Skip to main content

मइले बुझे को लहान नगरपालिका को चुनाव


मइले बुझे को लहान नगरपालिका को चुनाव


संघीयता ले जनता लाई आपनो मत अभिव्यक्त गर्न तीन तह मा अवसर दिएको छ ....स्थानीय, प्रांतीय र संघीय । मतदाता अब पहिला भन्दा शसक्त भएका छन किन भने राजनीतक अभ्यास का लागि राजनीतिक स्पेस फराकिलो भए को छ र एन्ट्री प्वाइंट मा वृद्धि भएको छ। नगरपालिकाको ग्रामीण क्षेत्र का मतदाता हरु मा पार्टीगत ध्रुवीकरण भंदा सामूहिकता को भाव प्रबल भएको मैले यस पाली भेटाएँ । मैले मतदाता हरु लचिलो भएको पनि भेंटाएको छु । आपना व्यक्तिगत अथवा सामूहिक एजेंडा को पूत्र्ति का लागि। आफनो प्राथमिकता तय गर्न जनता सक्षम रहेको समेत मैले पाएको छु । मधेश मा ठूला दल हरु ले मधेशी समुदाय लाई मधेशी, थारु , मुस्लिम र दलित मा विभाजित गर्दै आए का रहे छन । यस पालि मधेशी जनता उक्त विभाजन को विरुद्ध मा खडा भयी जुन दल बढी संगठित रहेको भेंटाएका छन , उस लाई नै विजयी बनाइ मधेशी समुदाय लाई विजयी बनाए का रहे छन । लहान नगरपालिका मा एमाले का उम्मेदवार मुनि साह जी को मेयर पद मा विजय हुनु को मुख्य कारण यही हो । उपमेयर पदमा सरिया चौधरी विजयी भए की रहे छिन। त्यस बाट सामुदायिक सौहाद्र्रता पनि कायम भए को रहे छ । त्यहाँ चौधरी समुदायमा व्यापक रुपमा सिखाइए को रहे छ कि पहाडी र चौधरी दाजु भाई हुन र मधेशिया बाहिरिया हुन । मुनि साह मात्र होई न सरिया चौधरी समेत मधेशी को मत ले विजयी भए को रहे छिन । सामुदायिक मधेशी एकता का लागि यो महत्वपूर्ण परिणाम हो । 

कांग्रेस पार्टी का चौधरी समुदाय का केही नेता ज्यू हरुले ले यस भंदा अघि को स्थानीय चुनावमा पार्टी लाई जिताउनु भंदा पनि पार्टी लाइन भंदा बाहिर गयी चौधरी समुदाय का उम्मेदवार लाई लाई जिताउन कार्य गरे का थिए र लहान को बाजार क्षेत्र लाई प्रताडित समेत बनाई राखे का थिए । मधेशी जनता ले त्यस्तो प्रवृतिको विरुद्ध मतदान गरेका छन । यस पालि लहान बाजार को केन्द्रबिन्दु रहेको वार्ड नं ७ र ८मा संघीय समाजवादी फोरम ले विजय प्राप्त गरे को छ ।यी वार्ड हरु राजमार्गकने उत्तर दिशामा रहे का छन। त्यसै गरी फोरम ले जितेको वार्ड नं ४ पनि राजमार्गको उत्तर दिशामा रहे को छ । फोरम का लागि यी अत्यन्त महत्वपूर्ण उपलब्धि हुन।

