Skip to main content

Posts

Showing posts from June, 2020

एक चुटकी सिन्दुरका लागि नागरिकता र माननीय कृष्ण गाोपाल श्रेष्ठ

माननीय कृष्ण गाोपाल श्रेष्ठ तपांईलाई सुने । एक चुटकी सिन्दुरका लागि नागरिकता र त्यस संग सम्बन्धित राष्ट्रियताको तपाईको व्याख्या सुनें । यस्तो असंवेदनशील वक्तव्य संसदको राज्य व्यवस्था समितिमा जस्को अध्यक्ष पनि महिला हुनुहुन्छ , तपांईले बोल्नु भयो । तपाईले घर परिवार समुदाय र समाज चलाउने विवाह जस्तो पवित्र संस्थाको विरोध गर्नु भएको छ ।तपांई को सभ्यता को परिचय र स्तर हो यो ।  म लज्जित छु र आक्रोशले मेरो रगत उम्।्लिन्दै छ। एक चुटकी सिदुर पछि महिलाको सारा जीवन बदलिन्छ र त्यो तपांईका लागि एक चुटकी रंग जस्तो पनि छैन हो । अब म बुझे किन राष्ट्रवादीहरु मौन भई नेपाली चेली र बुहारीहरु भारत मा बेच्छन र अरब देशबाट हाम्रा चेलीहरु गुमनाम आमा भयी फरकिन्छन । तपाईको राष्ट्रवाद खोक्रो छ , महिला विरोधी छ र तपांईको राष्ट्रवाद मेरो लागि एक चुटकी माटो जति को पनि महत्व राख्दैन .... म खुल्लेर भन्दै छु ..

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा

नेपाल , भारत र चीन बीच सीमाना विवादः मेरोे बुझाई मा लिपुलेक , कालपानी र लिम्पिया धुरा भारत, चीन र नेपालको सीमाना वा सीमाना नजीक छ अर्थात् त्रिदेशीय सीमा क्षेत्र मा पर्दछ । कालापानी मा १९६२को  भारत चीन युद्ध पछि विगतको ६० वर्ष देखि भारतीय सेना नेपालको पूर्ण जानकारी मा बसी रहेको छ । उक्त क्षेत्र लाई नेपाल र भारत ले विवादित क्षेत्र भनी स्वीकार गरी सकेका छन । उक्त क्षेत्रमा देखिएको विवाद को समाधान दुई देश बीच  वात्र्ता द्वारा समाधान गर्ने सहमति पनि भई सकेको रहे छ । चीन ले पनि कालापानी र सुस्ता विवाद बारे हालसालै  यो कुरा भनी सके को रहेछ । अब लिपुलेक र लिम्पिया धुरा को बारेमा विचार गदनु पछै । लिम्पिियाधुरा र लिपुलेक भारत र चीन को तिब्बत सीमाना मा वा नजीक पर्दछ । नेपाल र चीन बीच १९६१को सीमाना सम्बन्धी संधि भएको छ र उक्त संधि अनुसार उक्त क्षेत्रमा टिंकर खोला जहाँ काली लगायत अन्य खोला खहरा संग मिल्दछ उक्त बिंदु नेपाल र चीन बीचको सीमाना को प्रारम्भ बिंदु हो । उक्त क्षेत्रमा  नेपाल र भारत को शून्य पोस्ट अहिले निश्चित  भए को छैन । लिम्पियाधुरा को विवाद पहिलो पटक आएको हो । यस्को निराकरण प्रम

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात

नया नक्शा का लागि संविधान संशोधन प्रकरण ःअघोषित युद्धको शुरुवात अन्तराष्ट्रिय सम्बन्धमा मुलुक हरु बीच को सम्बन्ध को आधार नै  विश्वसनीयता नै हुन्छ । तर   अहिले को सरकार अन्तराष्ट्रिय जगतमा गरे का महत्वपूर्ण  संधि र प्रतिबद्धता बाट पछाडी हटी रहेको छ र सदियों देखि  भारत र नेपाल बीच रहेको संम्बन्धको संरचनामा आधारभूत  परिवत्र्तन ल्याउन खाज्दैछ । निश्चित रुपमा यस बाट सम्पूर्ण देश र  जनता त प्रभावित हुन्छन नै तर सब भन्दा बढी मधेशी जनता  प्रभावित हुने वाला छन ।इस्ट इंडिया कम्पनी संग नेपाल ले सन् १८१६ मा गरेको सुगौली संधि लाई आधार बनायी नेपाल सरकार ले शुरु गरे को नक्शाको राजनीति भारत संग अघोषित युद्धको घोषणा गरेको छ ।  यो १९५० को नेपाल भारत शांति र मित्रता को संधि  विपरीत छ ।  नेपाल र इस्ट इंडिाया कम्पनी बीच भए को १८१६ को संधि र नेपाल र भारत बीच भएको १९५० को संधि नेपाल में रहे को मधेश तथा मधेशी को अस्तित्व संग पनि जोडिए को हुनाले यो मधेशी समुदाय का लागि गम्भीर चासो को विषय हुन पुगे को छ । अहिले को घटनाक्रम मधेशी समुदाय का लागि  सूक्ष्म अध्ययन र मनन को विषय हुंदै गएको छ  किन भने यो विषय मधे