Skip to main content

Posts

Showing posts from November, 2013

संघीय संरचना र शासन प्रणाली ः मधेशको मूल सरोकार

संघीय संरचना र शासन प्रणाली ः मधेशको मूल सरोकार मुलुक अहिले संविधानसभाको निर्वाचन मा होमी सकेको छ । शांति तथा लोकतंत्र को सुरक्षा र निरन्तरता का लागि संविधान सभा  निर्वाचन (२) को मूल मुद्दा  संघीयता र शासन प्रणालीे नै हो ।  संविधान सभा विघटन पछाडीको मूल कारण संघीय शासन पद्धति, मधेश मा कति प्रदेश हुने भन्ने विषय रहे को थियो र त्यसपश्चात विवादको मूल कारण तीन वटा तत्कालीन ठूला दल बीच विद्दमान नांगो सत्तासंघर्ष थियो जुन आज पनि यथावत कायम छ । मधेशमा कति प्रदेश हुने र ५० प्रतिशत भंदा बढी जनता को बसोबास रहेको मधेश को राजनैतिक हैसियत केन्द्रमा कस्तो हुने विषयबस्तु को प्रत्यक्ष सम्बन्ध पनि संघीय शासन पद्धति र लोकतंत्र को भविष्य संग जोडिएको हुनाले ले शासन पद्धति र संघीय संरचना को विषय मधेश का लागि सर्वाधिक महत्वपूर्ण रहेकोछ ।  यथार्थमा लोकतंत्र, शांति,संघीयता र शासन प्रणाली को विषय एक अर्का संग जोडिएको छ । तर सबै प्रमुख पार्टी र नया मधेशवादी दलहरु को घोषणा पत्र पढदा स्पष्ट हुन्छ कि संविधान सभा निर्वाचन २ सम्म पुग्दा संघीयता को एजेन्डा कमजोर भई सकेको रहेछ । दल हरु संघीयता को बारेमा भाषण मा मात्