Skip to main content

Posts

Showing posts from September, 2022

म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन (भाग २)

 म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन (भाग २)  नया राजनीतिक दर्शन जनता बीच लिएर जानका लागि    २००७ साल देखि आज सम्म आइ पुग्दा देशमा मुलतः तीन वटा विचारधारा को वर्चस्व देखिएको छ । नेपाली कांग्रेसको प्रजातांत्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद र माओवादी का  वैज्ञानिक समाजवाद । मूल धारमा रहेका यही तीन राजनीतक दर्शन हरु को म”लभ”त मान्यता एउटै हो । त्यो मान्यता हो कि मुलुक को मूलभुत राजनीतिक समस्याको समाधान भै सकेको छ  र  अब समाधान गर्नु पर्ने बाकी समस्या  आर्थिक र विकास को मात्रै हो । तीनै विचारधारा क्रमशः माक्र्सवाद,  माक्र्सवाद –लेनिनवाद वा माक्र्सवाद— लेनिनवाद—माओवाद मा आधारित रहेका छन  । माथि उल्लेखित दलहरुको निरन्तर शासनका बावजुद पनि मुलुकको आर्थिक समस्याको समाधान हुन सकेको छैन । गरीबी, अभाव र बेरोजगारी आज पनि विकराल समस्या छन । हुदा हुदै अब राज्य सग कमचारी लाइ तलब खुवाउन पनि विदेशी हरु सग सहयोग माग्नु पर्ने अवस्था आई सकेको छ  । समुचित आर्थिक वृद्धि र न्यायोचित वितरण र सबैका लागि समृद्धि को दिशामा देश अगाडी बढ्न सकेको छैन। हुने र न हुने बीच को खाडल बढदै गई रहेको छ । भ्रष्टाचार र घ

म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन

 म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन  म संसद पदका लागि स्वतन्त्र उम्मेदवार किन  बस्तीपुर , सिरहाको गिरी परिवारमा बुहारी भयी आयी सके पछि २०३६ साल देखि कुनै न कुनै रुपमा नेपालको लोकतांत्रिक आन्दोलन सीत म जोडिएको छु । २०४६ सालको जन हान्दोलन मा काठमांडौको सडकमा ओर्ली एक आम नागरिक सरह जन आन्दोलनमा भाग लिएको छु । २०४६ साल पछि नेपाली कांग्ेस को सदस्यता ग्रहण गरी लगभग ६ साल सम्म नेपाली कांग्ेसको क्रियाशील सदस्य भई कार्य गर्रे । तर मन मा उकुस मुकुस रही रहन्थियो । लाग्थियो नेपालमा जुन प्रकारको विविधता रहे छ , त्यसलाई केन्द्रीकृत शासन प्रणाली ले न्याय दिन सक्दैन । मुलुकमा संघीयता चाहिन्छ , जस्तो लाग्थियो । नेपाली कांग्रेस का स्वर्गीय नेता चक्र प्रसाद बास्तोला संग एउटा मिटिंगमा संघीयता र जीवंत लोकतन्त्रको अपरिहार्यताबारे कुरा गर्दा ,वहाँ ले भनी हाल्नु भयो , सरिता तिमी कस्तो सपना देखि रहेको छौ , नेपालमा तिमी ले भने जस्तो  लोकतन्त्र  र संघीयताको कुनै समभावना छैन । म मौन भयी हालें। उक्त कथन चक्र दाईको स्वीकारोक्ति थियो कि हामी सीमित लोकतन्त्र मा बाच्ची रहेका छौं । यो २०५२ साल तिरको को घटना हो र