Skip to main content

Posts

Showing posts from July, 2022

Freedom and socialism (स्वतन्त्रता र समाजवाद ) part 1

नेपाल सद्भावना पार्टी का सात सिद्धान्त नेपाल सद्भावना पार्टीले सात सैद्धान्तिक अवधारणा लाई आधार मानेर आगामी दिन मा आफनो राजनीतक र सांगठनिक कार्य गरने छ । स्वतन्त्रता, समानता, संघीयता, स्वराज, सुराज । समृद्धि र सामाजिक न्याय हुन । उदारवादी समाजवाद लाई आफ्नो मार्ग दर्शक सिद्धान्तको रुपमा अंगीकार गरी समतामूलक समाज को निर्माण नेसपाको लक्ष्य हो ।   बहुदलीय जनवाद, वैज्ञानिक समाजवाद र प्रजातांत्रिक समाजवाद  जस्ता सिद्धान्त हरु सीत नेपालका जनता र राजनीतक समुदाय परिचित छन तर उदारवादी समाजवाद नेपाली राजनीतिका लागि नया अवधारणा हो र देश र जनताको प्रगति का लागि उपयोगी हुने छ र त्यस्का कारण हरु छन । अहिले लोकतन्त्र र जनताको नागरिक र राजनीतिक अधिकार खतरा मा छ त्यसैले गर्दा उदारवाद आवश्यक छ । विकास र  समृद्धि जनताको अधिकार हो, त्यस कारणले पनि उदारवाद आवश्यक हो ।  संघीयता पनि खतरा मा छ , त्यसैले गर्दा स्वराज र सुराज बारे नया सिरा देखि बहस आवश्यक छ । बिना सामाजिक न्याय को विकास र  समृद्धि को कुनै अर्थ हुंदैन , त्यसैले गर्दा समाजवाद आवश्यक छ ।  भविष्यका लागि एउटा नया मार्ग चयन गर्दा  प्रचलनमा रहेका सिद्ध

प्रकृति, राज्य, मानिष र विकासको अन्तर्सम्बन्ध

मधेशको १० जिल्ला बाट जाने ४०० केभी ट्रांसमिशन लाइनबारेको अन्र्तकथा भाग १ शाश्वत भन्ने शब्द मानिष कै ब्रम्ह, मुख र मसी बाट निस्केको शब्द हो र उक्त शाश्वत शब्दको निरन्तरता को अनुभूति मानिष लाई यस धरतीमा यदि कुनै तत्व ले गराउंछ भने त्यो प्रकृति हो। प्रकृतिको आभा र प्रकृतिको प्रकोप दुबै हाम्रा यथार्थ हुन । हामी ले जानेको प्रकृति पंच  तत्वको सम्मिश्रण हो ।  धरती मा आमाको गर्भ बाट खस्ना  साथ  साँस लिने बित्तिकै प्रकृतिको वायु संगको  साक्षत्कार संग जीवन यात्रा शुरु हुन्छ र  त्यो मृत्युको काँखामा गएर मात्र थामिन्छ ।  प्रकृतिको पाँच तत्व वायु, अग्नि, पानी र माटो र आकाश  संग  हामी  जहिले पनि हुन्छौं  र यो पाँच तत्व परस्पर सम्बन्धित पनि हुन्छन । प्रकृतिको आभा र प्रकोप दुबै लाई हेरी मानिष प्रकृतिको पंच तत्वको पुजा वैदिक काल देखि गरेको हामी ले पाएका छौं । मानिष सुख को अनुभूति दिने प्रकृति लाई माया पनि गर्छ । हाम्रो माया र पुजा दुबै माथि दावी रहेको तत्व प्रकृति त हो । तसर्थ प्रकृति लाई मातृशक्तिको रुप पनि भनिएको हो । प्रकृति लाई सक्रिय र जीवन्त रहन दिन र उस लाई पूर्णताको अनुभूति दिलाउन उसको काँखामा