प्रेस विज्ञप्ति
१.यही अषोझ २३, २०७७ मा विभिन्न संचार माध्यम मा आएका खबर अनुसार नेपाल चीन सीमाना मा रहेका सीमा स्तम्भ को अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बर को सीमास्तम्भ नजीक पुगे पछि चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोली माथि अश्रु ग्यास प्रहार गरेका छन र उक्त आक्रमण मा नाम्खा गाँवपलिकाको उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनु भएको छ। चिनिया सरकार को यस्तो आक्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं । साथै यस घटना बारे सरकार ले तुरन्त जनता लाई आधिकारिक जानकारी गराउन मांग गर्दछु ।
२.नेपाल सरकार ले मुलुकको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुंदै गई रहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाई सकेको कुरा संचारमाध्यम मा आएका छन तर सरकार ले यस विषय बार्े पनि अहिले सम्म मौनता धारण गरेको छ । हिमाली भेग का ६ जिल्लामा चीन ले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडा ले पनि देखायी रहेको छ। यस परिस्थिति मा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारत संग को मित्रता र शांति सहमति अनुसार भारत सरकारको सहयोग लिई पनि सीमाना को सुरक्षा गर्न मांग गर्दछु ।
३. डां गोविन्द केसी जीको अनशन प्रति पूर्ण समर्थन जनाउंदै छु । सरकार ले विगत मा डा. केसी संग गरे का सम्पूर्ण सहमति को पालना गर्दै डा. के सी को जीवन र सम्मान को रक्षा गरनु पर्दछ।
सरिता गिरी
संयोजक , तराई मधेश वृहत् लोकतांत्रिक मोर्चा
१० अक्टूबर, २०२०
अषोझ २४, २०७७
नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको...
Comments
Post a Comment