Skip to main content

Posts

Showing posts from 2017

मइले बुझे को लहान नगरपालिका को चुनाव

मइले बुझे को लहान नगरपालिका को चुनाव संघीयता ले जनता लाई आपनो मत अभिव्यक्त गर्न तीन तह मा अवसर दिएको छ ....स्थानीय, प्रांतीय र संघीय । मतदाता अब पहिला भन्दा शसक्त भएका छन किन भने राजनीतक अभ्यास का लागि राजनीतिक स्पेस फराकिलो भए को छ र एन्ट्री प्वाइंट मा वृद्धि भएको छ। नगरपालिकाको ग्रामीण क्षेत्र का मतदाता हरु मा पार्टीगत ध्रुवीकरण भंदा सामूहिकता को भाव प्रबल भएको मैले यस पाली भेटाएँ । मैले मतदाता हरु लचिलो भएको पनि भेंटाएको छु । आपना व्यक्तिगत अथवा सामूहिक एजेंडा को पूत्र् ति का लागि। आफनो प्राथमिकता तय गर्न जनता सक्षम रहेको समेत मैले पाएको छु । मधेश मा ठूला दल हरु ले मधेशी समुदाय लाई मधेशी, थारु , मुस्लिम र दलित मा विभाजित गर्दै आए का रहे छन । यस पालि मधेशी जनता उक्त विभाजन को विरुद्ध मा खडा भयी जुन दल बढी संगठित रहेको भेंटाएका छन , उस लाई नै विजयी बनाइ मधेशी समुदाय लाई विजयी बनाए का रहे छन । लहान नगरपालिका मा एमाले का उम्मेदवार मुनि साह जी को मेयर पद मा विजय हुनु को मुख्य कारण यही हो । उपमेयर पदमा सरिया चौधरी विजयी भए की रहे छिन। त्यस बाट सामुदायिक सौहाद्र्रता पनि काय