फोरम को उदय ले गर्दा बस्तीपु वा नं १४ मा नेपाली काग्रेसले अप्रत्याशित रुप ले २ मत बाट विजय प्राप्त गरे को छ । फोरम का उम्मेदवार एमाले परित्याग गरी फोरम बाट चुनाव लडे का थिए र एमाले पार्टी को धेरै मत उनले काटे का थियो र अत्यन्त कम समयमा राम्रो मत पनि ल्याएका हुन । तर बस्तीपुर वा. न. १४मा कांग्रेस ले आफनो मत बाट जीत हासिल गरेको होई न । एमाले को पक्ष मा रहे को अंतिम ४ वा ५ मतपत्र मा पैनेलको चार वटा मत एमाले पार्टी का सदस्य हरु लाई गएको थियो भने वार्ड अध्यक्ष को मत कोठी खाली छोडिएको थियो । नाटकीय रुपमा एमाले का वार्ड अध्यक्ष ले आपनो पक्षमा आफनै पार्टीको २ वा ३ मत न आएका ले पराजित भए का छन । त्यहाँ बाट अध्यक्ष पदमा विजय प्राप्त गर्ने महेश श्रेष्ठ अल्प संख्यक नेवार समुदायका जनसेवी स्थानीय नेता रहेका छन । पैनेलका अन्य विजयी चार सदस्य एमाले पार्टी का रहे छन । भन्नु को तात्पर्य यो हो कि मतदाताहरु समक्ष अब प्रशस्त विकल्प रहेका छन र मेरो बुझाईमा आफनो प्राथमिकता अनुसार मतदाता हरु मतदान गर्न सक्षम रहेका छन ।
मेयर पद का लागि उम्मेदवारी मनोनयन सम्म फोरम का बैद्दनाथ साह र एमाले का मुनी साह बीच तीव्र प्रतिष्पद्र्धा हुने बुझिएको थियो । तर नामिनेशन पश्चात् फोरम को व्यवस्थापकीय पक्षको कमजोरी ले गर्दा फोरमका लागि स्थिति प्रतिकूल हुंदै गयो । त्यस लाई मुनि साह ले रामरी बुझे र बीच मा केही समयको सुस्तता पश्चात् कैम्पेन मा पुनः सक्रिय भए । त्यस अवस्थामा मुनि साह जी को मजबूत सांगठनिक अवस्था र समाज मा उनको व्यक्तिगत गहिरो पैठ ले गर्दा उनको उम्मेदवारी प्रति मधेशी जनता को आकर्षण क्रमिक रुपमा बढदै गयो र अंतमा उनले राम्रो मत ले विजय प्राप्त गरे । मैले यस लाई एमालेको विजय भंदा पनि मुनि साह जीको र मधेशी समुदायको विजयको रुप मा लिए को छु । त्यहाँ गाई र गाछीको बीच मा समेत सहकार्य को धेरै चर्चा थियो तर त्यो परिणामजनक भएन । स्थानीय स्तरमा चुनाव मा मत हाल्ने कारण हरु राजनीतक भंदा पनि फरक प्रकृतिका हुंदा रहे छन । मधेशी मानिष, समूह अथवा समुदाय ले प्रताडना अथवा हैकमवादी वर्चस्वको विरुद्ध मा आपनो प्राथमिकता र आवश्यकता अनुसार मतदान गरे का छन । अहिले जुन प्रकार ले विभिन्न तह को संरचना निर्माण भएको छ त्यसमा मधेश मा मधेशी समुदाय लाई थारु, मधेशी , दलित र मुस्लिम मा विभाजित गरी एक समूह लाई अर्का को विरुद्ध प्रयोग गर्ने ठूला दल हरुको गेम अब सफल हुने वाला छैन । मधेशी मतदाता हरु मधेश मा स्थानीय स्तरमा आपनो समुदायको वर्चस्व कायम राख्न र आफनो सुरक्षा र हितका लागि लचिलो भई आफनो समक्ष रहेका विकल्प हरु बारे मनन गरी आफनो लागि उपयुक्त विकल्प चयन गरी मतदान गर्न सक्ने क्षमता देखाए का छन र आउने दिन मा मधेश को राजनीति अझ परिपक्व हुने छ । निश्चित रुपमा प्रदेश तथा संघको चुनाव मा मधेश का जनता ले मतदान गर्ने कारण राजनीतिक हुने छ र मधेश केन्द्रित दल हरुको अवस्था अझ मजबूत हुने छ ।


Comments

Popular posts from this blog

What triggered the rage?

