Skip to main content

Posts

Showing posts from November, 2019

प्राक्सी युद्ध

प्राक्सी युद्ध हर्क गुरुंग भन्दा राष्ट्रियतावादी भूगोलविद नेपालमा शायदै कोई होला । पूर्व राजा महेन्द्रका वहाँ अनन्य विश्सासपात्र हुनु हुन्थियो । वहाँले टोनी हेगेन फाउंडेशनका लागि २००६मा नेपाल एटलस र स्टैटिस्टीक्सको सम्पादन गर्नु भएको रहे छ ।  त्यसमा सन् १९६३ भंदा अघि र १९६३ भंदा पछिको नेपालको दुई वटा नक्शा देखाइएको छ । १९६३ भंदा अघिको नक्शामा कालापानी नेपालको भाग देखाइएको छ भने पछि को नक्शा मा त्यो भाग देखाइएको छैन । पछिको नक्शा हाल प्रचलनमा रहेको नेपालको नक्शा छ जुन २०७२को संविधानमा अनुसूचीको रुपमा संलग्न छ । त्यस बेलाको इतिहासको बारेमा कल्पना गर्न मन लागि रहेको छ । १९५६मा चीन ले तिब्बत माथिआफनो  आधिपत्य कायम गरी सकीको रहे छ । नेपालमा संसदको हत्या १९६०मा राजा महेन्द्रले गरी सकेका रहे छन ।  २० अक्टूबर १९६२मा चीनले भारत माथि आक्रमण गरी सकेको रहे छ । कालापनी नेपाल चीन र भारतको सीमानामा रहेको त्यो क्षेत्रहो जहाँ बाट चीनी सेना नेपाल र भारत मा सजिलै सीत प्रवेश गर्न सक्थियो । भारत र नेपाल बीच सुरक्षा लगायत अन्य विषयहरुको सम्बन्धमा १९५०को संधि भई सकेको रहे छ । संधिमा उल्ल्ोख