Skip to main content

Posts

Showing posts from January, 2021

लिपुलेक विवाद

 लिपुलेक विवाद पहिला हिंदी चीनी भाई भाई को समय थियो र  अब नेपाली चीनी भाई भाई को समय छ । भारत र चीन बीच ६०को दशकको प्रारम्भमा युद्ध हुनु भन्दा अघि भारत र चीन बीचको सम्बन्ध अत्यन्त राम्रो भएको विश्वास नेहरु जी लाई थियो । चीन को भारतमाथि आक्रमण उनको ठूलो विफलता थियो र त्यसको सदमा  बाट जीवन पर्यन्त उनी निस्कन सकेनन। छिट्टै उनको मृत्यु  पनि भयो । अब नेपाली चीनी भाई भाई को दौरमा छों र भारत र नेपाल बीच देखिएको लिपुलेक  विवाद नेपाल चीन सम्बन्ध को कसौटीमा  छ । परराष्ट्र मंत्रीको भ्रमणको मुख्य एजेंडा दुई देश बीचको सीमा विवाद रहे छ । परराष्ट्र मंत्रीको भनाई अनुसार यसै संग इपीजीको प्रतिवेदन पनि जोडिएर आएको छ । उता परराष्ट्र मंत्री जी दिल्ल ितर्फको यात्रामा हुनु हुन्छ , यता आज देखि सीमाना मा नेपाली मोटर साइकिल हरुको आवत जावत मा पनि अत्यन्त कडाई गरिएको छ । आखिर लिपुलेक विाद के हो यस्को बारेमा आम जनतामा व्यापक छलफल भएको छ जस्तो मलाई लाग्दैन । मैले संसद मा यस विवाद संग सम्न्धित केही प्रश्न उठाएको थियें तर सरकारको तर्फबाट कुनै जबाब आए न र जबाब न आउंदै मेरो संसद सदस्यता खारेज गरियो । तिब्ब्तको मानसरोवर