Some days ago I posted a tweet saying that the national unity can be strengthened in the country by sharing the symbols of dress and language of two different and distinct peoples as the official symbols of Nationalism. What happened immediately after that was surprising as well as shocking. There was a kind of flash flood of tweets directed to me and submerging me. I was getting breathless as I was trying to read each and every one of them. But before I could finish one, another one was there. Huge number of tweets in replies  coming like shells of bomb with super speed was not some thing natural, and as someone tweeted afterwards that nearly 300 tweets per minute were coming to me.They were hurting me and making my soul bleed in pain. I then     realized what  the rage of racism and hatred could be like and how powerful the hidden rage can be when it explodes all of a sudden like a volcano . I also realized that how disastrous the impacts   could be upon a supposedly vulnerabl

राष्ट्रपतिको दायित्वः पुनर्निर्माण वा विनिर्माण

राष्ट्रपतिको दायित्वः  पुनर्निर्माण वा विनिर्माण ( राजाले आर्जेको मुलुकमा एक जना समान्य नागरिक राष्ट्रपति भयी राष्टप्रमुख बनेका छन।अहिले राष्ट्रपतिज्यूले हतारमा उठाएको आफ्नो कदमले गर्दा अपठ्यारोमा परी सक्नु भएको छ । वहाँ त्यस बाट आफू कसरी निस्कनु हुन्छ वा देशलाई निकास दिनका लागि कसरी अगाडी बढनु हुन्छ ? सर्वाधिक महत्वको विषय हुन पुगेकोछ । वहाँको कदमले प्रमाणित गर्नेछ, वहाँँ राजा जस्तो बन्दी हुनु हुन्छ वा कानूनको अधिनमा रही स्वयं पनि स्वतन्त्र हुनुहुन्छ र सबैको स्वतंत्रता सुरक्षित राख्नुहुन्छ । वहाँको कदमले दर्शाउनेछ कि वहाँ हिजो को नेपाल को विनिर्माण गरी नया नेपालको निर्माणका लागि मार्ग प्रशस्त गर्नु हुनेछ वा हिजोकै नेपालको पुनस्र्थापनामा लाग्नुहनेछ । पुननिर्माणले मुलुक लाई यथास्थितिवाद तिर धकेल्छ भने विनिर्माणले जनताले अपेक्षागरेको नया नेपालको निर्माणको जग बसाल्छ।)  राजाले आर्जेको मुलुकमा एक जना समान्य नागरिक राष्ट्रपति भयी राष्ट्रप्रमुख बनेका छन। विजीतहरुको मुलुक (एयककभककष्यल)लाई सबैको देश (अयगलतचथ) बनाउन्को बीडा राष्ट्रपतिज्यूले थाम्नु भएकोछ र त्यो काम आफूमा स्यानो र सजिलो काम

विदेशमा महिला कामदार- उमेरहदबंदी को अर्थराजनीति

अन्नुपुर्ण पोष्ट २०६९ साउन २९ गते, AUGUST 13, 2012,MOONDAY मा प्रकाशित लेख  खाडी मुलुकमा नेपाली महिलाका लागि रोजगारको पर्याप्त अवसर छ, तर घरेलु कामदारको सुरक्षित र मर्यादित रोजगारका लागि सम्झौता गरी पठाउने व्यवस्था नगरी उनीहरु लाई रोक्नु धेरैका लागि रोचक र लाभदायी अर्थराजनीति हुन सक्दछ।   विदेशमा महिला कामदार-उमेरहदबंदी को अर्थराजनीति   - सरिता गिरी          घरेलु कामदार भई वैदेशिक रोजगारका लागि जान खोज्ने नेपाली महिलाको उमेर हद ३० वर्ष तोक्ने नेपाल सरकारको १० बुँदे निर्णय महिला समानता र स्वतंत्रता को अधिकारमाथि ठाडो आक्रमण हो । माओवादी दल जसले हिजो कम्यूनिष्ट क्रान्ति र महिला उन्मुक्तिको नारा दिई उनीहरुलाई बन्दूक बोकेर सशस्त्र हिसां गर्न सिकायो, सत्तामा गएपश्चात् उसले तिनैमािथ बुर्जुवाबादी, सामन्तवादी र पितृसतावादी नीति कसरी अख्तियार गर्नपर्याे, सरकारको यो निर्णय अन्तिरम संविधान र वैदेशिक रोजगार ऐन २०६४ विपरीत छ । तर कानूनभंदा पनि आदेश र निर्देशनको आधारमा शासन चलाउने परम्पराको जरो नेपालमा गहिरो रहेको छ । दिनै पछि बाँच्नका लागि संघर्ष गरीरहेको समान्य जनता र वैदे