Skip to main content

अनुहार छोपेका युवतीहरु

अनुहार छोपेका युवतीहरु


मैले अखबारमा तस्वीर देखें
सीढी बाट तल झरी रहेका
दुई जाना युवती को
शरीर उन्को देखिएको थियो
तर अनुहार छोपिएको थियो ।
उन्हीं हरुले आफनो हाथ बाट
आफनो अनुहार छोपेका थिए ।
पक्के पनि अपराधी थिएनन
किन भने अपराधी हरुले कपडाले
आफनो सम्पुर्ण अनुहार छोपेको
कईयन तस्वीर मैले अखबारमा नै देखेको छु ।
जीव देखिने तर अनुहार छोपने तस्वीर हेर्दा
मलाई लाग्यो युवती हरु को सम्पूर्ण लज्जा
अब अनुहारमा मात्र सीमित भई सकेको रहेछ ।।
उनको साथमा पुरुष प्रहरी हरु पनि थिए
अवैध धंधा गर्ने ती युवती हरुको अनुहार छोपने गरी
तिनी हरु पनि अगाडी पछाडी हिंडी रहेका थिए।
अनुहार उनको अहंले भरिएको थियो
भने हाथमा उनको डंडा थियो ।
अवैध धंधाका ग्राहक हरुको अनुहार र आकृति
बंदकोठाको चोर गल्ली बाट
उनी हरुले लापता गरी सकेका थिए
त्यसैले अनुहारमा उनको तेज थियो ।
युवती हरु सकी न सकी
अनुहार लुकाउंदै, जीव देखाउंदै
बजार मा बिकाउ भएको विज्ञापन गर्दै
सडकमा आयी सकेका थिए ।
धन्य ईशवरले उनको लज्जा
अनुहारमा लुकायी दिएकारहे छन ।
शायद ईश्वर लाई थाहा छ अवैध धंधा गर्ने
यी युवती हरुले नै वैध समाज पनि थामेका छन ।
किन भने यहाँ रेड लाइट एरिया छैन ।
रेड लाइट एरिया भयो भने त
युवती हरुले अनुहार पनि छोप्नु पर्दैन
र उनका गा्रहक हरुको अनुहार पनि देखिनेछ ।
शिवानी

Comments

Popular posts from this blog

बीनु यादव को कथा

 यो बीनु यादव को कथा हो । कथा त होईन , यथार्थ हो तर राज्यका लागि यो कथा जस्तै हो जस्तो लाग्छ । अनि त राज्य रमाई रहेको छ । उनी लगभग १० दिन देखि न्याय का लागि माइती घर मंडालामा अनशन मा बसेकी छिन । पाँच वर्ष देखि उनी न्यााय का लागि परीक्षा दिई रहे की छिन, संघर्ष मात्र गरी रहेकी छैनन । कहिले विष सेवन गरी त कहिले अदालत समक्ष आफ्नो जीवमा रातो रंग छरी त कहिले अनशन मा बसी उनको संघर्ष जारी रहेको छ । योृ त सार्वजनिक भएकाकेही  ठुला घटनाहरु हुन । त्यस बाहेक हरेक दिन समाजको कठोर आँखा समक्ष विभेदकारी राज्यको अदालत र प्रहरी कार्यालय दौडदै हरेक पल उनी माथि के बीतेको होला , त्यस बारे सबैले अनुमान पनि गर्न सक्दैनन । उनी अहिले फेरी  गहिरो पीडा र परीक्षा बाट  गुज्री रहेकी छिन र अनशन स्थलमानै आत्म दाहको कुरा पनि गरी रहे की छिन। सार्वजनिक रुपमा कुनै महिलाले आत्मदाहको कुरा गर्न थाले पछि पनि राज्य निर्मम भई हेरी रहेको छ।   उनको कथा प्रष्ट उदाहरण छ कि एक जना महिला लाई प्रेमको नाटक गरी कसरी शोषण र तिरस्कारको दुक्ष्छक्रमा फंसाउन सकिन्छ । एक जना पुरुषले दुई वर्ष पुरानो मित्रताको बीचमा बलात्कार गर्यो  र उनी प्रहरी

What triggered the rage?

Some days ago I posted a tweet saying that the national unity can be strengthened in the country by sharing the symbols of dress and language of two different and distinct peoples as the official symbols of Nationalism. What happened immediately after that was surprising as well as shocking. There was a kind of flash flood of tweets directed to me and submerging me. I was getting breathless as I was trying to read each and every one of them. But before I could finish one, another one was there. Huge number of tweets in replies  coming like shells of bomb with super speed was not some thing natural, and as someone tweeted afterwards that nearly 300 tweets per minute were coming to me.They were hurting me and making my soul bleed in pain. I then     realized what  the rage of racism and hatred could be like and how powerful the hidden rage can be when it explodes all of a sudden like a volcano . I also realized that how disastrous the impacts   could be upon a supposedly vulnerabl

राष्ट्रपतिको दायित्वः पुनर्निर्माण वा विनिर्माण

राष्ट्रपतिको दायित्वः  पुनर्निर्माण वा विनिर्माण ( राजाले आर्जेको मुलुकमा एक जना समान्य नागरिक राष्ट्रपति भयी राष्टप्रमुख बनेका छन।अहिले राष्ट्रपतिज्यूले हतारमा उठाएको आफ्नो कदमले गर्दा अपठ्यारोमा परी सक्नु भएको छ । वहाँ त्यस बाट आफू कसरी निस्कनु हुन्छ वा देशलाई निकास दिनका लागि कसरी अगाडी बढनु हुन्छ ? सर्वाधिक महत्वको विषय हुन पुगेकोछ । वहाँको कदमले प्रमाणित गर्नेछ, वहाँँ राजा जस्तो बन्दी हुनु हुन्छ वा कानूनको अधिनमा रही स्वयं पनि स्वतन्त्र हुनुहुन्छ र सबैको स्वतंत्रता सुरक्षित राख्नुहुन्छ । वहाँको कदमले दर्शाउनेछ कि वहाँ हिजो को नेपाल को विनिर्माण गरी नया नेपालको निर्माणका लागि मार्ग प्रशस्त गर्नु हुनेछ वा हिजोकै नेपालको पुनस्र्थापनामा लाग्नुहनेछ । पुननिर्माणले मुलुक लाई यथास्थितिवाद तिर धकेल्छ भने विनिर्माणले जनताले अपेक्षागरेको नया नेपालको निर्माणको जग बसाल्छ।)  राजाले आर्जेको मुलुकमा एक जना समान्य नागरिक राष्ट्रपति भयी राष्ट्रप्रमुख बनेका छन। विजीतहरुको मुलुक (एयककभककष्यल)लाई सबैको देश (अयगलतचथ) बनाउन्को बीडा राष्ट्रपतिज्यूले थाम्नु भएकोछ र त्यो काम आफूमा स्यानो र सजिलो काम