विकास कार्य क्रार्यक्रम अन्तर्गत वडा नं १०का लागि स्वीकृत भएको अर्को योजना यस वडा मा परने खुट्टी खोलाको पश्चिम किनारमा वातावरणीय पार्क र ओपेन थियेटर बनाउनका लागि १ करोड लगानी गरी सर्वे भयी डिजाइन समेत म सांसद भएकै बेलामा पास भएको हो । उक्त परियोजना क्रियान्वयन मा जानु पर्ने छ ।
५। स्वर्गीय माननीय प्रदीप गिरी र म पछिल्लो संसदमा मा सहकार्य गरी यस क्षेत्रको विकास का लागि निम्न परियोजना ल्याउन सफल भएका थियौं र ती परियोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन ।
क। ठाडी नेपालटांड सडक परियोजना
ख। भगवानपुरमा ड्राइ पोर्ट निर्माण परियोजना
ग। छपरारी नर्गी सडक खंड निर्माण परियोजना
घ। झुटकी पुल निर्माण परियोजना
६। सांसद विकास कोष बाट लहान नगरपालिकाको वडा नं १० मा पुस्तकालय भवनको निर्माण कार्य भएको छ।
७। लहान नगरपालिकाको वडा नं ४ र सखुुवा ननकारकट्टी पालिकाको वडा नं ४ मा बलान तटबंध निर्माणका लागि लगभग ९० लाख रुपैया राष्ट्रपति चुरे भावर कार्यक्रम बाट ल्याउन सहयोग गरेको छु ।
८।त्यस बाहेक जनता को जनजीविका र वातावरणमा प्रतिकूल असर पर्ने केही कार्य लाई रोक्नमा पनि जन चाहना नुसार सफल भएको छु । उक्त कार्य हरु कानुन विपरीत थिए । ती कार्य हरु निम्नानुसारका रहेका छन ः
क। लहान नगरपालिका को वडा नं ४ मा निर्माण हुने भनिएको डम्पिंग साइटको निर्माणकार्य
ख। लहान नगरपालिकाको वडा नं ५ मा रहेको हाट बजार भत्काउने कार्य
ग। लहान नगरपालिका को बीच बाट ४०० के भी लाइनको निर्माण कार्य
धन्यबाद र विजया दशमीको शुभकामना
सरिता गिरी
Comments
Post a Comment