Skip to main content

Posts

Showing posts from December, 2020

राजनीति हल्ला र बलको प्रदर्शन मा टिकेको छ

राजनीति हल्ला र बलको प्रदर्शन मा टिकेको छ हामी हल्ला र बलको भरमा राजनीति चलेको देशको बासिन्दा छौं । अहिले को संवैधानिक विवादको प्रकरणले यस लाई पुनः प्रमाणित गरेको छ ।  क्रिटिकल चिंतन र बस्तुगत विश्लेषण को परम्परा को अभाव छ यहाँ । राजनीति मात्र दलीय छैन यहाँ, समाज को हरेक वर्ग र तबका दलीय चरित्र को छ र त्यसले राजनीतिको विकास लाई आफनै ढंगले प्रभावित गर्छ ।  कुनै राजनीतिक वा संवैधानिक समस्या देखिएमा पत्रकार र अधिवक्ता  मात्र होईन, बुद्धिजीवी वर्ग पनि  सत्तामुखी सत्तापक्ष र प्रतिपक्षी दलको खेमा मा विभाजित भई आफनो दृष्टिकोण बनाउंछ । तसर्थ बुद्धिजीवी वर्गको दृष्टिकोण पनि  सत्तापक्ष र प्रतिपक्ष दल को स्वार्थको रंगमा रंगिएको हुन्छ । दलहरु रेटारिक्सको सहारा लिई जनमत निर्माण गर्छन। जहाँ सम्म राजनीतिक दल हरुको दृष्टिकोण र अडान को कुरा छ त्यहाँ कहिले स्पष्टता हुन्छ त कहिले हुंदैन ।  त्यहाँ इतिहास बोधको पनि अभाव हुन्छ ।   जस्तो कि अहिलेको संसद विघटन को विवादमा संसद पुनस्र्थापना बारे प्रचंड पक्षको मांग संसद पुनस्र्थापना बारे स्पष्ट छ भने कांग्रेस को धारणा द्विअर्थी छ । कांग्रेस पार्टीको नेतृत्व वर्ग